रामेछापका ३ वटा विद्यालयमा रन्जिता फाउण्डेसनको सहयोग
रामेछाप । कोभिड १९ तथा देशमा भएको विनाशकारी महाभुकम्पका समयमा समाजसेवाको माध्यमबाट हजारौंलाई राहत वितरण गर्नुका साथै घरवार विहिनहरुका लागि घर निर्माण गरि पिडितहरुको घाउमा मल्हम लगाएर चर्चा कमाएकी समाजसेवी रन्जिता गुरुङ्ग शिक्षा क्षेत्रमा समेत सक्रिय छिन । गुरुङ्गले शिक्षाबाट वन्चित र शिक्षा आर्जन गर्न नसकेकालाई छात्रवृत्ति प्रदान गर्नुका साथै गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण समेत गर्दै आईरहेकी छिन । विगत १ दशक भन्दा लामो समयदेखि नै समाजसेवीको रुपमा ख्याती कमाउदै आएकी गुरुङ्गले औपचारिक रुपमा आफ्नो संस्था दर्ता गरि विशेष गरि शिक्षाबाट वन्चित विद्यार्थीहरुका लागि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेकी छिन ।
१ वर्ष अगाडी स्थापना भएको रन्जिता फाउण्डेशन मार्फत हाल देशका विभिन्न ग्रामीण भेगमा रहेको गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्दै आ...









