आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन

सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन

मनोरन्जन, समाचार
संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ...
संगीतकार शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक(भिडियो)

संगीतकार शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ र लोकप्रिय गायिका अन्जु पन्तको गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लगायतले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् । गायिका अन्जु पन्त भने देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुनु भएको थिएन । शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा गीतकार प्रलाद शाहको शब्द रहेको छ । माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी रहे...
समाजसेवी सुवेदी दम्पतीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण

समाजसेवी सुवेदी दम्पतीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण

समाचार, समाज
ललितपुर । समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले ललितपुर जिल्ला स्थित सुनाकोठीमा रहेका रोहिंग्या मुश्लिम शरणार्थीहरुका लागि खाद्यान्न वितरण गरेको छ । सन् २०१२ देखि आफ्नो देश वर्माबाट लखेटिएर बंगलादेश र भारत हुदै नेपाल पसेका रोहिंग्या मुश्लिम शरणार्थीहरु रहेको सुनाकोठीका शिविरमा आश्रित २०० परिवारलाई चामल,दाल,तेल,नून,चाउचाउ,चिउरा लगायत खाद्यान्न सामाग्री वितरण गरिएको समन्वयकर्ता तथा अभिनेता संजित भण्डारीले जानकारी दिए । २ रोपनी भन्दा वढि जग्गा ५ वर्षका लागि लिजमा लिएर आवासको व्यबस्था गरेपनि त्यहां आश्रित शरणार्थीहरुको जिवनस्तर निकै दयनिय अवस्थाका कारण उनीहरुलाई हालका लागि खाद्यान्न सामाग्रीहरु वितरण गरिएको अमेरिकी निवासी समाजसेवीद्वय कमल सुब्वा र कमल पोखरेलले बताए । उक्त राहत सामाग्री वितरण कार्यक्रममा उपस्थिती व्यक्...
मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक

मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड–२०२३’को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बिच टप २३ सार्वजनिक गरेको हो । समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बर समेत प्रदान गरिएको छ । जसमा क्रमश आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना के.सी., पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा रहेका छन् । प्रतिष्पर्धीहरुको आफ्नो परिचय र प्रतियोगितामा भाग लिनुको उद्देश्य बारे प्रष्ट पारेको कार्यक्रममा अन्नपुर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आ...
भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक टीका मगरको ‘बज्यैको बुलाकी’(भिडियो )

भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक टीका मगरको ‘बज्यैको बुलाकी’(भिडियो )

मनोरन्जन, समाचार
भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गर्छ ।ठेट नेपाली शब्द समावेश गरिएको गीतलाई संगीतकार मगरले पूर्व र पश्चिमको लयलाई संयोजन गरेर संगीत भरेका छन् । गीतलाई सुदीप सागरले एरेन्ज गरेका छन् । विवाह समारोहका बेला युवायुवतीको रमाइलो छेडखानी प्रस्तुत गरिएको गीतको भिडियोलाई मोहनकुमार मगर स्वयंले निर्देशन गरेका छन् । भिडियोमा आशा तामाङ, गौरव मगर, हिमाल राई, शर्मिला तामाङ र नवीन किशोरले अभिनय गरेका छन् । https://www.youtube.com/watch?v=bV4yCAMq4TE मुकेश हुमागाईंले खिचेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् । भ...
दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट

दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेलामा ६० प्रतिशतसम्म छुट

आर्थिक, समाचार
काठमाडौँ । नेपालीहरुको महान् पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैँ फुटवेयर मेला–२०८०’ सुरु भएको छ । नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यहि असोज ३ गतेदेखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दशैँ जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिनुभयो । मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुज, रन सु इण्डष्ट्रिजको रन सुज, नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु, फुट स्टेप सु इण्ड्रष्टिजको आइडल सु, हिमानी सु कलेक्सनको हिमानी सु, स्मार्ट सु इण्ड्रटिजको स्मार्ट सु, वान वल्ड्र्स इण्डष्ट्रिजको वान वल्ड्र्स सु, पवित्र सु इण्ड्रटिजको सुल्याण्ड राखिएको छ । संयोजक कार्कीका अनुसार एकमहिने मेलामा महिला, बालकालिका, पुरुष सबै उमेर समूहलाई हुने गरी १० कम्पनीका ३० भन्दा बढी ब्राण्ड एक हजारभन्दा बढी मोडलहरु राखिएका छन् । असोज १० गतेदेखि छुट अफर सुरु हुने मेलामा १...
‘तिम्रो सबै कुरा मन पर्छ ‘सार्वजनिक(भिडियो)

‘तिम्रो सबै कुरा मन पर्छ ‘सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । खप्तड क्षेत्रमा छायांकन गरिएको अर्को नयाँ म्युजिक भिडियो ” तिम्रो सबै कुरा मन पर्छ ” सार्वजनिक भएको छ । गायक बिशाल निरौला र रिज्योना कार्कीको आवाज रहेको उक्त गीतमा गायक निरौलाकै शब्द, संगीत र उहाँकै युट्युव मार्फत सार्वजनिक गरिएको दृश्यमा खप्तड अन्तर्गत रहेको उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको थियोे । https://www.youtube.com/watch?v=ZMG9ZMFV5rs खप्तडका अत्यान्तै मनमोहक दृश्यहरु कैद गरिएको उक्त म्युजिक भिडियोमा दृश्यमा खप्तड कार्यक्रमका अभियन्ता लोकपृय कलाकार/ मोडल सनम कठायत र हेमा थापालाई प्रेमिल जोडीको रुपमा देख्न सकिन्छ । दिपक गीरीको छायांकन , अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ । ...
नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित

नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित

राजनीति, समाचार
काठमाडौं । नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित भएका छन् । उनी संघको तेस्रो महाधिवेशनबाट निर्वाचित भएका हुन् । संघको सँस्थापक सदस्य समेत रहेका उनी बितेका तीन कार्यकाल कोषाध्यक्षको रुपमा सक्रिय रहदै आएका थिए । गत असोज ५ गते देखि ८  गते सम्म चलेको मुस्लिम संघको महाधिवेशनले जुनैदलाई निर्विरोध उपाध्यक्षमा निर्वाचित गरेको हो । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका जुनैद एक कुशल वैदेशिक रोजगार व्यावसायी समेत हुन् । लामो समय देखि नेपाल, मलेसिया लगायतका विभिन्न मुलुकहरूमा व्यवसाय गर्दै आएका उनले समग्र मुस्लिम समुदायको हक हितका पक्षमा समेत आवाज उठाउदै आएका छन् । रौतहटका स्थानीय बासिन्दा जुनैद आफ्नो जिल्लाको बारेमा समेत उत्तिकै चासो राख्दछन । जिल्ला बासिको सुख दुखमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिदै आएका उनी...
सुरेश केरुङको सम्झनामा ‘हे दैव’(भिडियो)

सुरेश केरुङको सम्झनामा ‘हे दैव’(भिडियो)

मनोरन्जन, समाचार
सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ । भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो चलचित्र सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई भक्कानिए । सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए । उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए । केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन् । परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए । https://youtu...
बरिष्ठ ब्युटिशियन महराले गरिन गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक उद्घाटन

बरिष्ठ ब्युटिशियन महराले गरिन गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक उद्घाटन

आर्थिक, समाचार
असोज ६, काठमाडौ । काँडाघारी बिरेन्द्र चोकमा रहेको  अर्जुन कम्प्लेक्समा बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै गरिमा युनिसेक्स सैलुन एण्ड गरिमा बुटिक सञ्चालनमा आएको छ । गरिमा युनिसेक्स सैलुन उद्घाटन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा गरिन् । महराले रिबन काटेर गरिमा युनिसेक्स सैलुन एण्ड बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका सञ्चालकलाई सफलताको शुभकामना दिइन् । विशेषगरी महिलाको व्यक्तित्व र नेतृत्व विकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ । यसले महिलाहरुको व्यक्तित्व विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउन पनि भूमिका खेलिरहेको छ,’ महराले बताउनुभयो । गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालकलाई व्यवसायिक रुपमा पनि यसले फाइदा पुर्‍याओस् । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्दै...