बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

पछिल्लो २४ घण्टामा ३४३० कोरोना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा ३४३० कोरोना संक्रमित डिस्चार्ज

समाचार
कात्तिक २० काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ३४३०   जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४८ हजार ४०८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ रहेको थियो । ...
दुई हजार मिटर अग्लो डाँडामा काठको मन्दिर निर्माण

दुई हजार मिटर अग्लो डाँडामा काठको मन्दिर निर्माण

समाचार
कात्तिक २० रोल्पा । रुन्टीगढी गाउँपालिकाका युवा सक्रिय भएर मन्दिर निर्माण भएको छ । पर्यटक तान्न उनीहरुले काठैकाठको मन्दिर निर्माण गरेका हुन् । दक्षिण रोल्पाको रुन्टीगढी–६ निगालपानी र सरेचौरका बासिन्दाले मुरुले लेकको दुई हजार १५० मिटर उचाइमा सो मन्दिर गत साउनदेखि निर्माण आरम्भ गरिएको थियो । सो स्थानमा अहिले धर्मशाला, चार सय मिटर लामो सिंढी, गौशाला, शौचालयलगायत भौतिक संरचना निर्माण भइरहेको मुरुले लेक संरक्षणका अध्यक्ष चेतलाल पुनले जानकारी दिए । स्वर्गद्वारी महाप्रभुको तपोभूमि प्युठानको स्वर्गद्वारी जाने अधिकांश पर्यटक मुरुले लेक समेत अवलोकन गरी फर्कन्छन् । सो स्थानबाट भारतका विभिन्न भूभाग तथा नेपालका पूर्वमा पुथा हिमाल, पश्चिममा सल्यान जिल्लाका विभिन्न स्थान र दक्षिणमा दाङको दृश्यावलोकन गर्न सकिन्छ । मुरुले आउने अधिकांश पर्यटक छिमेकी जिल्ला दाङ, सल्यान, प्युठान र रुकुमका रहने गरेको स...
प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु

समाचार
कात्तिक २० काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उहाँ बुधबार यहाँ आइपुगेका हुन । सेनाध्यक्ष नरवणेले आजै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपे । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरु भएको छ । यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नुुभएको थियो । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य...
भारतीय सेना प्रमुखको औपचारिक कार्यक्रम सुरु

भारतीय सेना प्रमुखको औपचारिक कार्यक्रम सुरु

समाचार
कात्तिक २० काठमाडौं । तीनदिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भ्रमणका औपचारिक कार्यक्रम सुरु गरेका छन्।बिहीबार बिहान सैनिक मञ्चको वीर स्मारिकामा पुष्पगुच्छा अर्पण गरेका नरवणे त्यसपछि सैनिक मुख्यालय पुगेका छन्। जंगी अड्डामा उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ।प्रधानसेनापति पूर्णचन्द्र थापाको विशेष निमन्त्रणामा नेपाली सेनाको महारथीको सम्मान ग्रहण गर्न नरवणे बुधबार नेपाल आएका हुन्। बिहीबार दिउँसो शीतल निवासमा उनलाई महारथीको सम्मान दिइँदैछ। त्यसअघि उनले जंगी अड्डामा निरीक्षण तथा प्रधानसेनापति थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार प्रधानसेनापतिसँगको छलफल लगत्तै नेपाली सेनाका उच्च अधिकारीहरुसँग छोटो भेटघाटको कार्यक्रम रहेको छ। भेटघाट सम्पन्न भएपछि उनले नेपाली सेनालाई सहयोग स्वरुप चारव...
फेरी हल्लायो भूकम्पले

फेरी हल्लायो भूकम्पले

समाचार
कात्तिक २० काठमाडौं । बैतडीमा भूकम्पको धक्का महशुस भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका केन्द्र भएर ३।८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार भूकम्प गएराती १० बजेर २३ मिनेटमा गएको हो । भूकम्प जाँदा स्थानीय घरबाट बाहिर निस्किएको बताइएको छ । ...
स्वास्थ्य मन्त्रालयले १ सय १९ कर्मचारी माग्यो

स्वास्थ्य मन्त्रालयले १ सय १९ कर्मचारी माग्यो

समाचार
कात्तिक २० काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय ९१ जना कर्मचारी माग गरेको छ ।मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिना समयका कर्मचारी माग गरेको हो । सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको छ।कोरोना महामारी व्यवस्थापनमा थप सहयोग पुर्‍याउन गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको मन्त्रालयले जनाएको छ। बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको हो। दरखास्त फारम www.dohs.gov.np मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।१८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्।आजदेखि सात दिनभित्र दरख...
युवालाई सही बाटामा डोर्याउन स्काउटसँग आग्रह

युवालाई सही बाटामा डोर्याउन स्काउटसँग आग्रह

समाचार
कात्तिक २० विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल स्काउटले युवालाई सही बाटामा डो¥याउनुपर्ने बताएका छन् । नेपाल स्काउट प्रदेश तदर्थ समितिको आज यहाँ आयोजित शपथ ग्रहण समारोहमा उनले युवालाई मुलुकमा रहेका कुरीति, कुसंस्कार आदि न्यूनीकरण गरी राष्ट्रिय जागरण ल्याउने प्रेरणा दिन स्काउटसँग आग्रह गरे । स्काउट प्रदेशका प्रमुख तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश तदर्थ समितिका संयोजक रवि खनालसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै स्काउटको विधानानुरुप अगाडि बढ्न आग्रह गरे । नेपाल स्काउटले खनालको संयोजकत्वमा १३ सदस्यीय प्रदेश स्काउट तदर्थ समिति गठन गरेको छ । रासस ...
पर्यटनमन्त्रीले आठ दिन ताप्लेजुङका ६ स्थानीय तहको अवलोकन गर्ने

पर्यटनमन्त्रीले आठ दिन ताप्लेजुङका ६ स्थानीय तहको अवलोकन गर्ने

समाचार
कात्तिक २० फुङलिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका ६ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएका छन् । उनको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भएपनि भौतिक दूरी र स्वास्थ्य सावधानी कायम गरी सरकारी कार्यालय प्रमुखसँग बैठक, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशकको बैठक र फुङ्लिङ नगरपालिका–१० मित्लुङमा निर्माणाधीन मध्यतामोरा सानिमा हाइड्रोपावरको अवलोकन समय तालिका बनाइएको छ । यस्तै उनको फक्ताङलुङ गाउँपालिका–३ सेवा माविको इसिटी ल्याब उद्घाटन, फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोकमा जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम र फक्ताङलुङ गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल र मिक्वा खोलागाउँपालिका पार्टीका केन्द्रीय सदस्य,...
कवाडी गोदाममा आगलागी हुँदा २५ लाखको क्षति

कवाडी गोदाममा आगलागी हुँदा २५ लाखको क्षति

समाचार
कात्तिक २० लहान । सिरहाको लहान नगरपालिका –३ स्थित एक कवाडी गोदाममा आज आगलागी हुँदा करीब २५ लाख मूल्य बराबरको क्षति भएको छ । लहान – ३ मा रामनारायण महतो र साबिर मियाँले संयुक्त रुपमा सञ्चालन गरेको सो गोदाममा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । लहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए । आगलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन । रासस ...
मायादेवी मन्दिर बन्द हुँदा लुम्बिनी आउने पर्यटक खिन्‍न

मायादेवी मन्दिर बन्द हुँदा लुम्बिनी आउने पर्यटक खिन्‍न

समाचार
कात्तिक २० कपिलवस्तु-पछिल्ला दिनमा बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढे पनि मायादेवी मन्दिरसहित दुई दर्जनभन्दा बढी बिहारहरु बन्द हुँदा पर्यटकहरु खिन्न भएका छन् । उनीहरु ती सबै ठाउँमा घुम्न नपाउँदा निराश भएर फर्कने गरेका छन् । रुपन्देहीको शङ्करनगरका प्रकाश ज्ञवालीलाई गत शनिबार लुम्बिनी जाँदा त्यस्तै अनुभव भयो । स–परिवार लुम्बिनी पुग्नुभएका ज्ञवालीले मायादेवी मन्दिरको दर्शन गर्न पाएनन्। कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण मायादेवी मन्दिर बन्द भएपछि बाहिरबाटै दर्शन गरेर उहाँहरु फर्किए। ज्ञवालीजस्तै अन्य आन्तरिक पर्यटक लुम्बिनी गएर पनि मायादेवी मन्दिरमा दर्शन गर्न नपाउँदा खिन्न छन्। ‘कोरोना भाइरस सङ्क्रमणका कारण धेरै समय घरमा बस्दा दिक्क लागेर लुम्बिनी घुम्न गयौँ तर त्यहाँका मन्दिर त खुलेकै रहेनछन् ‘, ज्ञवालीले भने, ‘मायादेवी मन्दिर हेर्न नपाएपछि लुम्बिनी गएको जस्तो पन...