शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आज १२ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज

असोज २४ काठमाडौं । नेपालमा आज १२ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सहित आजसम्म देशभर ७४ हजार २ सय ५२ जनाले कोरोनालाई जितेका छन् ।

त्यस्तै आज ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संस्थागत आइसोलेसनमा १३ हजार ६५४ जना रहेका छन् भने होम इसोलेसनमा १७१६४ गरेर देशभर सक्रिय संक्रमित ३० हजार ८१८ जना सक्रिय संक्रमित पुगेका छन् ।

मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ तथा भक्तपुरमा २ सय ३ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *