असोज ६ काठमाडौं ।लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका चट्याङले बेंसीसहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्ते विकको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँढे ५ बजेतिरको चट्याङले विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल बेंसीसहर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । शवको आज (मंगलबार) पोष्टमार्टम गरिने भएको छ ।
चट्याङले पुमागाउँकै २२ वर्षीया चिजा गुरुङ घाइते भएकी छिन् । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रनाउ थापाले बताए ।
