मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

काठमाडौँमा ६ जनासहित देशभर १५ कोरोना संक्रमितको निधन

काठमाडौँमा ६ जनासहित देशभर १५ कोरोना संक्रमितको निधन

समाचार, स्वास्थ्य
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँकी ६१ वर्षीया महिला, गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला तथा कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको हो। यसैगरी मोरङका ४० र ७० वर्षीय पुरुष, काठमाडौँका ७७, ६२, ७३, ८५ र ७० वर्षका पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष तथा रामेछापका २३ वर्षीय पुरुषको मृत्यु भएको हो। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ। ...
सर्वोच्चले भन्योः कित्ताकाट फुकुवा गर्ने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्नू

सर्वोच्चले भन्योः कित्ताकाट फुकुवा गर्ने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्नू

आर्थिक, समाचार
मन्त्रीस्तरीय निर्णयबाट फुकुवा भएको जग्गाको कित्ताकाट सम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सोमबार जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। अधिवक्ता सन्तोष भण्डारीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ।यही भदौ १८ गते भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले रोकिएको जग्गाको कित्ताकाट फुकुवा गराउने निर्णय गरेकी थिइन्। उनको यो निर्णयको आलोचना भइरहेको थियो। २०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कि...
वीर अस्पतालमा पोजिटिभ देखिएको रिपोर्ट सुष्मा मेमोरियलमा नेगेटिभ

वीर अस्पतालमा पोजिटिभ देखिएको रिपोर्ट सुष्मा मेमोरियलमा नेगेटिभ

समाचार, स्वास्थ्य
एउटै व्यक्तिको कोरोना परिक्षया अस्पतालअनुसार फरक देखिने घटना फेरि दोहोरिएको छ। शंखरापुर–१ की एक महिलाको कोरोना परिक्षण रिपोर्ट दुईवटा अस्पतालमा फरक फरक देखिएको हो। २२ वर्षीय महिलाको वीर अस्पतालमा स्वास परिक्षण गर्दा कोरोना जोजिटिभ रिपोर्ट आएको छ भने साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा गरिएको परिक्षणमा नेगेटिभ देखिएको हो। ती महिलाको वीर अस्पतालको रिपोर्ट बिहीबार आएको थियो भने सुष्मा कोइरालाको रिपोर्ट चार दिनपछि आइतबार आएको थियो। उनका परिवारका एक सदस्यका अनुसार पोजिटिभ रिपोर्ट आउँदा आत्तिए पनि नेगेटिभ आएपछि दुक्क भएको बताए। ...
सोमबार थप १ हजार १ सय ९० जना कोरोनाका संक्रमित थपिए

सोमबार थप १ हजार १ सय ९० जना कोरोनाका संक्रमित थपिए

समाचार, स्वास्थ्य
 नेपालमा सोमबार थप १ हजार १ सय ९० जना कोरोनाका संक्रमितहरु थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ८ सय ७८मा गरिएको पीसीआर परीक्षणबाट १ हजार १७० संक्रमितहरु थपिएका हुन्। याे संगै काेराेना संक्रमितकाे संख्या ५५ हजार नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार हालसम्म १७८ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २९ जनाको भेन्टिलेटमा राखेर उपचार भइरहेको छ। यस्तै गत २४ घण्टामा ८ सय ७९ जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ। नेपालमा कोरोना निको हुनेमा ७१ दशमलब ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण मुक्त हुनेमा प्रदेश १ मा ३ हजार ८ सय ८५, प्रदेश २ मा ११ हजार ५६, बागमती प्रदेशमा ७ हजार ८ सय १९, गण्डकी...
काठमाडौंमा थपिए ५१२ नयाँ संक्रमित थपिए

काठमाडौंमा थपिए ५१२ नयाँ संक्रमित थपिए

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा ५१२ थप कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ५१२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाइएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यस्तै, सोमबार नेपालमा थप ११७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको उनले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३६० जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर ८७९ जना घर फर्किएका छन्। ...
निर्देशक राजु गिरीले चलचित्र ‘पूरा भयो सपना मेरो’ निर्देशन गर्ने

निर्देशक राजु गिरीले चलचित्र ‘पूरा भयो सपना मेरो’ निर्देशन गर्ने

मनोरन्जन, समाचार
निर्देशक राजु गिरीले चलचित्र ‘पूरा भयो सपना मेरो’ निर्देशन गर्ने भएका छन् । यतिवेला कोरोना संक्रमणका कारण चलचित्र छायाँकन ठप्प रहेकाले केही सहज भए पछि छायाँकनमा जाने यो गिरीले बताए । मंसिर दुई गतेदेखि छायाँकनमा जाने तयारीमा निर्माण युनिट जुटेको उनले जानकारी गराए । रोशिका फिल्मस्को व्यानरबाट बन्न लागेको यो चलचित्र रोशन थापाको प्रस्तुति हो भने पारस हमाल निर्माता रहेका छन् ।अर्जुन पोख्रेलको सङ्गीत रहेको चलचित्रको सम्पूर्ण छायाँकन दाङ, सुर्खेत, नेपालगञ्ज, जुम्ला र कर्णाली क्षेत्रका रमरणीय स्थानहरुमा गरिने राजुले जानकारी दिए । केही कलकार छनोट भएको र केही कलाकार छनोट हुन बाँकी रहेको भन्दै राजुले कारोना कहर केही सहजभए पछि पत्रकार भेटघाटगरी कलाकार सार्वजनिक गर्ने बताए । यतिवेला विश्वव्यापी कोरोना कहरले सबैक्षेत्र आक्रान्त बनाएको छ भने विगत ६ महिनादेखि सिनेमाघरहरु पनि बन्द छन् । केही फाट ...
शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानमा कोरोना देखियो, सोमबारको उडान स्थगित

शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानमा कोरोना देखियो, सोमबारको उडान स्थगित

समाचार
काठामडौं । युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियाअन्तर्गत शान्ति सेनामा लिबिया जान लागेका सेनाका जवानलाई कोेरोना देखिएपछि सोमबारको उडान स्थगित गरिएको छ।  नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै भदौ २९ गते लिबिया जान लागेक सेनाको केही जवानमा कोरोना पुष्टि भएपछि हाललाई उडान स्थगित भएको जानकारी दिएको छ ।  काभ्रेपलाञ्चोकको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम सकेर क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परीक्षण गर्दा उनीहरुमध्ये केहीलाई कोरोना संक्रमण देखिएको ले जनाइएको छ ।  कोरोना पोजेटिभ देखिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी सबै जनाको स्वास्थ्य परीक्षणपति मात्र अर्को रोटेसन उडान तय गरिने  निर्देशनालयले जनाएको छ । ...
आज राष्ट्रिय बाल दिवस, भर्चुअल रूपमा मनाउने सरकारी तयारी

आज राष्ट्रिय बाल दिवस, भर्चुअल रूपमा मनाउने सरकारी तयारी

समाचार
भदाै २९ काठमाडौं। ‘विपद्‌मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस मनाइँदैछ। कोरोना कहरको कारण यो दिवस आज भर्चुअल रूपमा मनाउने सरकारी तयारी छ। दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ। नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा यो दिवस मनाउन थालिएको हो। उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ। नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना ९७ प्रतिशत पुगेको छ तर टिकाउदर बढाउने चुनौती कायमै छ। राष्ट्रिय बालअधिकार परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६’ ले मुलुकमा बालश्रम, बालविवाह, बालबालिकाविरुद्ध हुने अमानवीय यौन हिंसा, दुर्व्यवहार, गैह्...
सिन्धुपाल्चोक जोखिममा रहेका बस्ती स्थानान्तरण गर्नका लागि ३२ करोड लाग्ने

सिन्धुपाल्चोक जोखिममा रहेका बस्ती स्थानान्तरण गर्नका लागि ३२ करोड लाग्ने

समाचार
भदौ २९ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि ३२ करोड ५ लाख रुपैयाँ लाग्ने देखिएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले हालै प्रकाशन गरेको प्रतिवेदनले बस्ती स्थानान्तरणका लागि उक्त रकम खर्च हुने देखाएको हो । प्रतिवेदन अनुसार जिल्लामा ११ हजार १०९ घर बाढी तथा पहिरोको जोखिममा छन् । तीमध्ये उच्च जोखिममा रहेका ६४१ घर तत्काल स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । स्थानान्तरण गरिनुपर्ने प्रतिघर ५ लाखका दरले ३२ करोड ५ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । बस्ती स्थानान्तरणका लागि सम्भावित स्थानहरूको खोजी गरिसकिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए । ‘केही ठाउँहरू तय भइसकेको छ, केही बाँकी छ,’ तामाङ भने । जिल्लाभरका जोखिममा रहेका बस्तीहरूको सांसद् शेरबहादुर तामाङसहितको प्राविधिक टोलीले अनुगमन गरेको थियो । टोलीले जोखिममा रहेका बस्...
New mother suffering from postpartum bleeding rescued by helicopter

New mother suffering from postpartum bleeding rescued by helicopter

समाचार
Sept 14 Sindhupalchowk :A new mother suffering from postpartum bleeding has been rescued by a helicopter and taken to Kathmandu on the initiative of Helambu rural municipality. Helambu rural municipality Chair Neema Gyaljen Sherpa shared that the new mother suffering from excessive bleeding after giving birth to a lifeless child at Helambu-7 based Ichowk birthing center at 2.30 pm on Saturday was airlifted to Kathmandu through a Manang Air helicopter. The health condition of new mother, Pema Lama of Helambu-1, who is undergoing treatment at Maharajgunj-based Tribhuvan University Teaching Hospital, is out of danger now as informed by rural municipality health section in-charge Gyanendra Sigdel. Last week too, the rural municipality had rescued a new mother Furwa Dolma Lama of Hemalm...