बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

सरकारले राज्यको जिम्मेवारी बहान गरी सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने

सरकारले राज्यको जिम्मेवारी बहान गरी सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने

समाचार, स्वास्थ्य
सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारेको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आज सरकारले विगतमा पनि निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई सेवा दिन सरकार पछि नपर्ने स्पष्ट गरे । खर्च धान्न नसक्ने भएको जनाउँदै तिर्न सक्ने नागरिकसँग शुल्क लिने र विपन्नसँग शुल्क नलिने निर्णय भएकामा सर्वोच्च अदालतको आदेश र नागरिक क्षेत्रको सुझावपछि सरकारले नयाँ निर्णय गरेको हो । नेपालमा अहिलेसम्म १५ लाखभन्दा बढीको पिसिआर परीक्षण गर्दा दुई लाखमा सङ्क्रमण पुष्टि भएको छ । शुरुमा कोभिड–१९ को पिसिआर परीक्षणको पुनःपरीक्षण गर्न हङ्कङ पठाइएकामा हाल नेपालमै रकारी र निजी गरी ७३ प्रयोग...
धितोपत्र बजारमा शेयर कारोबार आज झण्डै २६ अङ्कले वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार आज झण्डै २६ अङ्कले वृद्धि

आर्थिक, समाचार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै २६ अङ्कले उकालो लागेको हो ।नेप्से २५.९८ बिन्दुले उकालो लागेर एक हजार ६७८.७९ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले उकालो लागेर ३३०.३९ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । कूल १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ता शेयर रु चार अर्ब नौ करोड ६१ लख ९० हजार २५६ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दु्ई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर उकालो लागेको छ । जलविद्युत् ०.६८ र सामूहिक लगानी कोष ०।०२ बिन्दुले ओरालो लागेको छ । यस्तै, बैंकिङ ७.११, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, वित्त ३.८३, निर्जीबन बीमा १६०.४, उत्पादन ४०.९, अन्य ४८.५८, लघुवित्त ४.८९ र जीवन बीमा ४७६.३६ ले वृ...
वाणिज्य बैंकका ६ हजार बढी कर्मचारी कोरोना संक्रमित

वाणिज्य बैंकका ६ हजार बढी कर्मचारी कोरोना संक्रमित

समाचार, समाज
 ‘क’ वर्गका बैंकहरु -वाणिज्य बैंक) का मात्रै हालसम्म ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमित भएका छन् । कोरोना महामारीका बेला पनि नियमित सेवा दिइरहेका बैंकहरुको ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । नेपाल बैंकर्स संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । संक्रमितमध्ये आधा जति निको भइसकेको संघले जनाएको छ । संघका अनुसार बाँकी रहेका संक्रमित कर्मचारीहरु कोही होम आइसोलेसनमा त कोही अस्पतालमा बसेर उपचार गराइरहेका छन् । धेरै कर्मचारीहरु संक्रमित भए पनि बैंकहरुले सेवा भने नियमित दिइरहेका छन् । संघका अनुसार आगामी २९ गतेदेखि भने मंसिर १ गतेसम्म भने बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भएका छन् । तिहारको अवसरमा २९ गतेदेखि १ गतेसम्म सबै कार्यालयहरु बिदा दिने निर्णय भएको संघको भनाई छ । संघका अनुसार यस अवधिमा बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भए पनि डिज...
अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योग तत्काल बन्द गराउन गृह मन्त्रालयको  निर्देशन

अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योग तत्काल बन्द गराउन गृह मन्त्रालयको निर्देशन

राजनीति, समाचार
अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ। नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धमा मंगलवार गृह मन्त्रालयमा बसेको बैठकले क्रसर उद्योगको अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव र पदाधिकारी सहभागी बैठकले क्रसर उद्योगको अनुगमन गरी अद्यावधिक विवरण गृह मन्त्रालय पठाउन समेत निर्देशन दिएको छ। बैठकको निर्णयमा लेखिएको छ, ‘नदीजन्य पदार्थमा आधारित उद्योग तथा स्थानीय तहबाट ठेक्का लगाइएका नदीजनय पदार्थको उत्खनन्, संकलन तथा बिक्रीवितरणको प्रभावकारी रूपमा अनुगमन गरी निर्धारित ...
थप दुई हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

थप दुई हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
मंगलबार थप दुई हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ। त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा २२ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ।  एक हजार ७ सय ९८ जना निको भएका छन्।  ...
सरकारले अलैँचीलाई स्थानीय स्तरमै प्रशोधन केन्द्र बनाउन पहल गर्ने

सरकारले अलैँचीलाई स्थानीय स्तरमै प्रशोधन केन्द्र बनाउन पहल गर्ने

आर्थिक, समाचार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन् । अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाबासीलाई फाइदा पुग्न सक्ने बताए ।  गृह ताप्लेजुङका विभिन्न गाउँपालिकाको भ्रमणका क्रममा रहनुभएका मन्त्री भट्टराईले त्यहाँ आयोजित कार्यक्रमहरुमा अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीको समेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले विशेषरूपमा ध्यान दिने स्पष्ट पारे । ओलाङचुङगोला बाहेक जिल्लाका सबै क्षेत्रमा अलैँची खेती गरिँदै आएको छ भने प्राय किसान यसैको भरमा छन् तर अलैँचीले राम्रो मूल्य नपाँउदा किसानलाई समस्या छ ।  मन्त्री भट्टराईले ग्रामीण क्षेत्रमा सहज यातायातका लागि ज...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

आर्थिक, समाचार
नेपाली बजारमा केहि दिन देखि निरन्तर उकालो लागेको सुनको मूल्य आज ह्वात्तै घटेको छ । सोमबार सुनको मूल्य तोलामा ९८ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ३४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ३ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१५ रहेको महासंघले जनाएको छ ।      ...
आकासिएको महँगी र मनपरी मूल्यवृद्धि नियन्त्रण होस् :डा.डिआर उपाध्याय

आकासिएको महँगी र मनपरी मूल्यवृद्धि नियन्त्रण होस् :डा.डिआर उपाध्याय

आर्थिक, समाचार
बजार लगाम विनाको घोडा भयो नेपालीको रमाइलो चाड तिहार आउन अव केहि दिन मात्र बाँकी छ । तर यस पालीको तिहारमा गत बर्ष जस्तो रमाईलो पक्कै हुने छैन । मान्छे संग भिडभाड गर्ने , भैलो खेल्ने अवस्था अहिले छैन । दिदी , बैनीको हातबाट टिका लगाउने बस्ने , खाने यति हो । सरकारले पनि यस बर्ष भैलो खेल्न र खेलाउन नपाइृने भनेको छ । यदि भैलो खेल्ने र खेलाउनेका लागी कारवाही गर्ने कुरा गरेको छ । यो भनेको राम्रो कुरा हो यति बेला हामी सवै कोरोना संग जोगीने बेला हो । यो बर्षको तिहारमा रमाईलो गर्न नपाए पनि कोरोनाबाट बँच्न सकियौ. भने अर्को बर्ष पनि तिहार रमाईलो संग मनाउन सकिन्छ नी । के को चिन्ता । यति बेला त कोरोना भाईरसको माहामारीले सवैलाई सताएको छ । ठिक यसै बेला श्रमजीवि जनता महंगीका कारण बाँच्न नसक्ने अवस्थामा छन । उनीहरुलाई मेलापर्व आए , नआएको केही मतलव छैन । बस् । उनीहरुलाई बिहान बेलुकाको छाक टार्ने चिन्ता मात्र...
डीपीआर बनाउन प्रस्ताव गर्ने तयारी;केरुङ–काठमाडौं रेलमार्ग

डीपीआर बनाउन प्रस्ताव गर्ने तयारी;केरुङ–काठमाडौं रेलमार्ग

समाचार
कात्तिक २५ काठमाडौं । सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदिन मित्रराष्ट्र चीनसँग प्रस्ताव गर्ने भएको छ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गरिदिन अर्थ मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’का रूपमा लिइएको सो रेलमार्गको निर्माण अनुदान सहयोगमा नै गर्न नेपालले चीनलाई आग्रह गर्दै आए पनि ‘डीपीआर’ निर्माणका लागि नेपालले अहिलेसम्म औपचारिक प्रस्ताव गरेको थिएन । “बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलाई अगाडि बढाउन ‘डीपीआर’ तयार गर्न रेल विभागबाट आएको प्रस्ताव अर्थ मन्त्रालयमा रहेको वैदेशिक समन्वय महाशाखामा पठाइएको छ,” भौतिक मन्त्रालयका सचिव श्रेष्ठले भने, “महाशाख...
सरकार झुक्यो ;कोरोना संक्रमितको उपचार फेरि निःशुल्क

सरकार झुक्यो ;कोरोना संक्रमितको उपचार फेरि निःशुल्क

समाचार
कात्तिक २५ काठमाडौं । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा कोरोनाको परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्ने गरेको छ । यसअघि सरकारले असहाय र असक्तबाहेक अरुको उपचार निःशुल्क नगर्ने निर्णय गरेपनि सर्वोच्चले सो निर्णय उल्ट्याइदिएको थियो । त्यसपछि दवावमा परेको सरकारले आफ्नो यसअघिको निर्णयलाई सच्याउँदै कोरोना संक्रमितको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । तर संक्रमितको परीक्षणको उपचार र परीक्षण निजीमा मात्रै या सरकारीमा पनि हो भन्नेबारे भने स्पष्ट भइसकेको छैन। ...