आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

एसईई परीक्षा रद्द भएपछि प्रदेश २ मा विद्यार्थी आक्रोशित, ठाउँठाउँमा विरोध प्रदर्शन

वीरगन्ज/जनकपुर — चैत्र १५ ।

प्रदेश २ को नियमित तर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै ८ जिल्लाका विद्यार्थीले ठाउँ/ठाउँमा विरोध जनाएका छन् । धनुषा, पर्सा, रौतहट, सप्तरी लगायतका जिल्लाहरुमा विद्यार्थीले परीक्षा रद्द भएकोमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् ।

see andolan

शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको थियो । जनकपुरमा आक्रोशित विद्यार्थीले ढल्केबर-जनकपुर सडकमा टायर बालेर अवरुद्ध पारेका छन् । उनीहरुले बजार बन्द गराउँदै हिँडेका छन् ।

see andolan

यस्तै वीरगन्जमा पनि आक्रोशित विद्यार्थीले टायर बालेर सडक अवरुद्ध पारेका छन् । प्रहरीले २ राउन्ड आश्रु ग्यास प्रहार गरेको छ ।

(कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *