आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024
Shadow

दिपक थापा मगरको पहलमा दोरम्बा शैलुङ्ग ७ का ३ विद्यालयमा शैक्षिक एवं खेलकुद सामाग्री वितरण

रामेछाप जिल्ला दोरम्बा शैलुङ्ग गाउपालिका ७ का युवा समाजसेवी दिपक थापा मगरको विशेष पहल र सक्रियतामा उक्त वडाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्रीहरु वितरण गरिएको छ ।

काठमाडौलाई कर्मक्षेत्र बनाउदै आए पनि आफु सोही वडामा अध्ययन गरेर आफ्नो तर्फबाट विद्यालयलाई केहि गर्नुपर्छ भन्ने भावना जागेपछि उनले समाजसेवी रन्जिता गुरुङ्ग समक्ष सहयोगको प्रस्ताव राखेपछि उनको अगुवाईमा उक्त सहयोगको योजना वनाएका थापाको पहलमा वडाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरिएको थियो ।

रन्जिता फाउण्डेशन मार्फत वितरण गरिएको उक्त सामाग्रीहरु गाउँपालिकाको वडा नं ७ स्थित भीमेश्वर मावि,थापागांउ ब्रमाविष्णु आधारभूत विद्यालय, डोरखानी र सेती देवी आधारभूत विद्यालय, डोप्लामा करिव २०० भन्दा वढि विद्यार्थीहरुलाई वितरण गरिएको थियो । शैक्षिक एवं खेलकुद सामाग्री वितरण कार्यक्रममा फाउण्डेशन अध्यक्ष रन्जिता गुरुङ्ग, संचारकर्मी राज लुईटेल, अभिनेता श्रीदेव भट्टराई, एलायन्स भेन्चर्सकी सिईओ तथा मोडल अरुणा सुवेदी, मोडल जिवन वस्याल, कर्मा मोक्तान लामा, वडाकै समाजसेवी एवं विद्यालय व्यबस्थापन सदस्य अर्जुन दास लगायतको उपस्थिती रहेको थियो ।

दुई लाख भन्दा वढि रकम वरावरको उक्त शैक्षिक एवं खेलकुद सामाग्री वितरण समारोहमा वडा प्रमुख तथा भीमेश्वर माविका विद्यालय व्यबस्थापनका अध्यक्ष प्रविन मोक्तनले यसै विद्यालयका पूर्व विद्यार्थी दिपक थापा मगरले अध्ययनरत विद्यार्थीभाई वहिनीहरुको लागि अध्ययनमा सहयोग पुगोस भनेर विद्यालयमा सहयोग ल्याउन पहल गरेकोमा सवै पूर्व विद्यार्थीहरुले दिपकबाट सिक्नु पर्ने कुरा बताएका थिए । विद्यार्थी तथा युवा माझ लोकप्रिय रहेका दिपक दिन दुखीहरुको समेत अप्ठेरो गाह्रो साह्रोमा आफ्नो तर्फबाट सहयोग गर्दै आएका छन ।

व्यबसायी समेत रहेका थापा गाउमा युवा रित्तिदै गएर गाउ खाली भएको अवस्थामा जे जति गाउमा रहेका आ आफ्नो क्षेत्रमा सक्रिय योगदान दिएका छन उनीहरुको पक्षमा खुलेरै साथ समर्थन र सहयोग गर्दै आईरहेका छन । एकैपटक ३ वटै विद्यालयमा सहयोग गरेपछि जिल्लाका अन्य विद्यालयबाट पनि सहयोगका प्रस्ताव आएको र आफुले सक्दो सहयोग गर्दै लैजाने उनले प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *