आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

महरापत्नीको निधनप्रति नेता खनालद्वारा दुःख व्यक्त

कात्तिक १९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सङ्घीय संसद्का पूर्वसभामुख एवं प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गर्दै दिवङ्गत महराप्रति श्रद्धाञ्जलिका साथ शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । सीताको आज थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *