असोज २८ काठमाडौं । सरकारले सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने तयारी गरेको छ । उचाइ घोषणाको गर्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएको र उचाइ घोषणाका लागि कुनै प्राविधिक तयारीको काम बाँकी नरहेको नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिनुभयो ।
नेपालको तर्फबाट काम सकिएपनि दुई पक्षबीच डाटा र सूचनाहरुको आदान–प्रदान, तथा पुनः परीक्षण गर्ने लगायतका काम गर्नुपर्ने भएकाले केही ढिलाइ सरकारी अधिकारीहरुले बताएका छन् ।
सगरमाथाको उचाइ ८,८४८ मिटर हो । तर, २०७२ सालको भूकम्प र अन्य कारणले उचाइमा केही तलमाथि भएको र लामो समयदेखि मापन नभएका कारण नेपालले आफैंले उचाइ मापनको काम अगाडि बढाएको बताइएको छ ।
