मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

एक सिटमा एक जना मात्र बस्न आग्रह

एक सिटमा एक जना मात्र बस्न आग्रह

समाचार
असोज ६ काठमाडौं । सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्दा झ्याल खुला राख्ने, बसमा चढ्दा ओर्लदा स्यानिटाइजर प्रयोग गर्ने र कार्यालयभित्र जाँदा अनिवार्यरुपमा साबुन पानीले हात धुनसमेत अनुरोध गरे। “अत्यावश्यक कामका लागि घरबाहिर निस्कनै पर्दछ, सबैले आ–आफ्नो जीवन समान्यीकरण गर्दै लैजानुपर्दछ”, उनले भने, “आफ्नो काममा निस्कनका लागि सार्वजनिक यातायात नै चढ्नपर्ने हुन्छ, एक व्यक्ति र अर्को व्यक्ति दुई मिटर टाढा लाइन बसेर चढ्नु पर्दछ।” सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पुरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो। गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुन थालेका छ...
चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

समाचार
असोज ६ काठमाडौं ।लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका चट्याङले बेंसीसहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्ते विकको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँढे ५ बजेतिरको चट्याङले विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल बेंसीसहर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । शवको आज (मंगलबार) पोष्टमार्टम गरिने भएको छ । चट्याङले पुमागाउँकै २२ वर्षीया चिजा गुरुङ घाइते भएकी छिन् । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रनाउ थापाले बताए । ...
कहिले खुल्लान् चीनसँगका नाका

कहिले खुल्लान् चीनसँगका नाका

समाचार
असोज ६ काठमाडौं । कोरोना भाइरसको कारण देखाउँदै चीनले नेपाल प्रवेश गर्ने नाका बन्द गरेपछि नेपाली व्यवसायीहरूको अर्बौंको लगानी डुब्ने खतरा बढेको छ ।कोरोना भाइरसको संक्रमण देखिएपछि रसुवागढी, केरुङ र तातोपानी नाका बन्द हुँदा नेपाली व्यवसायीले झिकाएका सामान नाकामै रोकिएर लगानी जोखिममा पर्ने चिन्ता भएको हो । चीनमा कोरोना संक्रमण सुरु भएपछि र नेपालमा समेत अवस्था जटिल बन्न लागेपछि लकडाउनको समयमा दुई वटा नाका बन्द गरिएका थिए ।नेपाल सरकारले चीनबाट स्थलमार्ग हुँदै स्वास्थ्य सामग्री आयात गर्न तातोपानी नाका खुला गरेपछि २० वटासम्म कन्टेनर आउने व्यवस्था भएको थियो । त्यसपछि गत असारसम्म खुला रहेको तातोपानी नाका असार २५ मा पहिरोले बाटो अवरुद्ध भएपछि बन्द छ । चीनतर्फको छो ताल फुट्न सक्ने जोखिम रहेको भन्दै चिनियाँ पक्षले अहिले नाका नखुलाउने निर्णय गरेको छ । रसुवागढी नाका गत पुसदेखि बन्द छ । बन्द भएक...
चितवनमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण

चितवनमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण

समाचार
असोज ६ चितवन । चितवनमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २२ जना चितवनका र एक जना बाराको रहेको अस्पताल प्रशासनले जनाएको छ । भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका तीन महिला र एक पुरूष र खैरहनीका १० पुरूष र सात महिने बालिकासहित पाच महिला तथा रत्नपुरका एक पुरूष र दुई महिलामा संक्रमण पुष्टि भएको छ । बाँकी एक जना भने भने बारा जितपुरकी ६८ वर्षीया महिला रहेको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् । ...
१६ वर्ष उमेरका किशोरकिशोरीलाई बढी मानसिक समस्या

१६ वर्ष उमेरका किशोरकिशोरीलाई बढी मानसिक समस्या

समाचार
असोज ६ काठमाडौं । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिए। तिमध्ये किशोरीमा ५.३ प्रतिशत र किशोरमा पाँच प्रतिशत मानसिक समस्या देखिएको छ।परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेश नंं १ का किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको छ।त्यहाँका ११.४ प्रतिशत किशोरकिशोरीमा समस्या देखिएको उनले बताए। यस्तै ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या, ०.६ प्रतिशतमा उदासिनता, ३.९ प्रतिशतमा आत्महत्याको सोच र ०.७ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेका पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।यस्तै ०...
सडकमा हिंडिरहेकालाई पहिरोले पुर्दा दुई जना बेपत्ता

सडकमा हिंडिरहेकालाई पहिरोले पुर्दा दुई जना बेपत्ता

समाचार
असोज ६ गुल्मी । गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रातडाँडाको सडक खण्डमा बाटो हिंडिरहेका दुई जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिंडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् । सडकमा हिंडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रवक्ता डिएसपी पन्तले बताए । ...
गायिका ईन्दिरा भट्टराईको स्वर तथा फिचर्ड रहेको ‘तिमि बिना’को भिडियो सार्वजनिक (भिडियो सहित)

गायिका ईन्दिरा भट्टराईको स्वर तथा फिचर्ड रहेको ‘तिमि बिना’को भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
लगातार उत्कृष्ट गीतहरु सार्वजनिक गर्दै आईरहेकी गायिका ईन्दिरा भट्टराईले पूनः अर्को डान्सिङ्ग गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन । गायिका भट्टराई स्वयं फिचर्ड रहेको गीत तिमी बिनामा उनलाई स्वर तथा अभिनयमा भूवन प्रकाश वादुले साथ दिएका छन । https://www.youtube.com/watch?v=T3MfZG-_2WA&feature=share&fbclid=IwAR2YnOeUh-iOxZhzw1WkdTAeGy-2NdTb_U105Oi2mjrB-pXaP7oxlyRGhqc मनोज सिंह धामीको शव्द भूवन प्रकाश वादुकै ऐरेन्ज तथा संगितमा तयार गीतको भिडियोलाई होम धितालले निर्देशन गरेका हुन । गोविन्द श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायांकन मरुभूमि नारायणले र सम्पादन रोशन धितालले गरेका हुन ।गायिका ईन्दिराको आफ्नै यूट्यूब च्यानल ईन्दिरा म्यूजिक एण्ड ईन्टरटेनमेन्ट बाट सार्वजनिक भिडियोको निर्माण ईन्दिरा म्यूजिकले निर्माण गरेको हो । हाल दुवईमा रहेर व्यापार व्यबसायमा संलग्न रहदै आएकी...
लामो समय थलिएका विद्यालय खुल्न थाले

लामो समय थलिएका विद्यालय खुल्न थाले

शिक्षा, समाचार
असाेज ५ ओखलढुंगा । कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाका सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । यस वर्षको शैक्षिक सत्र सुरु भएदेखि बन्द रहेका विद्यालयहरु जनस्वास्थ्य मापदण्डको पालना गर्दै सञ्चालनमा आउन थालेका हुन् ।जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा रहेको जालपा माध्यमिक विद्यालय सोमबार (आजबाट) सञ्चालनमा आएको छ । लामो समयदेखी विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको भन्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गरिएको विद्यालयका शिक्षक दिपक घिमिरेले जानकारी दिए ।जालपा माध्यमिक विद्यालयले विद्यार्थी–विद्यार्थी बीचमा भौतिक दुरी कायम गराएर पठनपाठन सुरु गरेको छ । एउटा बेन्चमा दुईजना विद्यार्थी राखेर उनीहरु बीचमा करिब २ मिटरको दुरी कायम गराई माक्स अनिवार्य गराईएको शिक्षक घिमिरेले जानकारी दिए । उनले लामो समय विद्यालय बन्द हुँदा यसवर्...
उडान खुलेसँगै यती एयरलाइन्सले ल्यायो भ्रमण प्याकेज

उडान खुलेसँगै यती एयरलाइन्सले ल्यायो भ्रमण प्याकेज

समाचार
असाेज ५ काठमाडाैं । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ । एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा सुलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको बताएको छ । आफ्नो २२ औं स्थापना दिवसको अवसरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारा सहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक गरेको बताएको हो ।पत्रकार सम्मेलनमा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले कोभिड १९का कारण ठप्प भएको पर्यटन उद्योगलाई चलायमान बनाउन सहुलियत दरको भ्रमण प्याकेज ल्याइएको बताए । प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागी पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा...
किवानिज गभर्नर लम्सालको सम्मानमा नाटोजले राख्यो कार्यक्रम

किवानिज गभर्नर लम्सालको सम्मानमा नाटोजले राख्यो कार्यक्रम

आर्थिक, समाचार
किवानिज गभर्नर लम्सालको सम्मानमा नाटोजले राख्यो कार्यक्रम नेपाल पर्यटन पत्रकार संघ (नाटोज) ले किवानिज इन्टरनेसनल क्लबको नेपाल डिस्ट्रिक्ट गभर्नर चुनिएका वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साललाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । लम्सालको सम्मानमा आइतबार राजधानीमा एक कार्यक्रम गरी नाटोजले बधाई दिएको हो । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, उद्योग व्यवसायी कमिटिका अध्यक्ष कमल सापकोटा, नेपाल रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने लगायतले लम्सालको प्रशंसा गर्दै बधाईसँगै सफल कार्यकालको शुभकामना दिए । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारी अविरलले लम्साललाई समाजसेवाका तारा भन्दै उनको कार्यकालमा किवानिज नेपाल डिस्ट्रिकले थप गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्...