आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कान्ति बाल अस्पतालले माग्यो ५६ जना कर्मचारी

असोज २८ काठमाडौं । कान्ति बाल अस्पतालले विभिन्न तहमा गरी ५६ जना कर्मचारी माग गरेको छ ।अस्पतालले मेडिकल अधिकृत आठौं तहमा २०, बायोमेडिकल इन्जिनियर आठौं तहमा १ तथा स्टाफ नर्स पाँचौं तहमा ३५ जना कर्मचारीहरु माग गरेको हो ।

अस्पतालले करार सेवामा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरिएको जानकारी दिएको छ ।माग गरिएको पदमा आवेदन दिन इच्छुक व्यक्तिले कात्तिक १२ गतेभित्र दरखास्त आवेदन पेश गरिसक्नुपर्ने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *