बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

निर्मल शर्मा निर्देशित “न्याउली चरी”को छायांकन सम्पन्न

निर्मल शर्मा निर्देशित “न्याउली चरी”को छायांकन सम्पन्न

मनोरन्जन, समाचार
गायक तथा संगीतकार डीबी गुरुङ (धन गुरुङ)को सुमधुर स्वरमा सजिएको नयाँ गित 'न्याउली चरी'को छायांकन सम्पन्न भएको छ । मिन सागर लामाको शब्द रहेको गीतलाई गायक डीबी गुरुङले नै संगीतबद्ध गरेका छन्। कलाकार तथा निर्देशक निर्मल शर्माले निर्देशन गरेको भिडियोलाई छायाँकार राजु केसीले छायांकन गरेको गरेका हुन् । भिडियोमा सचिन बोगटी, रजनी केसी र करिश्मा केसी लोप्चनलाइ फिचर्ड गरिएको छ । मनोरम दृश्यमा खिचिएको म्युजिक भिडियो चाडै सार्बजनिक गरिने निर्देशक शर्माले बताएका छन् । ...
मन्त्री विश्वकर्माद्वारा ‘खेल जीत मनोविज्ञान’ पुस्तक सार्वजनिक

मन्त्री विश्वकर्माद्वारा ‘खेल जीत मनोविज्ञान’ पुस्तक सार्वजनिक

खेलकुद, समाचार
काठमाडौं, ०३ कार्तिक- ग्लोरी मिडियाद्वारा प्रकाशित पुस्तक खेल जीत मनोविज्ञान विमोचन गरिएको छ । डि एन घिसिङको लेखन तथा सरोज ओझाको भाषा सम्पादन रहेको उक्त पुस्तक सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विमोचन गरेका हुन । राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रम माझ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री विश्वकर्माले आधुनिक खेलकुदमा मनोविज्ञान सम्बन्धी ज्ञानको बढदो आवश्यकता महशुश गरिएको परिप्रेक्ष्यमा खेल जीत मनोविज्ञान पुस्तकले समाजलाई गतिशिल बनाउने धारणा राखे । पुस्तकका लेखक डिएन घिसिङले खेल क्षेत्रमा मनोविज्ञानको प्रभाव उच्च रहने बताउदै यसको उचित प्रयोगले खेलाडीलाई प्रतिस्पर्धामा जीत हासिल गर्न सघाउँ पुग्ने दाबी गर्दै खेल जीत मनोविज्ञान पुस्तकले नेपालको खेल क्षेत्रलाई...
चर्चित गायक सिताराम पोखरेलको स्वर तथा अभिनय रहेको ‘मनको मैलो’ सार्वजनिक (भिडियो)

चर्चित गायक सिताराम पोखरेलको स्वर तथा अभिनय रहेको ‘मनको मैलो’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा नयां गीत मनको मैलोको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजीटल युट्यूब च्यानलबाट आज सार्वजनिक भिडियोमा गायक स्वयं र उनलाई अभिनयमा मोडल तथा भिजे रिमा विश्वकर्मा र बालकलाकार आयुशी ढकालले साथ दिएका छन । उत्कृष्ट स्वरमा रहेको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले फरक ढंगले निकै मार्मिक कथावस्तु समेटेर आकर्षक तरिकाले निर्देशन गरेका छन । हेमन्त खतिवडाको शव्द रहेको गीतलाई संजय हमालले एरेन्ज तथा कम्पोज गरेका हुन । https://www.youtube.com/watch?v=qn5YjMw5rfU&feature=share&fbclid=IwAR05ThvSCcfRrss5vW7SGx4D4M6yzc5IaKE7Ql-o4IvNBUSKwzS-oQEENz0 फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा हेमा श्रेष्ठको बेली डान्स समेत रहेको छ । आफ्ना प्रत्येक भिडियोमा चर्चित नायिका तथा मोडलहरुलाई समावेश गराई भिडियो वजारमा ल्याउने गरेका गायक पोखरेलले ...
लोक सेवा आयोगका सबै परिक्षा अनिश्चितकालका लागि स्थगित

लोक सेवा आयोगका सबै परिक्षा अनिश्चितकालका लागि स्थगित

समाचार
कात्तिक ३ काठमाडौं । लोक सेवा आयोगका सबै परिक्षा स्थगित भएको छ । आज सोमबार लोक सेवा आयोगले एक सुचना जारी गर्दै यही कात्तिक १६ गतेदेखि सञ्चालन हुने भनिएको आयोगको सबै परिक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो । सुचनामा भनिएको छ , हाल विश्वभरी फैलिएको कोरोना महामारीले गर्दा परीक्षामा सहभागी हुने उम्मेदवारमा भएको डर त्रास र आयोगका केही कर्मचारीलाई समेत कोरोना भाइरस भएकाले आइसोलसनमा बस्नु परेको छ । परिक्षासँग सम्बन्धित मुख्य शाखाहरु बन्द गर्नु परेको हुँदा परिक्षा व्यवस्थापनमा समस्या उत्पन्न भई परिक्षा सञ्चालन गर्न कठिनाई भएकाले आयोगको अर्को सुचना नआएसम्म हाललाई स्थगित गरिएको बताएको छ । ...
मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश हुने

मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश हुने

समाचार
कात्तिक ३ काठमाडौं । आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश हुने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल भवन निर्माण गर्ने योजनानुसार नै सो दिनमा एकै पटक शिलान्यास गर्ने तयारी गरिएको हो । सरकारको योजनानुसार निर्माण गरिने ती अस्पतालको डिजाइन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने छ । सोही डिजाइनअनुसार सबै पालिकामा अस्पताल भवनको शिलान्यास एकैसाथ गर्ने गरी मन्त्रालयले आवश्यक तयारी मिलाउने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबीच कोभिड –१९ को रोकथाम, नियन्त्रण र उपचारमा समन्वय गर्ने ध्येयले आइतबार बसेको बैठकले उक्त निर्णय गर...
प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा

समाचार
कात्तिक ३ काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दशैं भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले यो जानकारी दिएका हुन् । उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरे । मन्त्री गुरुङले सरकारले कोरोनाको उपचारबाट सरकारले हात झिकेको भन्ने भनाई भ्रमपूर्ण रहेको बताएका छन् ।उनले सरकारले जनताको उपचार गर्ने जिम्मेवारीबाट पन्छिएको नभई सक्नेले पैसा तिर्न र नसक्ने विपन्न वर्गलगायत ज्येठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उपचार सरकारले गर्ने स्पष्ट पारेका छन् । उनले काठामाडौं उपत्यकाका क्वारेन्टिन सेन्टरहरुलाई आईसोलेसनमा परिणत गरिएको पनि जानकारी गराएका छन् । ...
नेपाल र ओमानबीच भिसा छुटसम्बन्धी सम्झौता

नेपाल र ओमानबीच भिसा छुटसम्बन्धी सम्झौता

समाचार
कात्तिक ३ काठमाडौं । नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ।ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्काका देशमा प्रत्येक पटक प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् । उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र ओमानका तर्फबाट त्यहाँका परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरे। सो सम्झौतापछि ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधि बढाउन सहयोग पुग्ने मस्कटस्थित नेपाली दूतावासले...
उपत्यकामा  २ हजार ३ सय ८८ मा कोरोना संक्रमण पुष्टि

उपत्यकामा २ हजार ३ सय ८८ मा कोरोना संक्रमण पुष्टि

समाचार
कात्तिक ३ काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए। त्यसमध्ये काठमाडौंका २ हजार ८ जना, भक्तपुरका ९९ जना र ललितपुरका २ सय ८१ जना छन्।उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। आज देशभर थप ३ हजार ७९० कोरोना संक्रमित थपिएका छन् भने २३३५ जना निको भएर घर फर्किएका छन्।पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ। ...
पछिल्लो २४ घण्टामा थपिए ३७९० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ३७९० कोरोना संक्रमित

समाचार
कात्तिक ३ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७८रहेको छ ।यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ थियो । पछिल्लो २४ घण्टामा थप २३३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ७७८ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९२ हजार १६६...
निरजर्ना पलान्चोके श्रेष्ठले हात पारिन ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट’को उपाधी

निरजर्ना पलान्चोके श्रेष्ठले हात पारिन ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट’को उपाधी

मनोरन्जन, समाचार
काठमाडौं ३ कार्तिक । सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगीतामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता हुनु भएको छ उहाले नेपाली गितमा नृत्य गर्नु भएको थियो भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो हुनु भएको छ उहाँले नाटक विधामा सहभागी हुनु भएको थियो भने त्यसैगरी तृतिय स्थान अनिला वन्तले हात पार्न सफल हुनु भएको छ । उहाँले पनि नृत्य विधामा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकास अधिकारी, वरिष्ठ सौन्दर्य विद सिता न्यौपाने,कर्पोरेट चिफ कुमार चालिसे , नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद वाँनिया रहनु भएको थियो । नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्दे...