आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

ओखलढुंगाको मानेभञ्ज्याङ्गमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ घाइते

ओखलढुंगाको मानेभञ्ज्याङ्गमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ घाइते

समाचार, समाज
काठमाडौँ — चैत्र १७ । ओखलढुंगामा आइतबार जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ्ग गाउँपालिका–६ हिलेपानीमा भएको दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको हो । सोलुखुम्बुबाट काठमाण्डौ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नम्बरको जीप दुर्घनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार ज्यान गुमाएका मध्ये चार पुरुष र दुई जना महिला छन् । दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकलमा उपचार भइरहेको छ । श्रेष्ठका अनुसार दुर्घटनामा ताप्लेजुङका ५५ वर्षीय मिङमा शेर्पा, ४५ वर्षीय सांगेल शेर्पा, काठमाडाैं बौद्धका ३५ वर्षीय नर्वु शेर्पा र बौद्धकै ४० वर्षीय ङमङ शेर्पाकाे पहिचान खुलेकाे छ । चालक कृष्ण श्रेष्ठ घाइते घाइते छन् । प्रारम्भीक अनुसन्धानबाट तिव्र गतिका कार...
आज एनसीएल महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको लागि अक्सन हुँदै

आज एनसीएल महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको लागि अक्सन हुँदै

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १७ । एनसीएल स्पोर्टस प्रालिको आयोजनामा विराटनगरमा हुने एनसीएल महिला ट्वान्टी–२० क्रिकेट लिगका लागि आज खेलाडी किनबेच (अक्सन) हुँदैछ । यो नेपाली महिला क्रिकेटमै पहिलोपल्ट हुन लागेको दुई फ्रेन्चाइज लिगमध्ये एक हो । मोरङको बैजनाथपुर क्रिकेट मैदानमा हुने प्रतियोगितामा विराटनगर रोरिङ लियोनेस, भैरहवा क्विन्स, धनगढी वण्डर वुमेन र काठमाडौं सुपर च्याम्पियन्स गरी ४ टोली समावेश छन्। राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री, उपकप्तान सीता रानामगर, पूर्व कप्तान नेरी थापा र करुणा भण्डारी मार्की खेलाडी यसअघि नै घोषणा गरिसकिएको छ। रुबिना भैरहवा, सीता धनगढी, नेरी काठमाडौं र करुणा विराटनगरका मार्की खेलाडी छन्। मार्की खेलाडीले १ लाख रुपैयाँ पारिश्रमिक पाउँछन्। आज हुने अक्सनमा सहभागी खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा विभाजन गरिएको छ। अक्सनमा ८० जना खेलाडी छन्। ‘ए’ श्रेणीका खेला...
मेस्सीको गोलले स्पेनिस लिग फुटबलमा बार्सिलोनाले इस्पानियोललाई हरायो

मेस्सीको गोलले स्पेनिस लिग फुटबलमा बार्सिलोनाले इस्पानियोललाई हरायो

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १७ । स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले इस्पानियोललाई २–० ले हराएको छ । घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन दुबै गोल कप्तान लियोनल मेस्सीले गरे । खेलको ७१ औं मिनेटमा पहिलो गोल गरेका मेस्सीले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । यो सँगै मेस्सीले जारी सिजनमा ४० गोल पुरा गरेका छन् । गएरातीको जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा १४ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ । एक खेल कम खेलेको रियाल मड्रिड ५४ अंकको साथ तेस्रो स्थानमा रहेको छ । (ईमेज खबर)...
आईपीएलमा दिल्लीको दोस्रो जित, सन्दिपले लिए एक विकेट

आईपीएलमा दिल्लीको दोस्रो जित, सन्दिपले लिए एक विकेट

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १७ । नेपाली खेलाडी सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो । दिल्लीस्थित फिरोज शाश कोट्ला रंगशालामा कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा दिल्ली विजयी भयो । यो खेलमा नेपालका लेृग स्पिनर सन्दिप लामिछानेले एक विकेट लिए । आईपिएल क्रिकेटको १२ औं संस्करणमा पहिलो पटक खेलेका सन्दिपले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिएका हुन् । उनले अर्का एक खेलाडीलाई रन आउट समेत गराए । जितसंगै दिल्लीले ३ खेलबाट ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ । कोलकाताले भने पहिलो हार व्यहोरेको छ । ३ खेलब...
बिहे भएको ४ महिनामै बलिउड तथा हलिउड अभिनेत्री प्रियंकाको सम्बन्धविच्छेद ?

बिहे भएको ४ महिनामै बलिउड तथा हलिउड अभिनेत्री प्रियंकाको सम्बन्धविच्छेद ?

मनोरन्जन, समाचार
मुम्बई – चैत्र १७ । बलिउड तथा हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले गत डिसेम्बरमा अमेरिकी पप गायक निक जोनससँग बिहे गरिन् । राजस्थानको जोधपुर शहरमा बिहे गरेका प्रियंका र निकको विवाहले लामो समयसम्म सञ्चार माध्यममा चर्चा पाइरह्यो । लगभग ११ वर्षको वर्ष जेठी प्रियंकासँग विवाह बन्धनमा बाँधिएका २५ वर्षिय निक विवाहका हरेक तस्बिरमा प्रियंकासँगसँगै हरेक पलमा भाइरल भइरहे । उनीहरुको विवाहपछि हरेक सयम सञ्चार माध्यमको नजरमा परिरहेका प्रियंका र निकको विवाह भएको ४ महिना मात्रै पुगेको छ । तर, ४ महिना नबित्दै यी दुईको बीचमा टकराव भएको हल्ला चलेको छ । एक भारतीय म्यागाजिनका अनुसार यी दुईको बीच आजभोलि मनमुटाव सुरु भएको छ । र दुवैले छुट्टिने निर्णय लिने सोचमा रहेको बताइएको छ । सुत्रको अनुसार उनीहरुको बीचमा हरेका कुरामा लडाईं झगडा सुरु भएको छ । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनु...
लगानी सम्मेलनमा २०१९ मा १७ खर्बको प्रस्ताव

लगानी सम्मेलनमा २०१९ मा १७ खर्बको प्रस्ताव

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १७ । नेपाल लगानी सम्मेलन २०१९ मा स्वदेशी तथा विदेशी लगानीकर्ताले करिब १७ खर्ब ३० अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् । सरकारले प्रस्तुत गरेका आयोजना र निजी क्षेत्रले घोषणा गरेका क्षेत्रमा लगानीको प्रस्ताव आएको हो । लगानी बोर्ड कार्यालय स्रोतका अनुसार सरकारले प्रस्तुत गरेका ५० आयोजनामध्ये ११ वटामा लगानी गर्न १७ प्रस्ताव पेस भएका छन् । ११ आयोजनाको अनुमानित लागत हालको विनिमय दरअनुसार १२ खर्ब १२ अर्ब १७ करोड रुपैयाँ हुन्छ । निजी क्षेत्र, सरकार र दातृ निकायबीच १७ आयोजनामा लगानी गर्ने समझदारी भएको छ । यो समझदारीका आयोजनाको लागत ५ खर्ब १३ अर्ब रुपैयाँ छ । अन्य एक लगानीकर्ताले ६ अर्ब ५० करोड रुपैयाँ लगानीमा बल्क टर्मिनल लजिस्टिक पार्क बनाउने प्रस्ताव गरेका छन् । सरकारले प्रस्तुत गरेका आयोजनामा आगामी दिनमा लगानीको प्रस्ताव बढ्ने अनुमान बोर्डले गरेको छ । ‘५० आ...
दूतावासले भन्यो, नेपाली कांग्रेसका नेता गगनले पढेकोमा अमेरिकाको गर्व

दूतावासले भन्यो, नेपाली कांग्रेसका नेता गगनले पढेकोमा अमेरिकाको गर्व

राजनीति, समाचार
काठमाडौँ — चैत्र १५ । नेपाली कांग्रेसका नेता गगन थापा छोटो कोर्षको अध्ययनका लागि अहिले अमेरिकामा छन् । अमेरिकाकै प्रतिष्ठित मध्येको एक हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा उनी भर्ना भएका हुन् । ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ नामक छोटो अवधिको कोर्ष अध्ययनका लागि उनी अमेरिका गएका हुन् । नेपाली राजनीतिकर्मी मध्ये धेरैले आश गरेका थापा आफैमा पनि सेलिब्रेटी नेता हुन् । पूर्वमन्त्रीसमेत रहेका थापा मन्त्री बन्दापनि आफूले गरेका कामका कारण प्रशंसाका पात्र थिए । यस्तोमा उनले छोटै अवधिको भए पनि विश्वस्तरीय विश्वविद्यालयमा अध्ययन गर्ने चाहना रहेको भन्दै अमेरिका पढ्न गएका हुन् । यसै विषयमा नेपालस्थित अमेरिकी दूतावासलेसमेत उनले कक्षा लिइरहेको तस्वीर गर्वका साथ राख्दै ‘हेर्नुस् त, कक्षामा को छ ?’ भन्दै समाचार बनाएको छ । गगनले आफूले फेरि क...
वीरगन्जमा तनाव बढ्यो, कलमको सट्टा बिद्यार्थीको हातमा भाठा

वीरगन्जमा तनाव बढ्यो, कलमको सट्टा बिद्यार्थीको हातमा भाठा

शिक्षा, समाचार, समाज
वीरगन्ज — चैत्र १५ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश नम्बर २ मा बिहीबार सञ्चालन भएको एसईई परीक्षा रद्द गरेपछि पछि आज बिहान देखि वीरगन्जमा तनाव बढेको छ । परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई परिक्षा स्थगित भएको सुचना पश्रचात फर्केका आक्रोषित विद्यार्थीहरु वीरगन्जको घण्टाघरमा प्रर्दशन गर्नुको साथै तोडफोड समेत गरेका छन् । प्रर्दशनको क्रममा विद्यार्थी र प्रहरी विच धेरै पटक झडप पनि भएको छ । प्रहरीले प्रर्दशनमा उत्रेका विद्यार्थीहरु माथी पानीको फोहरा तथा आश्रुग्यास समेत छोडेको छ । प्रहरीले विद्यार्थीहरुको आन्दोल दवाउन पानी आश्रुग्यास छोडे पछि प्रहरी माथी ढुगामुढा समेत गरेका थिए । बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । बिहीबार रद्द भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गत...
मलेसिया रोजगारी १० महिनापछि खुल्दै

मलेसिया रोजगारी १० महिनापछि खुल्दै

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १५ । जेठ २ देखि बन्द रहेको मलेसिया रोजगारी पुनः खुल्ने भएको छ  । दुई देशबीचको श्रम समझदारीको मर्म र भावनाअनुसार कामदार पठाउन वैदेशिक रोजगार व्यवसायी तयार भएपछि सरकारले तत्काल कलिङ भिसा (प्रवेश भिसा) आइसकेकालाई श्रमस्वीकृति दिने तयारी गरेको छ  । गत कात्तिक १२ मा दुई देशबीच श्रम सम्झौता भएको थियो । मलेसिया नेपाली कामदारको प्रमुख रोजगारी गन्तव्य हो । श्रममन्त्री गोकर्ण विष्टले कलिङ भिसा पाएका नेपाली कामदारलाई श्रमस्वीकृति दिने वातावरण बनेको बताए । झन्डै ७ हजार नेपाली कलिङ भिसा लिएर बसेका छन् । रोजगारदाताले छनोट गरेका कामदारलाई मलेसियाको गृह मन्त्रालयले कलिङ भिसा जारी गर्छ । मलेसियाली दूतावासले त्यसलाई राहदानीमा टाँसिदिएपछि मात्रै वैदेशिक रोजगार विभागले श्रमस्वीकृति दिन्छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौंस्थित मलेसियाली दूतावासबाट भिसा स्वीकृत गराउने जिम्...
एसईईको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले आकस्मिक सुरक्षा समितिको बैठक डाक्यो

एसईईको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले आकस्मिक सुरक्षा समितिको बैठक डाक्यो

शिक्षा, समाचार, समाज
काठमाडौँ — चैत्र १५ । एसईई परीक्षाको प्रश्नपत्र लगातार बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक डाकेको छ । परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा सुरक्षा समिति रहने व्यवस्था छ । शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा दिउँसो १२ बजेका लागि बैठक डाकिएको मन्त्रालय स्रोतले जनाएको छ । समितिमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सदस्य रहनेछन् । शिक्षा सचिव खगराज बरालको अध्यक्षतामा बैठक बस्न लागेको हो । बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा केन्द्रीय परीक्षा समन्वय समितिको बैठक बसेको थियो । उक्त बैठकले प्रदेश २ को सामाजिक विषयको शुक्रबारको परीक्षा रद्द गर्ने निर्णय मात्र गर्यो । थप निर्णय सुरक्षा समितिको बैठक पछि गर्ने सम्भवना छ । आगामी दिनको परीक्ष...