जटिल परिस्थितीमा डटेर सामना गर्नुको विकल्प छैन : उर्मिला श्रेष्ठ, अध्यक्ष- नेपाल महिला चेम्बर
काठमाण्डौं, २८ भाद्र – नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड १९ बाट बढि जसो महिला उद्यमीहरु प्रभावित बनेको बताएकी छिन् । आईतबार नेपाल महिला चेम्बरद्वारा आयोजित कोभिड १९ बाट व्यापारको क्षेत्रमा परेको प्रभाव, योगदान र अनुभव आदान प्रदान बिषयक वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताको रुपमा बोल्ने क्रममा उनले सो कुरा राखेकी हुन । अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सिर्जित प्रतिकुल अवस्था, यस माझमा आफुले भोगेका अनुभव साथै महिला उद्यमशिलताको क्षेत्रमा परेको असर बारे विस्तृत रुपमा वर्णन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९, कोरोना भाईरसका कारण विश्व बजार नै प्रभावित बनेको अवस्थामा यस जटिल परिस्थितीको डटेर सामना गर्नुको विकल्प नभएको उल्लेख गरिन ।
अध्यक्ष श्रेष्ठले प्राय जसो महिला उद्यमीहरु हस्तकलाजन्य उद्योग, व्युटीपार्लर, टेलरिङ, फिटनेश सेन्टर, होम स्टे, नर्सिङ होम आदी संचालन गर...









