बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

याहुले आफ्ना सबै वेबसाइट बन्द गर्दै

याहुले आफ्ना सबै वेबसाइट बन्द गर्दै

समाचार
कात्तिक ३ काठमाडौं । याहुले आफ्ना सबै वेबसाइट बन्द गर्ने भएको छ । भेरिजोनको इनग्याजेटले दिएको जानकारी अनुसार याहुका वेबसाइट र सबै कन्टेन्ट हट्ने भएका हुन् ।याहु भेरिजोनको स्वामित्वमा रहेको थियो । अक्टोबर २८ देखि आफ्नो वेबसाइटमा कुनै पनि पोस्ट प्रकाशित नगर्ने याहूले जनाएको छ । यस अघि प्रकाशित गरिएका सबै कन्टन्टहरु डिसेम्बर १४ मा डिलिट गरिने इनग्याजेटले उल्लेख गरेको छ ।यद्यपि प्रयोगकर्ताहरुले आफ्नो इमेलको माध्यमबाट याहु ग्रुपसँग जोडिन सक्छन् । तर, ती ग्रुपहरु पनि खाली हुने बताइएको छ । त्यसपछि यी ग्रुपहरु प्राइभेट हुने र यी ग्रुपमा पोस्ट गर्न अनुमति लिनुपर्ने छ ।प्रयोगकर्ताले आफ्नो इतिहास सुरक्षित गर्न चाहने हो भने उनीहरुले प्रत्यक्षरुपमा डाउनलोड गर्ने वा याहुको प्राइभेसी ड्यासबोर्डको माध्यमबाट आफ्नो डेटा सुरक्षित गर्न सक्ने छन् । ...
कोरोना महामारीबाट देश र जनतालाई जोगाउनबाट पछि हट्यो ओली सरकार

कोरोना महामारीबाट देश र जनतालाई जोगाउनबाट पछि हट्यो ओली सरकार

समाचार
कात्तिक ३ काठमाडौं । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या गन्नेमा सीमित गरेको छ । महामारीबाट नागरिकलाई जोगाउन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा सरकार त्यसबाट पछि हट्नु लोकतान्त्रिक र समाजवादउन्मुख राज्यको अवधारणा विपरित हो । उपचारका लागि बेडसमेत नपाएर भौतारिनुपर्ने अवस्था आएका बेला सरकारले गरेको यस्तो निर्णयबाट सक्रमितबाट थप प्रताडित हुने देखिएको छ । सरकारले कोरोना महामारीबाट देश र जनतालाई जोगाउन राज्यको सबै स्रोतसाधनको प्रयोग गर्नुको साटो संक्रमण उच्च विन्दुमा पुगेका बेला जिम्मेवारीबाट हात झिकेको हो । नागरिक दैनिकमा खबर छ । सरकारको निर्णयअनुसार अब...
दसैंमा कोरोना परिक्षण नगरिने

दसैंमा कोरोना परिक्षण नगरिने

समाचार
कात्तिक ३ काठमाडौं । दसैंका बेला तीन दिन कोरोना परीक्षण बन्द गरिने भएको छ।आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै कात्तिक ९, १० र ११ गते पीसीआर परीक्षण नगर्ने जानकारी दिएका हुन् । महानवमी, विजयादशमी र एकादशीका दिन कोरोनाको पीसीआर परीक्षण नगरिने उनले जानकारी दिएका हुन् । ९, १० र ११ गते पछि भने परीक्षण जारी गरिने डा। गौतमले जानकारी दिए। अहिले देशभरका प्रयोगशालामा दैनिक पीसीआर परीक्षण गर्ने र स्वास्थ्य मन्त्रालयले त्यसको तथ्यांक जानकारी गराउने गरेको छ। ...
५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सकियो

५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सकियो

समाचार
कात्तिक ३ लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो आयोजना हो । आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रशासरणमा लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलले बताए । कूल रु आठ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ७२ मिटर बाँकी रहेको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ । आयोजनाको विसं. २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । विनासकारी भूकम्प, भारतको नाकाबन्दी र दोर्दी खोलामा आएको ब...
मन्दिरमै ‘खिइयो’ २ किलो सुन

मन्दिरमै ‘खिइयो’ २ किलो सुन

समाचार
कात्तिक ३ काठमाडौं । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ ।अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो । अष्टदलमा ८५ र भैरवमा ८८.५ (जम्मा १७३.५) तोला कम भएको पाइएको हो । पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे थाहा पाएर सोध्दै गुह्यश्वरीका पुजारीलाई पत्राचार गरेको थियो ।तर, लामो समय त्यसलाई गुपचुप राखियो । कोषका पदाधिकारीलाई घटस्थापनाका दिन बर्षेनि गरिने पर्वपूजामा यसपटक पुजारीले रोके । त्यससँगै सुन हराएको प्रसंग पुनः खोतलिएको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट ...
गण्डकी प्रदेशमा हालसम्म ५० को मृत्यु

गण्डकी प्रदेशमा हालसम्म ५० को मृत्यु

समाचार
कात्तिक ३ गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् ।गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतवारको विवरणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ । रासस ...
अब सरकारको काम संक्रमित र मृतक गन्ने मात्र

अब सरकारको काम संक्रमित र मृतक गन्ने मात्र

समाचार
कात्तिक ३ काठमाडौं । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या गन्नेमा सीमित गरेको छ । महामारीबाट नागरिकलाई जोगाउन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा सरकार त्यसबाट पछि हट्नु लोकतान्त्रिक र समाजवादउन्मुख राज्यको अवधारणा विपरित हो । उपचारका लागि बेडसमेत नपाएर भौतारिनुपर्ने अवस्था आएका बेला सरकारले गरेको यस्तो निर्णयबाट सक्रमितबाट थप प्रताडित हुने देखिएको छ । सरकारले कोरोना महामारीबाट देश र जनतालाई जोगाउन राज्यको सबै स्रोतसाधनको प्रयोग गर्नुको साटो संक्रमण उच्च विन्दुमा पुगेका बेला जिम्मेवारीबाट हात झिकेको हो ।सरकारको निर्णयअनुसार अब संक्रमितले आफ्नै खर्चमा उप...
गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

समाचार
कात्तिक ३ काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पुर्‍याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो । नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले पहिलाको तुलनामा यस वर्ष उपत्यकाबाट गाउँ फर्कने संख्या केही कम भए ठप्प भने नभएकाले उपत्यकाबाट गाउँ फर्कनेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए । ‘दशैं मनाउन गाउँ फर्कनेलाई नाकामै बसेर रोक्ने अवस्था छैन’, उनले भने, ‘आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउनुको विकल्प छैन ।’ उनका अनुसार गाउँपालिकाले कोरोनाको सामना गर्न आठ शैंयाको आइसोलेसन कक्ष निर्माण गरेको छ । अप्ठ्यारो परेकालाई उक्त आइसोलेसन कक्षमा राख्न सकिए...
हात उठायो सरकारले : अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा

हात उठायो सरकारले : अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा

समाचार
कात्तिक ३ काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचार लगायत बाट सरकार पछि हटेको छ ।अब संक्रमित आफैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिनेछन् । हिजो आइतबारदेखि लागु हुने गरी यो व्यवस्था गरिएको हो । सरकार कोरोनासँग हारेर हात उठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असशक्त, अति अपांगता भएका नागरिक, असहाय एकल महिला, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत बाहेक अरूले आफ्नै खर्चमा कोराना परीक्षण गर्नुपर्ने निर्णय गरेको हो । उनीहरूको कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमाबाट बेहोर्ने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाको परीक्षण र उपचार व्यक्तिगत खर्चबाट गर्ने निर्णय सरकारी तथ...
आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदै

आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदै

समाचार
कात्तिक ३ काठमाडौं । बडादशैं अन्तर्गत तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आराधना गरी मनाइँदैछ ।माता दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा । चन्द्रघण्टाको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ । यसैकारण दूर्गामाताको नाम चन्द्रघण्टा रहन गएको हो । चन्द्रघण्टा देवीको बाहन सिंह मानिन्छ । चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गरिन्छ ।उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृत्ति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी पूजा गर्ने चलन छ ।गाउँघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिन्छ । ...