आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024
Shadow

नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित

काठमाडौं । नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित भएका छन् । उनी संघको तेस्रो महाधिवेशनबाट निर्वाचित भएका हुन् ।

संघको सँस्थापक सदस्य समेत रहेका उनी बितेका तीन कार्यकाल कोषाध्यक्षको रुपमा सक्रिय रहदै आएका थिए । गत असोज ५ गते देखि ८  गते सम्म चलेको मुस्लिम संघको महाधिवेशनले जुनैदलाई निर्विरोध उपाध्यक्षमा निर्वाचित गरेको हो ।

नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका जुनैद एक कुशल वैदेशिक रोजगार व्यावसायी समेत हुन् । लामो समय देखि नेपाल, मलेसिया लगायतका विभिन्न मुलुकहरूमा व्यवसाय गर्दै आएका उनले समग्र मुस्लिम समुदायको हक हितका पक्षमा समेत आवाज उठाउदै आएका छन् ।

रौतहटका स्थानीय बासिन्दा जुनैद आफ्नो जिल्लाको बारेमा समेत उत्तिकै चासो राख्दछन । जिल्ला बासिको सुख दुखमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिदै आएका उनी एक इमान्दार समाजसेवी हुन् ।
समाजप्रति सधैं उत्तरदायी भूमिकामा रहेने उनी स्वच्छ छवि भएका व्यक्ति हुनुका साथै सामाजिक रुपान्तरणका लागि सधैं अग्र मोर्चामा खटिएर लाग्ने मेहनती र समाजप्रेमी व्यक्तित्व समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *