बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

कात्तिक १ गतेदेखि शक्तिपीठहरु खोल्ने तयारी

कात्तिक १ गतेदेखि शक्तिपीठहरु खोल्ने तयारी

समाचार
असोज २८ काठमाडौं । कोरोनाभाइरसका कारण बन्द भएका काठमाडौं उपत्यकाका शक्तिपीठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् ।काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खोल्ने तयारी भएको जनाइएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गएको चैत ११ गतेदेखि देशभरका देशरभरीकै मन्दिर बन्द गरिएको थियो ।दशैं तिहार नजिकिएसँगै मन्दिरमा पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता भएकाले खोल्न लागिएको बताइएको छ । ...
सगरमाथाकाे नयाँ उचाइ घाेषणाकाे तयारी

सगरमाथाकाे नयाँ उचाइ घाेषणाकाे तयारी

समाचार
असोज २८ काठमाडौं । सरकारले सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने तयारी गरेको छ । उचाइ घोषणाको गर्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएको र उचाइ घोषणाका लागि कुनै प्राविधिक तयारीको काम बाँकी नरहेको नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिनुभयो । नेपालको तर्फबाट काम सकिएपनि दुई पक्षबीच डाटा र सूचनाहरुको आदान–प्रदान, तथा पुनः परीक्षण गर्ने लगायतका काम गर्नुपर्ने भएकाले केही ढिलाइ सरकारी अधिकारीहरुले बताएका छन् । सगरमाथाको उचाइ ८,८४८ मिटर हो । तर, २०७२ सालको भूकम्प र अन्य कारणले उचाइमा केही तलमाथि भएको र लामो समयदेखि मापन नभएका कारण नेपालले आफैंले उचाइ मापनको काम अगाडि बढाएको बताइएको छ । ...
कोरोनाको प्रकोपपछि मानिसमा मानसिक समस्या बढ्दो

कोरोनाको प्रकोपपछि मानिसमा मानसिक समस्या बढ्दो

समाचार
असोज २८ काठमाडौं । कोभिड–१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ । दैनिकी खल्बलिनु, रोजगारी÷कमाइ गुम्नु, महामारीको सन्त्रासजस्ता कारणले मानसिक समस्या बढेको हो । धवलागिरि अस्पतालका मानसिक रोग विशेषज्ञ डा धीरेन्द्र पौडेलका अनुसार कोभिड–१९ अघि मानसिक समस्या लिएर अस्पताल आउने फाटफुट्ट हुन्थे । अहिले दैनिक ६÷७ जना बिरामी अस्पताल आउँछन् । “प्यानिक अट््याक भएर आउने बढी हुनुहुन्छ, छाती दुख्यो, मलाई हृदयघात भयो की ? भन्दै आउनुहुन्छ”, उहाँले भन्नुभयो । एक्कासि उत्पन्न हुने अत्यधिक त्रासले ‘प्यानिक अट्याक’ निम्त्याउने गर्छ । तनाव, डर, चिन्ता, एक्लोपना आदि कारणले ‘प्यानिक अट्याक’ हुने डा पौडेलको भनाइ छ । दिग्दारीपन, आत्तिने÷डराउने (एन्जाइटी)लगायतका मनोरोग पनि बढीरहेको उहाँले बताउनुभयो । “छ वर्षको बच्चालाई पनि एन्जाइटी भएर म कहाँ लिएर आउनुभएको थियो”, डा पौडेलले भन्नुभयो, “नियमित पढाइ रोकिँ...
प्रधानमन्त्रीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त

समाचार
असोज २८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । “हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ”, सामाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्नुभएको छ, “उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।” लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उहाँ २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट सङ्घीय संसद्मा निर्वाचित हुनुभएको थियो । (रासस) ...
पछिल्लो २४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु

समाचार
असोज २८ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २६ सय ३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप २६ सय ३८ जनामा कोरोना संक्रमण

समाचार
असोज २८ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ ।पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा २१ सय ७४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ...
उपत्यकामा थपिए १४०३ कोरोना संक्रमित

उपत्यकामा थपिए १४०३ कोरोना संक्रमित

समाचार
असोज २८ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जना संक्रमित थपिएका छन् । यसअघि मंगलबार (हिजो) काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ...
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख खरेल कोरोनामुक्त

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख खरेल कोरोनामुक्त

समाचार
असोज २८ काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ । नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइशोलेशन बस्नुभएको थियो । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताउनुभयो । आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उहाँले बताउनुभयो ।(रासस) ...
बलेवा विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम पुनः शुरु

बलेवा विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम पुनः शुरु

समाचार
असोज २८ काठमाडौं ।कोरोना भाइरस र लामो वर्षात्का कारण प्रभावित बनेको बलेवा विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम पुनः अगाडि बढेको छ । गत आर्थिक मसान्त २०७६/७७ भित्रै धावनमार्गको कालोपत्र गर्नका लागि ग्राभेल गर्ने लक्ष्य राखिए पनि शुरुमा कोराना भाइरस र लगातारको वर्षाका कारण विमानस्थलको काम प्रभावित बने पनि वर्षा रोकिएपछि कालोपत्रका लागि आवश्यक कामले तीव्रता पाएको छ । कालोपत्रका लागि बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माणकार्यले पुनः गति लिएको हो । विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत विसं २०७६ फागुनमा काम शुरु गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण प्रभावित बन्दै आएका कारण धावनमार्ग कालोपत्रको काम केही समय पछाडि धकेलिएको छ । अहिले धावनमार्गक...
कान्ति बाल अस्पतालले माग्यो ५६ जना कर्मचारी

कान्ति बाल अस्पतालले माग्यो ५६ जना कर्मचारी

समाचार
असोज २८ काठमाडौं । कान्ति बाल अस्पतालले विभिन्न तहमा गरी ५६ जना कर्मचारी माग गरेको छ ।अस्पतालले मेडिकल अधिकृत आठौं तहमा २०, बायोमेडिकल इन्जिनियर आठौं तहमा १ तथा स्टाफ नर्स पाँचौं तहमा ३५ जना कर्मचारीहरु माग गरेको हो । अस्पतालले करार सेवामा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरिएको जानकारी दिएको छ ।माग गरिएको पदमा आवेदन दिन इच्छुक व्यक्तिले कात्तिक १२ गतेभित्र दरखास्त आवेदन पेश गरिसक्नुपर्ने अस्पतालले जनाएको छ । ...