शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

एस्टोन भिल्लाको संघर्षपूर्ण जित

असोज ६ काठमाडौं । प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेडले लगातार दोस्रो हार बेहोरेको छ ।सोमबार राति भएको खेलमा एस्टोन भिल्लासँग १-० ले पराजित सेफिल्डको यो दोस्रो हार हो ।

१० खेलाडीमा समेटिएको सेफिल्ड युनाइटेडविरूद्ध जित निकाल्न भिल्लालाई भने निकै संघर्ष गर्न पर्‍यो । भिल्लाको जितमा इज्री कोन्साले ६३औं मिनेटमा गोल गरे ।

खेलको १२औं मिनेटमा जोन इगन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेफिल्ड १० खेलाडीमा समेटिएको थियो ।

३६औं मिनेटमा जोन लन्डस्ट्राम पेनाल्टीमा चुक्दा सेफिल्डले अग्रता लिने अवसर गुमाएको थियो । भिल्लाले पहिलो खेलमा नै सफलता हात पारेको हो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *