बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

गैँडाको माउ र बच्चा मृत फेला

गैँडाको माउ र बच्चा मृत फेला

समाचार
कात्तिक २० नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको उनले बताए । मृत पोथी गैँडाको खाग नभेटिएका कारण तस्करले मारेको हुनसक्ने आशङ्का गरिएको सूचना अधिकारी रामले बताए । उनका अनुसार गएको भदौमा मृतावस्थामा भेटिएको गैँडा र बुधवार मृतावस्थामा भेटिएको गैँडाको मृत्युको प्रकृति एउटै छ । यस आर्थिक वर्षमा मात्रै चितवनमा ११ वटा गैँडाको मृत्यु भइसकेको छ । नौ वटा गैँडा कालगतिले मरेका निकुञ्जले जनाएको छ । सन् २०१५ को गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जका ६०५ सहित नेपालमा ६४५ वटा गैँड...
अवैधरूपमा काठमाडौं लैजाँदै गरेको पटका बुधबार बरामद

अवैधरूपमा काठमाडौं लैजाँदै गरेको पटका बुधबार बरामद

अपराध, समाचार
राजविराजबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०६२ नम्बरको हायस गाडीबाट प्रहरीले पटका बरामद गरेको हो। प्रहरी चौकी ढुङ्ग्रेवास हिरापानी चेक प्वाइन्टले अवैधरूपमा काठमाडौं लैजाँदै गरेको पटका बुधबार बरामद गरेको छ। कमलामाई नगरपालिका-४ को हिरापानी चेक प्वाइन्ट इन्चार्ज प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीका अनुसार १४ बन्डल विभिन्न ब्रान्डका पटका, गमला २० बट्टा, भुइँचक्कर ५७ प्याकेट, झिरझिरे १५० प्याकेट, हाइड्रो चकलेट बम २० प्याकेट, आतिसबाजी फाइनल दुई प्याकेट बरामद भएको बताए। छतमा झोलामा राखिएको पटका कसैले दाबी नगरेपछि बरामद गरी जनप्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालयमा लगेर नष्ट गरिएको छ। ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको कोभिड-१९ अस्पताल सञ्चालनका लागि स्वीकृति दिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको कोभिड-१९ अस्पताल सञ्चालनका लागि स्वीकृति दिने

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न स्वीकृति दिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता प्राडा जागेश्वर गौतमले महाराजगन्जस्थित महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको कोभिड-१९ अस्पताल सञ्चालनका लागि स्वीकृति दिने निर्णय भएको बताए। त्यस्तै स्वास्थ्य मन्त्रालयले होम आइसोलेसेनमा बसेका संक्रमितहरुलाई परामर्श दिने जिम्मा परीक्षण गर्ने ल्याबहरुले नै गर्नुपर्ने निर्णय गरेको छ। प्रवक्ता गोतमका अनुसार कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलिकाउन्सिलिङ (टेलिफोनमार्फत परामर्श) दिनुपर्ने र अस्पताल नभएका ल्याबले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने निर्णय गरेको बताए। ...
दशैँ सकिए लगत्तै रोजगारीको लागि भारत जाने बढे

दशैँ सकिए लगत्तै रोजगारीको लागि भारत जाने बढे

समाचार
कात्तिक १९ काठमाडौं । हिजोआज कञ्चनपुरको त्रीनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ ।दशैं अघि यही नाकामा दशैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दशैँ सकिए लगत्तै रोजगारीका लागि फेरी भारत जानेहरुको घुइचो बढ्न थालको छ । कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जानेहरुको भिड लाग्ने गरेको छ । चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु दशैं सकिए लगत्तै फेरी रोजगारीका लागि भारत फर्किएका हुन् । दशैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभई बाध्यता भइको उनीहरुले बताएका छन् । देशभित्रै काम नपाउने भएपछि दुई चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको पनि उनीहरुले बताए । कोरोना संक्रमणका कारण स्वदेश फर्किएकाहरु पनि फेरी भारत जान बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण घर फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बत...
महरापत्नीको निधनप्रति नेता खनालद्वारा दुःख व्यक्त

महरापत्नीको निधनप्रति नेता खनालद्वारा दुःख व्यक्त

समाचार
कात्तिक १९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सङ्घीय संसद्का पूर्वसभामुख एवं प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गर्दै दिवङ्गत महराप्रति श्रद्धाञ्जलिका साथ शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । सीताको आज थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ...
त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

शिक्षा, समाचार
कात्तिक १९ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रब...
जासुसीको आरोप गरेको भन्दै दिल्लीमा नेपाली जेल चलान

जासुसीको आरोप गरेको भन्दै दिल्लीमा नेपाली जेल चलान

समाचार
कात्तिक १९ काठमाडौं । भारतीय प्रहरीद्वारा जासुसीको आरोपमा केही समयअघि समातिएका एकजना नेपालीलाई तिहाड जेल चलान गरिएको छ । पेशाले पहिले सवारी चालक शेरसिंह अर्थात राज बोहोराको नाममा एमजे नामक एउटा संस्था (कम्पनी) दर्ता गरिएको तर त्यसको हर्ताकर्ता भने चिनियाँहरू रहेको भारतीय अधिकारीहरूको दाबी छ । भारतमा चिनियाँ नागरिकलाई संस्था (कम्पनी) दर्ताको छुट छैन । चालकको पेशा छाडेर पछिल्लो समय बोहोरा पर्यटन व्यवसायतिर लागेका थिए । त्यहि क्रममा अवसर विस्तार हुँदै गयो भने आम्दानी पनि बढ्दै गयो । विदेशीसँगको संगतले बिस्तारै अंग्रेजी बोल्न र बुझ्न थालेपछि उनले चिनियाँसँग सम्पर्क गरेको भारतीय अधिकारीहरूले निचोड निकालेका छन् । आरोपित बोहोरालाई अदालती प्रक्रिया चल्दा चल्दै जेल पु¥याइएको हो । नेपालमा प्रहरीले समातेर २५ दिन हिरासतमा राख्न पाएजस्तै भारतीय अपराध कानुनमा कुनैपनि आरोपमा गिरफ्तार व्यक्तिलाई १४...
नेपालका प्रयोगशालामा गरिने पीसीआर परीक्षण विश्वसनीय भएन : नेपाल एयरलाइन्स

नेपालका प्रयोगशालामा गरिने पीसीआर परीक्षण विश्वसनीय भएन : नेपाल एयरलाइन्स

समाचार
कात्तिक १९ काठमाडौं । नेपाल वायु सेवा निगमले देशका प्रयोगशालामा भएको कोरोना परीक्षण विश्वसनीय नहुँदा आफूलाई ठूलो आर्थिक नोक्सानी भएको र प्रतिष्ठामा आँच पुगेको जनाएको छ। एअरलाइन्सले आज विज्ञप्ति निकालेर सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालालाई अनुरोध पनि गरेको छ। नेपालका प्रयोगशालाको कोरोना नेगेटिभको रिपोर्ट दिएका यात्रुलाई नेपाल एयरलाइन्सले गन्तव्यमा पुर्‍याएर त्यहाँ परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिने गरेको छ। जसका कारण कोरोना संक्रमित यात्रु ल्याएको भन्दै केही देशले नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएका छन्। नेपाल एअरलाइन्सका यात्रुमा कोरोना देखिएपछि हङकङले उडानमा प्रतिबन्ध लगाइसकेको छ । दुबई र नारिता विमानस्थलले नेपाल एयरलाइन्सलाई चेतावनी पठाएका छन् । जसका कारण एयरलाइन्सले नेपालका प्रयोगशालाको विश्वसनियतामाथि नै प्रश्न उठाएको हो। विज्ञप्ति मार्फत एअरलाइन्सले न...
पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार
कात्तिक १९ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६९११ रहेको छ ।यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ थियो । २४ घण्टामा थप ३८४४  संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप ३८४४  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४४ हजार ९७८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप...
वीर अस्पतालका १६ जना चिकित्सकद्वारा सामूहिक राजीनामा

वीर अस्पतालका १६ जना चिकित्सकद्वारा सामूहिक राजीनामा

समाचार
कात्तिक १९ काठमाडौं । वीर अस्पतालका १६ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन् ।कोभिड १९ को महामारीका बेला आफूहरुका समस्यासँग सम्बन्धित मागको बेवास्ता गरेको तथा सुरक्षामा कुनै ध्यान नदिएको भन्दै आकस्मिक कक्षका १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् । ‘हामी आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतको विभिन्न समस्याहरुको माग निरन्तर रुपमा पेश गरिरहँदा पनि हाम्रो माग पूरा नभएको, हामीलाई ज्यालादारी भनेर दशैं तिहार भत्ता नदिने, एकदिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराईको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ औं घण्टा ड्युटी गराउने, त्यो पनि हप्ताको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोवल गिरावट भएको जानकारी गराउन चाहन्छौं,’ १६ जना मेडिकल अधिकृतहरुले दिएको सामूहिक राजीनामा पत्रमा भनिएको छ । १६ जना चिकित्सकहरुले चिकित्स...