आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा भोलीदेखि तिन दिने चित्रकला प्रदर्शनी

निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा भोलीदेखि तिन दिने चित्रकला प्रदर्शनी

शिक्षा, समाचार
काठमाडौं । काठमाडौंस्थित निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा यही माघ २६,२७ र २८ गते ववरमहलस्थित नेपाल आर्ट काउन्सिलमा तीन दिवसीय चित्रकला प्रदर्शनीको आयोजना हुने भएको छ । उक्त प्रदर्शनीमा यस विद्यालयमा विभिन्न तहमा अध्ययनरत ३८ जना विद्यार्थीहरुको चित्रकला समावेश गरिने छ । विद्यालयको ईतिहासमा पहिलो पटक यस प्रकारको चित्रकला प्रदर्शनी आयोजना हुन लागेको विद्यालयका प्रिन्सिपल निराजन अधिकारीले जानकारी दिनुभयो ।प्रदर्शनीमा निर्भाणा एकेडेमीका ३०० विद्यार्थीहरु, आमन्त्रित २० विद्यालयका करिव ३०० विद्यार्थीहरु, ६०० भन्दा वढि अभिभावकहरु तथा १०० भन्दा वढि पर्यवेक्षक सहित करिव १४०० भन्दा वढिले चित्रकला प्रदर्र्शनी अवलोकन गर्ने कार्यक्रम संयोजक लक्ष्मी मास्के(पुनम)ले जानकारी दिनुभयो ।वरिष्ठ शिक्षाविद्, गुणविज्ञ तथा हाईगा आर्टिष्ट प्रा.दिनेश प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा प्रदर्शनीको उदघाटन माघ २६ ग...
‘भिएस् अन्तर विद्यालय फुटसल’ प्रतियोगिताको उपाधी जित्यो मनकामना माविले

‘भिएस् अन्तर विद्यालय फुटसल’ प्रतियोगिताको उपाधी जित्यो मनकामना माविले

खेलकुद, समाचार
विश्व शिक्षा सदन स्कुलको आयोजना तथा विनायक सिद्ध कलेजको व्यवस्थापनमा सम्पन्न प्रथम भिएस् अन्तर विद्यालय फुटसल सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगिताको उपाधी मनकामना माविले जितेको छ । भाटभटिनी फुटसल ग्राउन्डमा सम्पन्न सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगितामा मनकामनाले सांग्रिला पब्लिक स्कुललाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो । उक्त विजेताहरूलाई प्रमुख अतिथि दुर्गा प्रसाई तथा विशेष अतिथि विष्णु पराजुलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद राशीसहित पुरस्कृत गर्नुभएको थियो । त्यस्तै, प्रथम मनकामना माविलाई ट्रफी, मेडल, सटिफिकेट सहित पन्ध्र हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने, दोस्रो सांग्रिला पब्लिक स्कुलले ट्रफी, मेडल र दश हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । दुई दिनसम्म भएको प्रतियोगितामा विभिन्न विद्यालय तथा कलेजहरूका ३१ वटा टोलीको सहभागीता रहेको विनायक  सिद्ध क...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँको अर्धवार्षिक समीक्षा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँको अर्धवार्षिक समीक्षा

समाचार, स्वास्थ्य
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौँले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको केन्द्रले शनिबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा आर्थिक वर्ष २०८०∕८१ मा सम्पादित क्रियाकलापहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बागमती प्रदेशको तर्फबाट स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, काठमाडौं जिल्ला अस्पताल (टोखा चण्डेश्वरी अस्पताल)को उपस्थिति रहेको थियो । साथै विभिन्न स्थानीय तहका सामाजिक विकास समितिका संयोजकहरू तथा स्वास्थ्य शाखाका प्रमुखहरू समेतको उपस्थिति रहेको थियो । काठमाडौं जिल्लामा रहेका ११ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये कागेश्वरी मनोहरा नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपाल...
बबिना भटराईको ‘पिरतीको गीत ’सार्वजनिक(भिडियो)

बबिना भटराईको ‘पिरतीको गीत ’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं : मायालुको लागि मायालुले कति सम्म गर्न सक्छ ? यसैको जवाफ भन्न सकिएला बबिना भट्टराईको ‘पिरतिको गीत’ । मायालुको लागि मुटुनै जिम्मा दिन सकिने भन्दै उनले नया गीत सार्वजनिक गरेकी छिन् । पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी बबिना एक दशक भन्दा लामो साधनाबाट निखारिएर नेपाली संगीत बजारमा आएकी हुन् । https://www.youtube.com/watch?v=IMiEVpCWz78 उनले यो गीतबाट पनि दर्शकको माया पाउने अपेक्षा गरेकी छिन् । गीतकार हरिराम पौडेलले लेखेका शब्दलाई गीतमा स्वर र संगीत बबिनाले भरेकी हुन् । बबिना भट्टराईको अफिसियल यु्ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफैँ फिचर्ड छिन् । ...
केआईईसीले ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४’ आयोजना गर्ने

केआईईसीले ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४’ आयोजना गर्ने

शिक्षा, समाचार
काठमाडौँ– शैक्षिक परामर्श दातृ संस्था केआईईसी प्रालीले शनिवार एक दिने मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४ आयोजना गर्ने भएको छ। केआईईसीले पुतलिसडक स्थित आफ्नो नवनिर्मित भवनमै विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्र्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो। मेलामा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिबाटै विद्यार्थीले त्यहाँको भौतिक शैक्षिक पूर्वाधार, बसोबास, शिक्षा नीति, लागत खर्च, छात्रवृत्ति लगायतका विषयमा जानकारी लिन सक्ने प्राली प्रवन्ध निर्देशक राजेन्द्र रिजालले जानकारी दिए। केआईईसीले मेलामा सहभागि हुने विद्यार्थीलाई विदेशका प्रमुख शैक्षिक गन्तव्यबारे जानकारी दिनुका साथै उनीहरूलाई विभिन्न छुट र अफरहरूको घोषणा समेत गरेको छ। अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्यूजील्याण्ड, युके लगायतका मुलुकमा विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई यस मेलामा सम्पूर्ण जानकार...
रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे’ आयोजना गर्ने

रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे’ आयोजना गर्ने

शिक्षा, समाचार
शुक्रवार नयाँ बानेश्वरस्थित मुख्य कार्यालयमा रोयल एजुकेसन फाउन्डेसनले उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूका लागि ‘अमेरिका-क्यानाडा एड्मिसन डे-२०२४’ आयाेजना गर्ने जनाएको हो। रोयल एजुकेसन फाउन्डेसनका प्रवन्ध निर्देशक विष्णुहरी पाण्डेले अमेरिका र क्यानाडामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि उक्त ‘एड्मिसन डे’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले भने,‘एड्मिसन डे मार्फत अभिभावक र विद्यार्थीहरूले एकै ठाउँ, एकै समयमा धरै भन्दा धेरै कलेजहरूको बारेमा बुझ्न सक्नुहुनेछ। विश्वविद्यालय प्रोग्राम, ट्युसन फी, रिक्वायरमेन्ट आदिका कुराहरू सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूबाट बुझ्न पाउनुहुनेछ’। एड्मिसन डेमा विद्यार्थी तथा अभिभावकहरूले अमेरिका र क्यानाडाका विभिन्न विश्वविद्यालयहरूको बारेमा उपलब्ध कोर्षहरू, ट्युसन फी, लाग्ने लागत, भिजा प्रोसेस लगायतका बारेमा जानकारी लिन सक्...
रमा थापाको स्वरमा ‘लेट्स डान्स’ गीतको भिडियो सार्वजनिक(भिडियो)

रमा थापाको स्वरमा ‘लेट्स डान्स’ गीतको भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गीतकार,संगीतकार तथा गायिका रमा थापाको स्वरमा ‘लेट्स डान्स’ गीतको भिडियो सार्वजनिक भएको छ । उनको आफ्नै युट्यब च्यानल ‘रमा थापा आर जे फिल्मस्’बाट सार्वजनिक भिडियोमा स्वयं थापा फिचर्ड छिन भने उनलाई मोडल दिक्षा जिसी र अन्य मोडलअरु ईभा श्रेष्ठ,ओजिना मगर,आध्याश्री पौडेल,अर्चना पाण्डे,पवन चौधरी र दिपेन्द्र रावतले साथ दिएका छन । https://youtu.be/q5zfFeCqDxw डान्सिङ बिटमा रहेको गीतको एरेन्जर विशाल निरौला हुन । मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई विनोद बमले सम्पादन एवं कलर ,आशिष रुम्बाले कोरियोग्राफी र शोभा जिसीले निर्देशन गरेकी हुन । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रमा थापाका केहि गीतहरु लोकप्रिय छन । भने केहि गीतहरु सार्वजनिक हुने तयारीमा छन । ...
सरानाको स्वर तथा निर्देशनमा ‘तिमि जुन जस्तै लाग्छ प्यारो’(भिडियो)

सरानाको स्वर तथा निर्देशनमा ‘तिमि जुन जस्तै लाग्छ प्यारो’(भिडियो)

मनोरन्जन, समाचार
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शब्द रचना रहेको गीत ‘तिमि जुन जस्तै लाग्छ प्यारो’ सार्वजनिक भएको छ । आफ्नो श्रीमती प्रति समर्पित उक्त गीतलाई मदनकृष्णका सुपुत्र तथा गायक यमन श्रेष्ठले संगीत भरेका छन्। उनका सुपुत्री तथा गायिका सराना श्रेष्ठले गीतमा स्वर दिएकी छिन भने गीतको भिडियो समेत उनले नै निर्देशन गरेकी हुन । https://www.youtube.com/watch?v=bxv7iQAlgdU सराना भिडियो निर्देशनका साथै जनचेतनामुलक भिडियो समेत निर्माण निर्देशन गर्दै आईरहेकी छिन । सरानाको नै कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्। हरि हुमागाईले सम्पादन गरेको भिडियोमा मदनकृष्ण र छोरी सराना फिचर्ड रहेका छन्। ...
‘के भुल गरें थिएँ र मैंले’ भन्दै उमा श्रेष्ठ (भिडियो)

‘के भुल गरें थिएँ र मैंले’ भन्दै उमा श्रेष्ठ (भिडियो)

मनोरन्जन, समाचार
गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता सम्पन्न भिडियो सार्वजनिक कार्यक्रममा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो। सार्वजनिक ‘के भुल गरें थिएँ र मैंले’ बोलको गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ। कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन्। भिडियोमा सन्तान नहुँदाको पारिवारिक तनाबलाई देखाउन खोजिएको छ। https://youtu.be/Nhsj1l-X3vs भिडियोमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन्। बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन निर्देशक स्वयम् कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन्। भिडियो सार्वजनिक कर्यक्रममा मेची नगर लेडी जेसिजका संस्थापक क...
गायिका संगम लामिछानेको नयाँ गित‘ए गौरी’(भिडियो)

गायिका संगम लामिछानेको नयाँ गित‘ए गौरी’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौंँ । चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरि’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गितमा कृष्ण लामिछाने को शब्द तथा बद्री सापकोटाको संगित रहेको छ । उक्त गित मा बिनोद बाजुरालि को संगित संयोज रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारी साथै रिया खड्का र दिपक पौड्याल को अभिनय रहेको उक्त गित संगम लामिछाने युटुब च्यानल बाट सार्बजनिक भएको छ । https://www.youtube.com/watch?v=BEHZdI6px3A मौसम हिमाली को निर्देशन रहेको उक्त गित नवराज उप्रेतिले खिचेका हुन्। रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गित हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन । काठ क्षेत्र मात्र नभएर पश्चिमि गित सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमि गित बजार मा लेराएकि हुन। बहुचर्चित गित बस बस पियार...