बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

बन्द रहेका जिल्ला प्रशासनका सेवा पुनः शुरु

बन्द रहेका जिल्ला प्रशासनका सेवा पुनः शुरु

समाचार
कात्तिक ३ हेटौंडा । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले आइतबारदेखि नागरिकता वितरणका साथै राहदानी सिफारिसलगायत अन्य शान्तिसुरक्षाको व्यवस्थापन पुनः शुरु गरेको छ । केही दिनअघि सो कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यही कात्तिक १ गतेसम्म ती सेवा बन्द गरिएको थियो । सो कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई प्रत्येक फाँटका कर्मचारीले सम्पर्क गरी सेवा सुविधा उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए । यसैगरी हेटौंडा उपमहानगरपालिकाले कात्तिक २ गतेदेखि ६ सम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय फिर्ता लिएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिए । ...
विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो

समाचार
कात्तिक ३ काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ ।वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २५ लाख ९ हजार ८ सय ७७ पुगेको छ । विश्वमा एकैदिन ३ लाख २० हजार ५ सय ६५ जना नयाँ संक्रमित पुगेसंगै यो संख्या पुगेको हो ।त्यस्तै कोरोना संक्रमणबाट एकैदिन ३ हजार ८ सय ९९ जना मानिसको मृत्यु भएको छ । यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख १८ हजार ९८ पुगेको छ ।विश्वमा नीन करोड ९५ लाख ४ सय १३ जना संक्रमित उपचारपछि निको भएका छन् । ...
प्रदेश १ मा ४७४ कोरोना सङ्क्रमित थपिए

प्रदेश १ मा ४७४ कोरोना सङ्क्रमित थपिए

समाचार
कात्तिक ३ विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ४७४ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये १४९ महिला र ३२५ पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एकएक तथा प्रदेश बाहिरका १३ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाका अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन् । सो अवधिमा एक हजार ४६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । ...
रानीपोखरीको उद्घाटन कात्तिक ५ मा हुने

रानीपोखरीको उद्घाटन कात्तिक ५ मा हुने

समाचार
कात्तिक २ काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुने छ । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न छ । उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् । भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो । शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कु...
स्वास्थ्य सुरक्षा अपनाइ पूजा आराधनामा सहभागी हुन आग्रह

स्वास्थ्य सुरक्षा अपनाइ पूजा आराधनामा सहभागी हुन आग्रह

समाचार
कात्तिक २ काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बडा दशैँका अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज शुभकामना व्यक्त गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सजग भई दशैँ चाड मनाउन आग्रह गरेका छन् । उनले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको वर्तमान अवस्थामा सङ्क्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा अपनाई पूजा आराधनामा सहभागी हुन प्रदेशवासीलाई हार्दिक आग्रहसमेत गरेका छन्। ...
कोरोनाले नेपालमा ७ सय ३९ जनाको मृत्यु

कोरोनाले नेपालमा ७ सय ३९ जनाको मृत्यु

समाचार
कात्तिक २ काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालका कोरोना भाइरस संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर थप १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोनाका कारण अहिलेसम्म ७३९ जनाको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुयष्ट भएको छ । यससँगै नेपालमा अहिलेसम्म १३२२२४६ जनामा कोरोना संक्रमण भएको छ । ...
मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

समाचार
कात्तिक २ काठमाडौं । दशैंमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य पर्ने भएपछि च्याङ्ग्रा नल्याउने निर्णय गरेको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको थियो । यस वर्ष खसीबोका मात्र बिक्री गरिने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । ‘बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउनु उचित ठान्यौं’, उनले भनिन् । कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङग्रा मुस्ताङ ल्याउन नसकिएको न्यौपानेको भनाइ छ । कम्पनीले दाङ र मकवानपुरबाट खसीबोका ल्याएको छ । दुवै स्थानबाट ल्याइएका खसी...
दशैँका अवसरमा कैदीलाई सांसदको खसी उपहार

दशैँका अवसरमा कैदीलाई सांसदको खसी उपहार

समाचार
कात्तिक २ ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले यहाँका कैदीबन्दीलाई खसी उपहार दिनुभएको छ । दशैँका अवसरमा सांसद सुनुवारले जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी हस्तान्तरण गर्नुभएको हो । विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे तापनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीलाई सम्झिएको सांसद सुनुवारले बताउनुभयो ।कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सांसद सुनुवारले कैदीबन्दीलाई सुझाव दिनुभयो । पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सीपमूलक काम सिक्ने जस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन सकिने उहाँको भनाइ थियो । सांसद सुनुवारले २०७० सालदेखि दशैँका समयमा कैदीबन्दीलाई खसी सहयोग गर्दै आउनुभएको छ । खसी उपहार दिन कारागार पुग्नुभएका सांसद सुनुवार, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर ...
अब होम आइसोलेसनमा मृत्यु भएका संक्रमितको शव परिवारले नै व्यवस्थापन गर्नुपर्ने

अब होम आइसोलेसनमा मृत्यु भएका संक्रमितको शव परिवारले नै व्यवस्थापन गर्नुपर्ने

समाचार
कात्तिक २ काठमाडौं । कोरोना भाइरसको संक्रमण भइ घरमै आइसोलेशनमा रहेका बेला मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्न पाउने व्यवस्था सरकारले गरेको छ। सरकारले हालै ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि’ मा संशोधन गरी घरमै आइसोलेशनमा संक्रमितको निधन भएमा आफन्तले शव व्यवस्थापन गर्न पाउने व्यवस्था गरिएको हो। संशोधित कार्यविधिमा भनिएको छ, ‘कुनै व्यक्तिको घरकै आइसोलेशनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नु पर्छ। परिवारका सदस्यहरु र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिले सजगता अपनाई अन्त्येष्टि गर्नु पर्छ । यस्तो कार्यमा बच्चा र ६० वर्षभन्दा माथिका नागरिकसहित जोखिम समूहमा पर्ने व्यक्ति समावेश गराउनु हुँदैन ।’ कार्यविधिमा अघि भनिएको छ, ‘व्यक्तिगत सुरक्षाका सामग्री लगाएर शवलाई र्‍याप गरी बडी ब्यागमा राख्ने काम सम्बन...
पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २६ जना कोरोना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २६ जना कोरोना संक्रमण मुक्त

समाचार
 कात्तिक २ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । कुल संक्रमित मध्ये ६९.७ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइसकेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए । बितेको २४ घण्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ८७५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोर...