एक पुरुषको मृत्युपछि कोरोना पुष्टि
असोज ८ चितवन । जिल्लामा एक जनाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं १० का ७७ वर्षीय पुरुषको मृत्युपछि आज सङ्क्रमण पुष्टि भएको हो।
ती पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए।यही असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।
आज नै चितवन मेडिकल कलेजमा उपचारत् एक युवकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु थियो । भरतपुर अस्पतालमा प्रदेश स्तरीय सरुवारोग अस्पताल बनाइने भएको छ। पचास श्ययाको अस्पताल निर्माणका लागि भरतपुर अस्पताललाई आवश्यक प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेको छ।
अस्पताल विकास समतिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार मन्त्रालयले सरुवारोग रोकथाम, निय...









