आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

बीओकेका मल्लको लाभांश रोक्का

बीओकेका मल्लको लाभांश रोक्का

अपराध, समाचार, समाज
काठमाडौँ — चैत्र १४ । राष्ट्र बैंकले बैंक अफ काठमान्डू (बीओके) लाई संस्थापक सेयरधनी डम्मबरबहादुर मल्लको लाभांश रोक्न निर्देशन दिएको छ । कानुनविपरीत दुई बैंकमा एक प्रतिशतभन्दा धेरै लगानी गरेको भेटिएपछि राष्ट्र बैंकले मल्लको गत आर्थिक वर्षको लाभांश रोक्न बीओकेलाई निर्देशन दिएको छ । ‘मल्लले सेयर बेचेर निर्देशित सीमाभित्र ल्याउँदासम्मकुनै पनि लाभांश वितरण नगर्नू भन्दै राष्ट्र बैंकले पत्र पठाएको छ,’स्रोतले भन्यो । मल्ल बीओकेका संस्थापक सेयरधनी हुन् । उनीसँग बीओकेको करिब दुई प्रतिशतभन्दा बढी संस्थापक सेयर छ । बैंक तथा वित्तीय संस्था स्थापना गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा हस्ताक्षर गरी लगानी गरेको सेयरधनीलाई संस्थापक सेयरधनी भनिन्छ । राष्ट्र बैंकका अनुसार सिभिल बैंकमा पनि मल्लको एक प्रतिशतभन्दा धेरै संस्थापकसेयर छ । ऐजस्वी प्रालिको नाममा रहेको सिभिल बैंकको सेयर मल्लकै भएको पुष्टि...
भारतीय विदेश सचिव विजय गोख्ले आज नेपाल आउँदै

भारतीय विदेश सचिव विजय गोख्ले आज नेपाल आउँदै

राजनीति, समाचार
काठमाडौँ — चैत्र १४ । भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार आउने भएका छन् । सचिव गोख्लेका साथ भारतीय विदेश मन्त्रालयका सहसचिव सुधाकर दलेलासमेत हुनेछन् । गोख्ले नेपाली समकक्षी परराष्ट्र सचिव शंकरदास बैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न आउन लागेका हुन् । गोख्ले र बैरागीबीच बिहीबार नै द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । गोख्लेले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । (कान्तिपुर दैनिक)...
चुनावअघि भारतमा भूउपग्रहको राजनीति, अन्तरिक्ष महाशक्ति राष्ट्रको पंक्तिमा उभिन सफल भएको मोदीको दाबी

चुनावअघि भारतमा भूउपग्रहको राजनीति, अन्तरिक्ष महाशक्ति राष्ट्रको पंक्तिमा उभिन सफल भएको मोदीको दाबी

अन्तराष्ट्रिय, समाचार
नयाँदिल्ली — चैत्र १४ । भारतले पृथ्वीबाटै अन्तरिक्षमा रहेको सानो उपग्रह नष्ट गर्न सफल भएको दाबी गरेको छ । भारत अन्तरिक्ष विज्ञानमा यस किसिमको उपलब्धि हासिल गर्ने चौथो राष्ट्र हो । यसअघि अमेरिका, रूस र चीनले यस्तो सफलता हासिल गरिसकेका छन् । यसलाई भारतले ऐतिहासिक उपलब्धिका रूपमा अर्थ्याएको छ । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्षको उपग्रह सफलतापूर्वक नष्ट गरेर अमेरिका, रूस र चीनसँगै भारत अन्तरिक्ष महाशक्तिको पंक्तिमा उभिन सफल भएको दाबी गरेका छन् । ‘हर राष्ट्रको विकास यात्रामा यस्ता क्षण आउँछन्, जुन उसका लागि अन्यन्त गौरव गर्ने र आउने पुस्तालाई पनि प्रभाव पार्ने खालको हुन्छ । आज त्यस्तै भएको हो,’ उनले सम्बोधनमा भने । मोदीले यो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) का वैज्ञानिकहरूलाई बोलाएर बधाई पनिदिएका छ...
छोरा जन्माएको २६ दिनपछि फेरि फेरि सुत्केरी ! दोस्रो पटकमा जुम्ल्याहा बच्चा

छोरा जन्माएको २६ दिनपछि फेरि फेरि सुत्केरी ! दोस्रो पटकमा जुम्ल्याहा बच्चा

अन्तराष्ट्रिय, समाचार
ढाका— चैत्र १४ । बंगलादेशमा एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ । २० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् । उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको बताइएको छ । आरिफ सुल्ताना नाम गरेकी ती महिला श्यामलागाछी गाउँ निवासी रहेको बताइएको छ । उनको उपचारमा संलग्न चिकित्सक शीला पोद्दाका अनुसार पहिलोपटक सुत्केरी हुँदा ती महिलाको गर्भमा अन्य बच्चा रहेकोबारे थाहा नै थिएन । सुत्केरी भएको २६ औं दिनमा स्वास्थ्यमा समस्या भएर उनी अस्पताल आएको र स्वास्थ्य परीक्षणपछि उनको गर्भमा शिशु रहेको थाहा भएको डा. शीलाले बताइन् । पहिलोपटक सुत्केरी हुँदा उनले सामान्य रुपमा नै बच्चालाई जन्म दिएको बताइन्छ । तर दोस्रोपटक भने शल्यक्रिया गरिएको थियो । पछिल्लो प...
सप्तरीमा परीक्षा सुरु नहुँदै प्रश्नपत्र बाहिरियो

सप्तरीमा परीक्षा सुरु नहुँदै प्रश्नपत्र बाहिरियो

शिक्षा, समाचार
सप्तरी — चैत्र १४ । सप्तरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तरगत बिहीबार विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको खुलेको छ । बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरन्द्र पौडेलले जानकारी दिए । परीक्षा सुरु नहुँदै प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि राजविराजमा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकलेे विज्ञान विषयको परीक्षा रद्ध गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको समितिका संयोजक समेत रहेका प्रजिअ पौडेलले बताए। उनले प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए। प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालयका निर्देशक रामाकान्त शर्माले एउटा जिल्लामा प्रश्नपत्र परीक्षा अगावै बाहिरिए पूरै प्रदेशका विज्ञान विषयको परीक्षा रद्ध हुने बताए। त्यसको निर्णय भने परीक्...
रारामा खोलानाला सुके,  हिमाली असला माछाझनै जोखिममा

रारामा खोलानाला सुके, हिमाली असला माछाझनै जोखिममा

समाचार, समाज
काठमाडौँ — चैत्र १४ । ‘अहिले माछा पहिलेजति देखिँदैन,’ जीवजन्तुमा रुचि राख्ने पूर्वशिक्षक देवीकृष्ण रावलले भने, ‘असला जातका माछा झनै जोखिममा परेका हाम्रो अनुमान छ ।’ हिमाली असला माछा रारामा मात्रै पाइने स्थानीयको दाबी छ । स्थानीयका अनुसार अहिले असला माछालाई आहारा अभाव छ । २०३५ सालसम्म छाप्रुमहादेव भन्ने स्थानमा बाक्लो बस्ती थियो । त्यहाँ गहुँ, जौ, चिनो, कागुनो, फलफूल प्रशस्त उत्पादन हुन्थे । बर्खाका बेला खेतबारीबाट बगेर तालमा पुग्थे र माछाको आहारा बन्थे । ‘निकुञ्ज बनेपछि बस्ती सर्‍यो, माछा मार्ने क्रम रोकियो,’ रावलले भने, ‘आहारको महत्त्वपूर्ण स्रोत पनि घट्यो ।’ पहिले चारैतिरबाट करिब ३ सय खोलानाला रारामा मिसिन्थे । ती खोलानालाबाट किराफट्याङ्ग्रा, गड्यौला बगेर आउँथे । मांसाहारी असला माछाका लागि ती राम्रा आहारा हुन्थे । अहिले अधिकांश खोलानाला सुकिसकेका छन् । रारा क्षेत्रमा वन्यजन्तु प...
लगानी सम्मेलन सुरु हुँदै, ३० खर्बको खोजी

लगानी सम्मेलन सुरु हुँदै, ३० खर्बको खोजी

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १४ । लगानी सम्मेलनमा सरकारी ५०, निजी २७ आयोजना ‘सोकेस’ गरिँदै ४० भन्दा बढी देशका ६०० भन्दा बढी सहभागी हुँदै लगानी क्षेत्रका चुनौती र अवसरबारे १० वटा सत्रमा बहस हुने कृषि, ऊर्जा, शिक्षा, उत्पादनमूलक उद्योग, पर्यटन, सहरी पूर्वाधारमा लगानी जुटाउन शुक्रबार लगानी सम्मेलन सुरु हुँदै छ । लगानी अपेक्षा गरिएका सरकारी ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा आयोजनाको अनुमानित लागत ३० खर्बभन्दा बढी छ । अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनको तयारी पूरा भएको बताए । लगानी बोर्डका अनुसार सम्मेलनमा ४० भन्दा बढी देशका ६ सयभन्दा बढी सहभागी हुने टुंगो लागेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा लगानी जुटाउन ७७ आयोजना ‘सोकेस’ गरिने जानकारी दिए । सम्मेलनको तयारी स्वरूप धेरै कानुन सुधार र संशोधन गरिसकेकाले लगानीकर्ता आकर्षित हुने सरकारको विश्वास छ । मं...
निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी ९ लाख धरौटीमा रिहा

निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी ९ लाख धरौटीमा रिहा

अपराध, समाचार, समाज
भीमदत्तनगर— चैत्र १४ । कन्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दाका आरोपी निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कन्चनपुरका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले दुवै मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रहरी नायब उपरीक्षक जिसीलाई रु ९ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो । जिल्ला अदालत कन्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जिसीलाई यातनाविरुद्धको कसुरमा रु पाँच लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा रु चार लाख धरौटी सुनाइएको जानकारी दिए । आरोपी जिसी बुधबार धरौटी रकम बुझाएर रिहा भएका हुन् । उक्त मुद्दामा यसअघि जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीसहित ६...
‘विप्लव’ नेतृत्वका १७ कार्यकर्ता रिहा

‘विप्लव’ नेतृत्वका १७ कार्यकर्ता रिहा

अपराध, समाचार, समाज
सिन्धुपाल्चोक— चैत्र १४ । प्रहरीले फागुन १७ गते साँगाचोकको कार्कीटारबाट पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा का १७ कार्यकर्तालाई जिल्ला अदालत सिन्धुपाल्चोकले थुनामुक्त गर्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश टिकाराम आचार्यको इजलासले उनीहरुमध्ये केहीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयले राजद्रोह मुद्दा लगाएका १७ जनालाई मुद्दाको पुर्पक्षको लागि धरौटी र सामान्य तारेखमा अदालतले रिहा गर्न आदेश दिएको हो । उनीहरुमध्ये तीन जना किशोरीलाई साधारण तारेखमा रिहा गरिएको छ । सुनसरीकी १७ वर्षीय हीरा केसी, सुनसरीकै १७ वर्षीय सविना श्रेष्ठ र जाजरकोटकी १८ वर्षीय रमिता अधिकारीलाई नाबालिग भएका कारण साधारण तारेखमा रिहा गर्न आदेश गरिएको छ । त्यस्तै पार्टीका जिल्ला तहका नेता सिन्धुपाल्चोक बलेफी–४ का इन्द्रबहादुर ठकुरीलाई २५ हजार रुपैय...
सिरहाको कर्जन्हामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिरहाको कर्जन्हामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

समाचार, समाज
लहान— चैत्र १४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुर निवासी २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार कर्जन्हा नगरपलिका–१० निवासी १७ वर्षीय मो इरफान शेख घाइते भएका छन् । घाइते शेखको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । (रासस)...