आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

एसईई परीक्षा रद्द भएपछि प्रदेश २ मा विद्यार्थी आक्रोशित, ठाउँठाउँमा विरोध प्रदर्शन

एसईई परीक्षा रद्द भएपछि प्रदेश २ मा विद्यार्थी आक्रोशित, ठाउँठाउँमा विरोध प्रदर्शन

शिक्षा, समाचार, समाज
वीरगन्ज/जनकपुर — चैत्र १५ । प्रदेश २ को नियमित तर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै ८ जिल्लाका विद्यार्थीले ठाउँ/ठाउँमा विरोध जनाएका छन् । धनुषा, पर्सा, रौतहट, सप्तरी लगायतका जिल्लाहरुमा विद्यार्थीले परीक्षा रद्द भएकोमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् । शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको थियो । जनकपुरमा आक्रोशित विद्यार्थीले ढल्केबर-जनकपुर सडकमा टायर बालेर अवरुद्ध पारेका छन् । उनीहरुले बजार बन्द गराउँदै हिँडेका छन् । यस्तै वीरगन्जमा पनि आक्रोशित विद्यार्थीले टायर बालेर सडक अवरुद्ध पारेका छन् । प्रहरीले २ राउन्ड आश्रु ग्यास प्रहार गरेको छ । (कान्तिपुर दैनिक)...
लगानी सम्मेलन सुरु, अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

लगानी सम्मेलन सुरु, अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १५ । अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । दुई दिने लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले कर प्रणाली वैज्ञानिक बनाएको र कानुनी सुधार गर्दै लगानीको वातावरण तयार पारेको जानकारी दिए । सम्मेलनमा सहभागीहरुलाई नेपालको अर्थतन्त्रको बारेमा जानकारी दिँदै सरकार द्रूत आर्थिक विकाससहित अघि बढ्न चाहेको बताए। शुक्रबारबाट काठमाडौंमा सुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ। सम्मेलनमा सहभागी हुन ४० बढी देशका ६ सय बढी विदेशी लगानीकर्ता आइपुगेका छन्। सम्मेलनमा लगानीकर्तालाई आकर्षित गर्न ७७ वटा आयोजना राखिएको छ। यी आयोजनाको लागत ३० खर्ब बढी छ। (कान्तिपुर दैनिक)...
आईपीएलमा हारपछि कोहलीद्वारा अम्पायरको आलोचना

आईपीएलमा हारपछि कोहलीद्वारा अम्पायरको आलोचना

खेलकुद, समाचार
बेंगलोर — चैत्र १५ । इन्डियन प्रिमियर लिग २०१९ मा रोयल च्यालेन्जर्स बेंगलोर बिहीबार राति मुम्बइ इन्डियन्सको हातबाट पराजित भएपछि कप्तान विराट कोहलीले अम्पायरको चर्को आलोचना गरेका छन् । जितका लागि बेंगलोरलाई अन्तिम बलमा ६ रन चाहिएकोमा लसिथ मलिंगाले डट बल फ्यालेका थिए। तर रिप्लेमा त्यो ‘ओभर स्टेप’ का कारण नो बल देखिएको थियो। अम्पायरले नो बलको स्थितिलाई भने देख्न सकेनन्। नो बल दिइएको भए, बेंगलोरले फ्रि हिट पनि पाउने थियो। ‘हामी आईपीएल खेलिरहेका छौं, क्लब क्रिकेट होइनौं। अम्पारको प्रदर्शन निकै खराव रह्यो,’ कोहलीले भने। खेलमा पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो। त्यसमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए। प्रत्युत्तरमा बेंगलोर २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रनमै रोकियो। उसका लागि एबी डे भिल्लियर्सले नआउट रहेर ७० रन बनाए। यस्तै कोहलीले ४६ रनक...
लमजुङको तिनपिप्लेमा नयाँ बर्षको अवसरमा खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने

लमजुङको तिनपिप्लेमा नयाँ बर्षको अवसरमा खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने

खेलकुद, समाचार
लमजुङ— चैत्र १५ । नयाँ बर्षको अवसरमा लमजुङको राईनासमा खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । सनराईज युथ क्लबको आयोजनामा उक्त प्रतियोगिता राईनास-५, तिनपिप्लेमा हुन लागेको हो । प्रतियोगिताको लागत अनुमान कुल ४ लाख २० हजारको रहेछ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद रु. ५१,००० र ३१,००० का साथै मेडल तथा प्रमाण पत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने सेमिफाईनलसम्म पुग्ने टिमलाई नगद रु. सात हजार दिईने अायोजक क्लबले जनाएको छ । प्रतियोगितामा राईनास नगरपालिका र आसपासका गाउँपालिका एबम् नगरपालिकाबाट समेत क्लबहरुले प्रतिस्पर्धामा भाग लिने जानकारी क्लबका अध्यक्ष हरिराम अधिकारीले दिए ।...
आईपीएल क्रिकेटमा मुम्बईले पहिलो जित निकाल्दा बेंग्लोरको दोस्रो पराजय

आईपीएल क्रिकेटमा मुम्बईले पहिलो जित निकाल्दा बेंग्लोरको दोस्रो पराजय

खेलकुद, समाचार
बेंग्लोर— चैत्र १५ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १२ औं संस्करणमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । गएराति भएको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ रनले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याएको घरेलु टोली बेंग्लोर २० ओभरमा ५ विकेट गुमाएर १८१ रनमा समेटियो । उसका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे भिलियर्सले अविजित ७० रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् । यसैगरी कप्तान विराट कोहलीले ४६ रन जोड्दा पार्थिव पटेलले ३१ रनको योगदान दिए । बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १८७ रन जोडेको थियो । मुम्बईका कप्तान रोहित शर्माले ४८ रन जोड्दा सुर्यकुमार यादवले ३८ रनको योगदान दिए । यो जितसँगै मुम्बईले २ खेलबाट २ अंक जोडेको छ । प...
वैदेशिक लगानीको लागि नेपाल ‘भर्जिनल्याण्ड’ : प्रधानमन्त्री

वैदेशिक लगानीको लागि नेपाल ‘भर्जिनल्याण्ड’ : प्रधानमन्त्री

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल भर्जिनल्याण्ड भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि आह्वान गरे । उनले तीन करोड नेपालीको जीवनस्तर सुधार्न सरकारले काम गरिरहेको भन्दै विदेशी लगानीको लागि व्यवसाय गर्ने वातावरणमा धेरै सुधार गरेको बताए। उनले नेपालमा राजनीतिक स्थायित्व मात्रै नभई नीतिगत स्थायित्व पनि भएको बताए। ‘एक वर्षमा हामीले धेरै नीतिगत र कानुनी सुधार गर्‍यौं। धेरै प्रारुपहरु तयार पार्‍यौं,’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल लगानीको लागि तयार छौं।’ उनले आर्थिक समृद्धिबिना राजनीतिक परिवर्तन दीगो नहुने भन्दै सरकारले द्रूततर आर्थिक विकासमा जोड दिएको बताए। उनले नेपालले सन्...
अमेरीकामा निर्माण गरिएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ शुक्रबार बाट प्रर्दशन हुने

अमेरीकामा निर्माण गरिएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ शुक्रबार बाट प्रर्दशन हुने

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र १४ । अमेरीकामा निर्माण गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालको नेपाल शुक्रबार अर्थात चैत्र १५ देखि सार्वजनिक प्रर्दशन हुने भएको छ । तर फिल्म हलमा नभइ डिसहोमको सिनेमा घर च्यानल नं १०८ मा प्रर्दशन हुदैछ । हलमा नलागी यो फिल्म सिधै डिसहोम बाट रिलिज गर्न लागिएको हो । अमेरीकामा अत्याधिक रुचाइएको यो फिल्म नेपाली हलमा लगाउन निर्माता निर्देशक लामो समय देखि कसरत गरिरहेका थिए तर बितरक तथा हलवालाले बारम्बार झुलाएको भन्दै निर्माता निर्देशकले सिधै डिसहोम बाट प्रर्दशन गर्न लागिएको बताएका छन् । नन्दिता केसि , बाबु बोगटि , स्मृति पोखरेल , राजेश गुरुङ , प्रवेश उप्रेति पल लगायतका कलाकारको अभिनय रहेको छ । अमेरीकामा बसेका र पुगेका नेपालीको लाइफस्टाइललाइ जस्ताको त्यस्तै देखाएको चलचित्रका निर्देशक इश्वर थापाले जानकारी दिए । चलचित्रलाइ राजेश गुरुङ , मिना रानामगर , सम्झना उप्रेतीले संय...
विज्ञान विषयको एसईई परीक्षा प्रदेश २ मा रद्द, चैत २२ गते पुनः परीक्षा

विज्ञान विषयको एसईई परीक्षा प्रदेश २ मा रद्द, चैत २२ गते पुनः परीक्षा

शिक्षा, समाचार, समाज
काठमाडौँ — चैत्र १४ । प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । रद्द भएको परीक्षा आगामी चैत २२ गते हुने उनले जनाए। ‘२१ गते सबै विषयको परीक्षा सकिन्छ, त्यसपछि प्रदेश २ मा पुनः विज्ञान विषयको परीक्षा हुने समय तालिका तोकेका छौं,’ उनले भने। बोर्डको आकस्मिक बैठकले प्रश्नपत्र बाहिरएकोबारे छानविन गर्न ४ सदस्यीय टोली गठन गरेको छ। बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानविन टोली गठन भएको छ। प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए। सप्तरी जिल्लाको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको प्रारम्भिक अनुमान गरिएको छ। बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्...
तीनवटै तहमा कर्मचारी समायोजन प्रक्रिया टुंगियो, कुल १ लाख ३७ हजार ६ सय १४ को दरबन्दी स्वीकृत

तीनवटै तहमा कर्मचारी समायोजन प्रक्रिया टुंगियो, कुल १ लाख ३७ हजार ६ सय १४ को दरबन्दी स्वीकृत

राजनीति, समाचार
काठमाडौँ — चैत्र १४ । संघीय मामिला ताथा सामान्य प्रशासन मन्त्रलयले संघ, प्रदेश र स्थानीय निकाय गरी तीनवटै तहमा कर्मचारी समायोजनको प्रक्रिया टुंगोमा पुगेको घोषणा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेललन गरी सबै निकायमा कर्मचारी समायोजन गरिएको जानकारी दिएको हो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार यस प्रक्रिया अन्तरगत कुल १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ भने त्यसमा ९७ हजार ५ सय ८८ कर्मचारीको समायोजन गरिएको छ। मन्त्री पण्डिका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकोमा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन गरिएको छ। सातवटै प्रदेश गरेर २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत भएकोमा १३ हजार ८ सय २१ कर्मचारी समायोजन गरिएको छ। र, ७५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दी स्वीकृत भएकोमा ४३ हजार ८ सय ७ कर्मचारी समायोजन गरिएको छ। ...
“मिस्टर एण्ड मिस एसईई सुपर स्टार, २०१९” को अडिसन चैत्र २३ र ३० गत्ते हुँदै

“मिस्टर एण्ड मिस एसईई सुपर स्टार, २०१९” को अडिसन चैत्र २३ र ३० गत्ते हुँदै

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र १४ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत विभिन्न सफल सौन्दर्य प्रतियोगिता , फेशन शो, अवार्ड तथा सम्मान कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल मोडल सङ्ग्स नेपालले भर्खरै ईजिप्टमा भव्य रुपमा सम्पन्न गरेको “एम एस एन एक्सीलेन्स अवार्ड,२०१९” र राजधानीमा सम्पन्न "सुपर प्लस साईज मोडल नेपाल,२०१९" पश्चात राजधानीमा “मिस्टर एण्ड मिस एसईई सुपर स्टार, २०१९” आयोजना गर्ने भएको छ । एसईई दिएर वसेका परिक्षार्थीहरुलाई लक्षित गरि उनिहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको क्षमतालाइ अभिबृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक मोडल सङ्ग्स नेपालका सिईओ डेविल सिंह राजपुतले जनाए । काठमाडौको नयाँ बानेश्वरस्थित दि वर्गर हाउस एन्ड क्रन्ची फ्राईड चिकेन होटेलमा चैत्र २३ र ३० गते अडिसन राखिएको आयोजक मोडल सङ्ग्स नेपालले जनाएको छ । स...