बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

भात खान ६ महिनादेखि खुलामञ्च

भात खान ६ महिनादेखि खुलामञ्च

समाचार
असोज २५ काठमाडौं । शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो । एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही मिनेटमा नै गन्नै मुस्किल पर्छ । त्यत्तिकैमा खानासहितको एउटा गाडी वीर अस्पतालको गेट तर्फबाट भित्र पस्छ । भोको पेट भर्न आएकाहरू गाडी चिन्छन् र आफूले लगाएका चप्पल खोलेर लाइन लागेर भुइँमा बस्छन् । हरियो ज्याकेट लगाएका युवाहरू कागजका प्लेट तथा कप बाँड्न थाल्छन् । खाना बाँड्न सुरु हुन्छ । मान्छे थपिएको थपियै छन् । यो दैनिकी विगत ६ महिना अघिदेखिकै हो । कोरोना संक्रमण सुरु भएयता खुलामञ्चमा हाम्रो टिम नेपालको समूहले स्वतस्फूर्त रूपमा गरिब, असहाय तथा विपन्नसहित सहारा गुमाएका व्यक्तिलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ । त्यही भीडमा खाना खाँदै छिन् दोलखा सिंगटीकी ४२ वर्षीया पम्फा थापा । उनी ...
दशैमा सहरबाट घर फर्किने भए असोज २६ गतेसम्म फर्किसक्न उर्दी

दशैमा सहरबाट घर फर्किने भए असोज २६ गतेसम्म फर्किसक्न उर्दी

समाचार
असोज २५ खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका खोटाङले एक सूचना जारी गरी कोरोना भाइरसबाट सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालीहरुको महान् पर्व दशै तथा तिहार मनाउनका लागि आफ्ना वडामा आउने वडाबासीलाई मिति नै तोकेर देश, विदेश तथा अन्य जिल्लाबाट चाड पर्व मान्न आउने व्यक्ति तथा नागरिकलाई यहि असोज २६ गतेसम्म आईसक्नुपर्ने सूचना जारी गरेको हो । जारी सूचना अनुसार वडामा आउने नागरिकहरुले नियम अनुसार अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ । यसरी नियम अनुसार पालना नगरी वडा तथा गाउँटोलमा कोरोना भाइरसको संक्रमण फैलिएमा सो को जवाफदेही सहित सम्बन्धित व्यक्ति र परिवार जिम्मेवारी हुनुपर्ने सूचना जारी गरेको छ । ...
सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका स्थानीय तहहरुमा कृषि उत्पादन केन्द्र सञ्चालन हुने

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका स्थानीय तहहरुमा कृषि उत्पादन केन्द्र सञ्चालन हुने

समाचार
असोज २५ काठमाडौं । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका स्थानीय तहहरुमा कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालन हुने भएको छ । दुवै जिल्लाको सबै स्थानीय तहमा एक–एक वटा ब्लक सञ्चालन गरिने कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत लागत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, व्यावसायिक ब्लक कार्यक्रमका लागि प्रस्ताव दर्ता गर्न किसानसँग कार्यालयले अनुरोध गरेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं ६, ७ र ११, बनेपा नगरपालिका वडा नं १, पाँचखाल नगरपालिका वडा नं २, ३, ६ र १२ र धुलिखेल नपा वडा नं १, २ र ३ मा तरकारी ब्लक सञ्चालन गरिने कार्यालयका प्रमुख तेजप्रसाद दुवाडीले बताउनुभयो । उहाँका अनुसार रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, खानीखोला गाउँपालिका, तेमाल गाउँपालिका र महाभारत गाउँपालिकामा मकै ब्लक सञ्चालन हुने बताइएको छ । यस्तै भु...
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई कोरोना संक्रमित

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई कोरोना संक्रमित

समाचार, स्वास्थ्य
 संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई कोरोना संक्रमित भएका छन्। बिरामी भएपछि आज उनले पीसीआर परीक्षण गराएका थिए। नतिजा पोजेटिभ आएको हो। उनले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्। भट्टराईले आफूसँग सम्पर्कमा रहेकालाई परीक्षण गर्न सुझाव दिएका छन। उनले लेखेका छन्, ‘गत सोमबार कोरोना परीक्षाण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो। त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ। हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो। आज शनिबार पुनः कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन्। केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारणले कसैलाई पर्न जाने असुबि...
सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति

सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति

समाचार, समाज
सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । डा. केसीले आज विहान साडे नौ बजे अनसन तोड्ने पनि सहमति भएको छ । सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ । यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ । यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदल...
असोज २५ हेर्नुहोस्, राशिको भाग्य,

असोज २५ हेर्नुहोस्, राशिको भाग्य,

राशिफल, समाचार
मेषआम्दानीको स्तर बढ्नाले कारोबारमा सफलता एवं घरायसी विवाद कम हुने । मुद्दा मामिला टुंगिने एवं आपसी वैमनस्यतामा मैत्री भाव आउनेछ । कला संगीत एवं ध्यान साधनामा प्रगति मिल्नेछ । अध्ययनमा सामान्य प्रगति हुनेछ । सन्तानसँग भेटघाट एवं आर्थिक अवस्था सुध्रिनेछ । घरबाट बाहिरको काम बन्ने एवं यात्रामा खर्च हुनेछ । वृषआपसी सरसल्लाह नमिल्नाले व्यक्तिगत काममा बाधा आउनेछ । साताको शुरुमा घरायसी विवाद आउनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । मित्रतामा बाधा आउने एवं माया प्रेममा मनमुटाव हुनेछ । मिथुनसाथीभाइ एवं दाजुभाइको सहयोगमा सामुहिक काम बन्नेछ । भोगविलास एवं खानपानमा खर्च बढी हुनेछ । नयाँ काममा जोश र जाँगरले प्रगति मिल्नेछ । रोजगारीमा बढी जिम्मेवारी थपिनाले व्यक्तिगत काममा बाधा आउनेछ । छोटो यात्रा हुनेछ । व्यापार व्यावसायमा फाइदा एवं काममा जिम्मेवारी थपिनेछ । कर्कटनयाँ सरसामानमा खर्च हुने तथा छोटो...
भोलिबाट फेरी लकडाउन हुदैछ?बोले ट्राफिक प्रहरी प्रमुख,दशैंमा बन्दै छ कडा नियम(भिडियो कुराकानी)

भोलिबाट फेरी लकडाउन हुदैछ?बोले ट्राफिक प्रहरी प्रमुख,दशैंमा बन्दै छ कडा नियम(भिडियो कुराकानी)

समाचार
असोज २४ काठमाडौं । पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो । यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।ले भोलिबाट लक् डाउन हुदै छ नेपालमा ?हेर्नुहोस भिडियो : https://youtu.be/lRkccfuK9Gg ...
एकै परिवारका ८ जनामा कोरोना सङ्क्रमण

एकै परिवारका ८ जनामा कोरोना सङ्क्रमण

समाचार
असोज २४ अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ।शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो। उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए।यससँगै आज जिल्लामा थप ३४ कोरोना सङ्क्रमित बिरामी थपिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए। यससँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८६ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ९० रहेको छ। कोरोनाका सङ्क्रमणबाट चार जनाको ज्यान गएको छ। बेलझुण्डी अस्पतालमा एक सङ्क्रमितको मृत्यु । दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक कोरोना सङ्क्रमितको मृ...
आज १२ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज

आज १२ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज

समाचार
असोज २४ काठमाडौं । नेपालमा आज १२ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सहित आजसम्म देशभर ७४ हजार २ सय ५२ जनाले कोरोनालाई जितेका छन् । त्यस्तै आज ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संस्थागत आइसोलेसनमा १३ हजार ६५४ जना रहेका छन् भने होम इसोलेसनमा १७१६४ गरेर देशभर सक्रिय संक्रमित ३० हजार ८१८ जना सक्रिय संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ तथा भक्तपुरमा २ सय ३ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...
पछिल्लो २४ घण्टामा ५००८ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५००८ कोरोना संक्रमित थपिए

समाचार
असोज २४ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ । २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार२५२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । ...