रौतहटका प्रहरी प्रमुख प्रधान कार्यालय तानिए
रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनामा प्रहरी नीरिक्षकसहित तीन जना प्रहरी अनुसन्धानका लागि निलम्बनमा परेको दुई दिनपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनको काज सरुवा गरिएको हो।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार एसपी खड्काको बिहीबार काज सरुवा भएको हो। डीआईजी सिंहका अनुसार खड्काको ठाउँमा एसपी सिद्धविक्रम शाहलाई जिम्मेवारी दिइएको छ। तीन दिनअघि जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह र दुई हवल्दार निलम्बनमा परेका थिए। गृह मन्त्रालयले इन्सपेक्टर सिंह र प्रदेश २ प्रहरी कार्यालय जनकपुरले दुई जना हवल्दारलाई सोमबारदेखि ६ महिनाका लागि निलम्बन गरेको छ।
जिंगडियाका २० वर्षीय निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको थ...









