मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

चाडपर्व लक्षित सुपथ मुल्य पसल असोज १५ बाट सञ्चालनमा आउने

चाडपर्व लक्षित सुपथ मुल्य पसल असोज १५ बाट सञ्चालनमा आउने

आर्थिक, समाचार
काठमाडौं ८ असोज । वितगका वर्ष झै यो वर्षपनि यही असोज १५ बाट देशभर चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा आउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा नायायण प्रसाद रेग्मीले आउँदो असोज १५ बाट सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएका हुन् । हरेका वर्ष दशैं आउनुभन्दा १५ दिन अगाडी सञ्चालनमा आउने यो सुपथ मुल्य पसल यसपाली भने कोभिड १९ कोरोना भाइरसले गर्दा कुन कुन स्थानमा राखिने बारे छलफल भइरहेको पनि प्रवक्ता रेग्मीले जानकारी दिएका छन् । ...
नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्याे

नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्याे

समाचार
असोज ९ कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो । बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । पहिरोेका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थ...
पहाडमा बढी पहिरो जाने ठाउँको वस्तीलाई सार्ने र अब एकीकृत बस्ती निर्माण गर्नुपर्छ :डा.डि.आर.उपाध्याय

पहाडमा बढी पहिरो जाने ठाउँको वस्तीलाई सार्ने र अब एकीकृत बस्ती निर्माण गर्नुपर्छ :डा.डि.आर.उपाध्याय

राजनीति, समाचार
विगत तीन दिनदेखी देशभर अविरल वर्षा भइरहेको छ । जसका कारण बाढी पहिरो जानुका साथै जनधनको क्षति हुन पुगेको छ । अविरल वर्षाका कारण नदीहरूमा बहाव बढेको छ भने पहिरोले देशका मुख्य राजमार्ग र ग्रामिण सडकहरु ठाउँ ठाउँमा प्रभावित भएका छन् । सामान्यतया सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ । विगतका तुलनामा यस वर्षको बाढी पहिरोले धेरै क्षति पुर्‍याएको छ । कोरोना कहरमा रहेका बेला वर्षाको कहरले थप पीडा थपेको छ । कोरोनाको कहरसँगै मुलुक बाढी र पहिरोको चपेटामा परेको छ । वर्षामा पहाड र हिमाली क्षेत्रमा पहिरो जाने र तराईमा बाढी र डुबानका कारण बर्षेनी अर्बौको धनजनको क्षति भइरहेको छ । हरेक वर्षको वार्षायाममा धेरै नेपालीको विचल्लि हुने घटना बढदो छ । पहाडमा पहिरो र तराई मधेशमा डुबानको समस्या भोग्न बाध्य छौ हामीहरू । पहिरोले धनजनको क्षतिसँगै...
ललितपुरमा तीनजना कोरोना संक्रमितको मृत्यु

ललितपुरमा तीनजना कोरोना संक्रमितको मृत्यु

समाचार
असोज ९ काठमाडौं।ललितपुरमा थप तीन जना कोरोना स्रंक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन्।दुईजनाको मेघा अस्पताल र एकजनाको बयोधा अस्पतालमा मृत्यु भएको हाे। मेघा अस्पतालमा असोज ६ गते भर्ना भएकी ७० वर्षीय ललितपुरकी महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थय कार्यालयले जानकारी दिएको छ ।सोही अस्पतालमै उपचारत असोज ५ गते भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको हो । यस्तै बयोधा अस्पतालमा ललितपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरषको बुधबार मृत्यु भएको कार्यालयले जानकारी दिएको छ। ...
एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

समाचार
असोज ९ वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए।सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए। ‘पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ’, अध्यक्ष रनपालले भने।एकै परिवारका नौ जनाको एकैपटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटना नौलो भएको अध्यक्ष रनपालले बताए। ...
चाबहिल–साँखु सडकको दुःख : पहिले स्थानीयवासीले जग्गा दिएनन्, अहिले ठेकेदारले काम गरेनन्

चाबहिल–साँखु सडकको दुःख : पहिले स्थानीयवासीले जग्गा दिएनन्, अहिले ठेकेदारले काम गरेनन्

समाचार
असोज ९ काठमाडौं। ठेकेदारको लापरवाही र सडक मापदण्डको झमेलाका कारण काठमाडौंको चाबहिल–जोरपाटी–साँखु सडक विस्तार अवरुद्ध छ । १२ किलोमिटर लम्बाइको सडक विस्तार र कालोपत्रे नहुँदा त्यस क्षेत्रका बासिन्दाले पाँच वर्षदेखि निरन्तर दुःख खेप्दै आएका छन् । काठमाडौंका उत्तरपूर्वी गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकालाई जोड्ने लाइफलाइन सडक हो, यो । बाक्लो सवारी चाप हुने साँघुरो सडकमा घन्टौं जाम हुन्छ । घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य रहन्छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले असोज ०७२ मा सडकलाई २२ मिटर फराकिलो बनाएर कालोपत्रे गर्ने ठेक्का लगायो । तर, अहिलेसम्म सडक विस्तार नै भएको छैन, कालोपत्रे त टाढाको कुरा । सडक विस्तार र कालोपत्रेको ठेक्का लिएका निर्माण कम्पनीहरूले सम्झौता अवधि सकिएर तीन वर्षदेखि निरन्तर म्याद थप गराएका छन्, तर काम गरेका छैनन् । ठाउँ–ठाउँमा सडक भत्क...
बिधान कार्की निर्देशित तथा समिक्षा र प्रविणको स्वरमा ‘नबोली नबोली’ सार्वजनिक(भिडियो)

बिधान कार्की निर्देशित तथा समिक्षा र प्रविणको स्वरमा ‘नबोली नबोली’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका समिक्षा अधिकारी र प्रविण बेडवालको सुमधुर स्वरमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ ।  बिधान कार्की निर्देशित तथा समिक्षा र प्रविणको स्वरमा ‘नबोली नबोली’ बोलको गीतको म्युजिक भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा शव्द र संगीत अर्जुन पोख्रेलको रहेको छ ।  गीतमा युवा पुस्ताको माया प्रेमको अवस्था चित्रित गरिएको छ । https://youtu.be/0eNGCeZ3IDk गीतको भिडियोमा सुधिर श्रेष्ठ, गरिमा शर्मा र बसन्त अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै भिडियो रेकर्डिङ नरेश बीबीसी, गीतार संजिव बराइली, पोष्टर फोटोग्राफी मिलन ढुङगाना र संजिव लामिछानको रहेको छ । भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।  ...
खुल्ला चौरमा पढ्दै विद्यार्थी

खुल्ला चौरमा पढ्दै विद्यार्थी

समाचार
असोज ८ काठमाडौं।रामपुर नगरपालिकाका इन्टरनेट सुविधा नभएका गाउँमा खुल्ला चौरमा पढ्ने गरेका छन् । यसरी पढ्ने विद्यार्थीलाई शिक्षकले सहजीकरण गर्ने गर्दछन् । तस्वीर – पवित्रा घिमिरे-रासस
Number of COVID-19 infected crosses 3,000 in Karnali

Number of COVID-19 infected crosses 3,000 in Karnali

समाचार
Birendranagar, Sept 24 :The caseload of coronavirus infected persons has reached more than three thousand in Karnali. According to the Ministry of Social Development, the number of infected has so far reached 3,276 in the Karnali state. Similarly, the number of persons recovering from the infection has reached 2.731. In the test for coronavirus infection conducted in the last 24 hours, the infection has been found in 48 more people the health service Division at the Ministry stated. The test was carried out at the Province Hospital and the Livestock Disease research Laboratory Surkhet.The number of active infection cases in Karnali has reached 539. PCR tests has been conducted on 71 thousand 997 people in the Karnalis state so far. Six people have succumbed to the flu-like disease in t...
चक्रपथको काम तत्काल शुरु हुने

चक्रपथको काम तत्काल शुरु हुने

समाचार
असोज ८ काठमाडौं। वाग्मती प्रदेश सरकारले काठमाण्डौं उपत्यका काँठ चक्रपथको कामलाई तत्काल शुरु गर्ने भएको छ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार केन्द्र र स्थानीय सरकारहरुसँगको समेत सहकार्यमा आगामी तिहारअघिदेखि नै काम शुरु गर्ने गरी तयारी थालिएको छ। कूल एकसय आठ किलोमिटर लम्बाईको चक्रपथ निर्माणको काम छ वटा खण्डमा गरिने जनाइएको छ। कामको बाँडफाँटअनुसार स्थानीय सरकारले केही स्थानमा नाला निर्माणको काम गरिसकेको तथा प्रदेश सरकारले करिब एक किलोमिटर सडक ढलान निर्माणको काम सकेको तथा चक्रपथमा पर्ने दुई पुलसमेत बनिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए। उपत्यकाका काँठ क्षेत्र समेट्ने गरी चक्रपथको निर्माण गर्ने आफूहरुको ३० वर्षअघिदेखिको सपना रहेको भन्दै उनले लामो र ठूलो सपना बोकेको उक्त चक्रपथ निर्माणको कामले अब निरन्तरता पाउने बताए। चक्रपथले काँठ क्षेत्...