बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

राजकुमार महर्जनको ‘गरीबी’सार्वजनिक(भिडियो)

राजकुमार महर्जनको ‘गरीबी’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौँ,गायक मित्र केसी र गायिका गरिमा घिमिरेको सुमधुर आवाजले सुसज्जित ‘गरिबी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मित्र के सिको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज बिशाल निरौलाले गरेका हुन् । https://youtu.be/FrFzdxOxgkE राजकुमार महर्जनको दमदार अभिनय रहेको भिडियोमा उनी लगायत सुयासी कार्की, प्रशंसा महर्जन, केशव आचार्य, रविन बस्याल, प्रकृति प्रश्नाको अभिनय रहेको छ ।राजकुमार महर्जन निर्माता रहेको भिडियोमा निमा रायको निर्देशन रहेको छ । भिडियोमा स्वरुप थापाको छायांकन र राया प्रोडक्सनको सम्पादन छ ।भिडियो ह्वाइटपिंगन इन्टरटेन्टमेन्टको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । ...
दशैलाई भेडा किन्दै ग्राहक

दशैलाई भेडा किन्दै ग्राहक

समाचार
असोज २२ काठमाडौं । कोरोना कहरका कारण यस वर्ष मुस्ताङबाट हिमाली भेँडा र च्याङ्ग्रा नआउने भएपछि म्याग्दीको मङ्गला गाउँपालिका– ५ टिकाबाङमा पालिएका स्थानीय जातका भेँडा किन्दै ग्राहक । रासस
राष्ट्रिय गीत ‘जाग युवा हो’ सार्वजनिक (भिडियोसहित)

राष्ट्रिय गीत ‘जाग युवा हो’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो…’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको सङ्गीत तथा कथा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन, नारायण रिजालको कोरियोग्राफी र सुरजको सहनिर्देशन रहेको गीतको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार, बालकलाकार आस्तिक रिजालले अभिनय गर्नुभएको छ । https://youtu.be/oqoe4tN11cs सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ । गीतले राष्ट्रियताका विषयमा अब युवहरू जाग्नु पर्ने सन्देश दिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कुष्ट बनेको छ । ‘हामी सबैले मिलेर राष्ट्रिय जागरण गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ, सबैले माया गरिदिनुहुेनेमा आशावादी छौं’, सङ्गीतकार सुरजले भन्नुभयो । ...
नेपाल महिला चेम्बर र सोचेको डटकम बीच ई कमर्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

नेपाल महिला चेम्बर र सोचेको डटकम बीच ई कमर्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

आर्थिक, समाचार
नेपाल महिला चेम्बर र सोचेको डट कम बीच ई कमर्स सम्बन्धी समझदारी पत्रमा सम्झौता भएको छ । ई कमर्सको माध्यमद्धारा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको बजारिकरण गर्न गराउन तथा ब्यापार अभिवृद्धि गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नेपाल महिला चेम्बरको तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठ र सोचेको डट कमका तर्फबाट प्रवन्ध निर्देशक शैलेश लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरे । सम्झौता पस्चात आफनो धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले अनलाईनको बढ्दो प्रयोगको साथै चेम्बरसंग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको ब्यापार अभिवृद्धि गर्न सोचेको डट कम पोर्टल माध्यम उपयोगी हुने विश्वास व्यक्त गर्दै एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान विक्रि वितरण गर्न लागिएको जनाईन् । साथै, उनले कोभिड–१९ बाट श्रृजित समस्याबाट ब्यापारीक क्षेत्रमा देखिएको शिथिलतालाई हल गर्दै अर्थ...
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यससँगै नेपालमा ९४ हजार २ सय ५३ जना कोरोना संक्रमित भएका छन् ।
आजबाट डिभी खुला

आजबाट डिभी खुला

अन्तराष्ट्रिय, आर्थिक, समाचार
सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुल्दै छ। नेपाली समयानुसार आज राति ९ः४५ बजेबाट डिभीका लागि आवेदन खुल्ने छ। आज रातिबाट खुलेर कार्तिक २५ गते नेपालमा स्थानीय समयानुसार रातको १०:४५ बजेबाट बन्द हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ। त्यस्तै, आवेदन भर्दा कन्सल्टेण्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ। आवेदन खुलेपछि कसरी नि:शुल्क आँफैंले आवेदन दिने त? – आवेदन निशुल्क : डीभी कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन। – कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदनसम्बन्धी स...
रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढे

रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढे

आर्थिक, समाचार
रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढेको छ। आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेका छन्। नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए। कोभिड – १९ उत्पत्ति भएयता गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्कबापत हालसम्म रू ५० करोड राजश्व असूल भएको जनाइएको छ। परीक्षणका लागि दैनिक आठ÷दश कन्टेनर भन्सार हातामा प्रवेश गर्ने गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म टिमुरेले जनाएको छ। सामग्री लाद्ने कार्यका लागि ३२ भरिया र रसुवागढीबाट टिमुरेमा रहेको भन्सार हातामा कन्टेनर ल्याउन १७ चालकको व्यवस्थापन गरिएको सुरक्षा निकायले जनाएको छ। कोभिड –१९ को जोखिम न्यूनीकरण गर्न भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै ब...
पुटिनको जन्मदिनको अवसरमा रुसले  हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण

पुटिनको जन्मदिनको अवसरमा रुसले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण

अन्तराष्ट्रिय, समाचार
रुसी राष्ट्रपति भ्लादमिर पुटिन बुधबार ६८ वर्षमा प्रवेश गरेका छन्। पुटिनको जन्मदिनको अवसर पारेरै रुसले बुधबार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको रोयटर्सले जनाएको छ। बारेन्ट्स समुद्रमा सिरकोन हाइपरसोनिक क्रुज क्षेप्यास्त्र परीक्षण गरेको रुसी अधिकारीहरुले बताएका छन्। हाइपरसोनिक क्षेप्यास्त्र शक्तिशाली हतियार हो। यस क्षेप्यास्त्रले प्रतिघण्टा ६ हजार ११५ किलोमिटरको दुरी पार गर्नसक्छ। पुटिनले आर्कटिक क्षेत्रमा रुसी सैन्य उपस्थिति बढाउने वाचा गरेको समयमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण भएको हो। ...
कोरोना भाइरसको उच्च जोखिम रहेकोले काठमाडौं उपत्यकामा ओहोरदोहोर नगर्न आग्रह

कोरोना भाइरसको उच्च जोखिम रहेकोले काठमाडौं उपत्यकामा ओहोरदोहोर नगर्न आग्रह

समाचार, स्वास्थ्य
सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै ओहोरदोहोर नगर्न सचेत गराएको छ । मन्त्रिपरिषद्‌का निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोर गर्दा संक्रमण फैलिन सक्ने भन्दै सतर्क रहन आग्रह गरे । ४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भए थप जोखिम बढ्ने बताउँदै मन्त्री ज्ञवालीले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन अपिल गरे । ...
डेढ करोड लगानीमा विद्यालयको भौतिक संरचना निर्माण

डेढ करोड लगानीमा विद्यालयको भौतिक संरचना निर्माण

शिक्षा, समाचार
विकास साझेदार संस्था दातृ निकाय युएनडिपी, किर्डाक नेपाल र तिला गाउँपालिकाको संयुक्त लगानीमा विद्यालय भवन निर्माण गरिएको छ ।  सो गाउँपालिका–५ ढिमकोटमा डेढ करोड लगानीमा विद्यालयको भौतिक संरचना निर्माण भएको छ । युएनडिपीको ८५ लाख २६ हजार ४ सय  र तिला गाउँपालिकाको ५५ लाख गरी जम्मा एक करोड ५५ लाख ८४ हजार रुपैया बढीको लागतमा दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि सामुदायिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण गरिएको हो । विद्यालय पहुँच बाहिर रहेका किशोरीलाई विद्यालय पहुँचमा ल्याउन मैत्रीपूर्ण शौचालयदेखि पुस्तकालय, विद्यालय व्यवस्थापन समितिको छुट्टै बैठक हल, सफा कक्षाकोठा र डेक्स–बेन्चसहितको दुईतले आठकोठे पक्की नमूना भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको किर्डाक नेपाल जुम्लाका संयोजक रेशम शाहीले बताए ।  किर्डाक नेपालको प्राविधिक सहयोगमा निर्माण ग...