आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

एएमएसद्वारा कालापत्थरमा प्रेस मिट गर्दै ‘एभरेष्ट टुरिज्म अवार्ड’को घोषणा

एएमएसद्वारा कालापत्थरमा प्रेस मिट गर्दै ‘एभरेष्ट टुरिज्म अवार्ड’को घोषणा

समाचार, समाज
लुक्ला – ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिनुभयो । मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अवार्ड...
मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिलालाई

मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिलालाई

मनोरन्जन, समाचार
राजधानीमा सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीलाई प्रदान गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार राती सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सो उपाधि चुम्नुभएको हो । उहाँले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरी अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अबसर पनि हासिल गर्नुभएको छ । सोही समारोहमा हास्य साम्राज्ञी वसन्धुरा भुसाललाई ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पुर्‍याएवापत मानार्थ मिसेस नेपाल वर्ल्ड सम्मान २०२४ बाट सम्मानित गरिएको थियो। माईति नेपालकी अध्यक्ष अनुरोध कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनीकान्त झालगायतले भुसाललाई कार्यक्रममा सम्मान अर्पण गर्नुभएको थि...
मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को बेल्जियममा बिमोचन

मणिराज गौतमद्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को बेल्जियममा बिमोचन

अन्तराष्ट्रिय, समाचार
बेल्जियम – नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम द्वारा लिखित पुस्तक “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको बिमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका अतिथीहरुले पुस्तकको बिमोचन गर्नु भएको हो ।  पुस्तक बिमोचन गर्नुहुदै राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नितीनिर्माताहरुले बुझ्न सकेमा देश बिकासमा ठुलो सहयोग पुग्ने बताउनु भयो । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उहाँको धारणा रहेको थियो । पुस्तक मार्फत बिदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युबा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश उहाँले ब्यक्त गर्नु भयो ।राजदुत राजभण्डार...
टेक विसीको ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)

टेक विसीको ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ साइनो गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ । https://youtu.be/qPMycz4xn9M विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...
‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो)

‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । आफ्नो कला, संस्कृति र माटोको मायाँ हुनेले देशको अवस्थाका कारण रोजिरोटीको लागि सन्सारको जुनसुकै कुनामा रहेपनि व्यस्त जीवनबाट उप्रेको समयको सदुपयोग स्वरुप आफ्नो बिधागत क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाका चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि ‘कस्तो हो यो मायाँ’ बोलको नेपाली गीतको भिडियो निर्माण गरि आफ्नै युटूव च्यानबाट सार्वजनिक गरेका छन् । https://www.youtube.com/watch?v=W83EQUfUZUU क्यानडाको बिभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई प्रेमिल जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् निर्देशक हेरुका लामाले । ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गरेका हुन् । ...
नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

अन्तराष्ट्रिय, समाचार
नयाँ दिल्ली : नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् । इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले आज भारतस्थीत नेपाली राजदुतावासको विपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजीत कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल गरेका थिए । भारतका लागि नेपाली कार्यवाहक राजदुत डा. सुरेन्द्र थापाले हरेक क्षेत्रमा महिला पत्रकारको प्रत्यक्ष सहभागीता बढाउन जरुरी रहेको बताउँदै यसको लागि पत्रकारीताले अहम भुमिका खेल्न सक्ने बताउनुभयो । उहाँकाअनुसार दुतावासले हरेक कार्यक्रममा महिलाको सहभागीता र सहकार्यमा उत्साहीत भएर काम गर्दै आएको जानकारी दिनुभयो । डा.थापाले आफु नेपाल र भारतका सांस्कृतिक गतिविधिका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउन चाहेको भन्दै केहीदिन अघि दुतावास परिसरमा रामलिलाको मन...
कुवेर तामाङ्गको निर्देशनमा ‘शीतल छायाँमा’सार्वजनिक (भिडियो)

कुवेर तामाङ्गको निर्देशनमा ‘शीतल छायाँमा’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  रचना रिमाल र निर्मल दियालीको स्वरमा रहेको गीत ‘शीतल छायामा’ गीति चलचित्रका रुपमा सार्वजनिक भएको छ । खेम गुरुङको शव्द रचना र संगित संयोजन पुरुषोतम सुबेदीले गरेका छन भने सङ्गीत गायक स्वयमको रहेको छ। माटो र पुर्बेलीपन को सुगन्ध यस गीतमा पाइन्छ। काठमाडौको गागलफेदीमा छायांकन गरिएको गीति चलचित्रमा कुबेर तामाङ्गको कथा र निर्देशन रहेको छ । https://youtu.be/mkZ1UfQuyCw गितमा रेनुका मगर, लय संग्रौला, हिरा देबि श्रेष्ठ, रुपा थापा बत, प्रकश तिवारी, रबिन दाहाल, अमरदीप खाती र गायक तथा संगितकार दियाली स्वयमको अभिनय रहेको छ । नितिन तामाङ्गको नृत्य निर्देशन र नवीन सुनुवारको छायांकन र कलर एडिट रहेको छ । ‘शीतल छायामा’ बोल को गीति चलचित्र के एन क्रीएसन अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो । ...
मेरो उम्मेदबारी संविधानमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई : पवन कार्की

मेरो उम्मेदबारी संविधानमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई : पवन कार्की

शिक्षा, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आसन्न सम्मेलनलाई लिएर विद्यार्थी नेताहरूले उम्मेदवारी दाबी पेश गर्न थालेका छन् । यसैक्रममा पवन कार्कीले केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कार्की हाल केन्द्रीय उपाध्यक्ष छन् । क्रान्तिकारीको २३औं सम्मेलन यही असोज १०-१४ मा काठमाडौंमा तय गरिएको छ । उनले एक अपिल जारी गर्दै आफ्नो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको नभई, उत्तरहरूको आन्दोलन बनाउन भएको बताएका छन् । ‘मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको हैन, उत्तरहरूको आन्दोलन बनाउनका लागि हो । मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउनका लागि हो । मेरो उम्मेदवारी संविधानमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्दै समाजवादी शिक्षा वहाली गर्नक...
‘लिटिल स्टार नेपाल’ को पाँचौं संस्करण सम्पन्न

‘लिटिल स्टार नेपाल’ को पाँचौं संस्करण सम्पन्न

मनोरन्जन, समाचार
पाँचौं संस्करणको ‘लिटिल स्टार नेपाल,२०२४’ को अन्तिम स्पर्धा भाद्र ३१ गते सोमबारका दिन राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ र ‘गायन’ समूहका शिर्ष विजेता घोषित भए । नृत्यतर्फ ‘जुनियर गर्ल्स ए’, ‘जुनियर गर्ल्स बी’ र ‘सिनियर गर्ल्स’तर्फ क्रमशः मिराज दर्लामी मगर, शोखिन पाण्डे र शिलिन्यास घर्ती मगरले शिर्ष उपाधी हात पारे भने ‘गायन’तर्फ सिरिषा बिकले शिर्ष उपाधी हात पारिन। ‘जुनियर गर्ल्स ए’ तर्फ मिराज विजयी हुँदा सबिरा श्रेष्ठ फर्स्ट रनरअप, रिद्वी गिरी सेकेन्ड रनरअप/मस्ट पपुलर, आदित्री के.सी थर्ड रनरअप,  जिज्ञासा मर्हजन फोर्थ रनरअप, केन्जल बलामी र निर्भिक राज पन्त पब्लिक चोईस अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर गर्ल्स बी’ तर्फ शोखिन विजयी हुँदा ईशारा पौडेल फर्स्ट रनरअप, प्रज्ञा राई सेकेन्ड रनरअप, कृशिला बिक ...
इक्यान बृहत शैक्षिक मेला असोज १३ गते आयोजना हुने

इक्यान बृहत शैक्षिक मेला असोज १३ गते आयोजना हुने

शिक्षा, समाचार
नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएकाे छ। संघले परम्परालाई निरन्तरता दिंदै यस वर्ष १५ औं संस्करण भव्यताका साथ आयोजना गर्ने भएको हाे। यो शैक्षिक मेला कोभिड-१९ महामारी पछि ECAN ले आयोजना गरेको पहिलो शैक्षिक मेला हो। यस शैक्षिक मेला आयोजना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृति लिइएकाे आयोजकले जनाएकाे छ। नेपालको सवैभन्दा ठुलो शैक्षिक मेला आयोजकको रुपमा स्थापित भइसकेको इक्यान मेला काठमाडौँको एभरेष्ट होटलमा आगामी असोज १३ गते (Sep 29) मा आयोजना हुने भएकाे छ।शैक्षिक मेला, विहान १० बजे देखि वेलुका ५ बजे सम्म आयोजना हुने इक्यानले पत्रकारसम्मेलन गरेर जानकारी दिएकाे हाे। यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना ...