जावलाखेलमा दशै महोत्सव हुँदै
काठमाडौं । दशैको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो ।
नेपालमै उत्पादित घरेलु तथा औधोगिक सामाग्री, लताकपडा, जुत्ता तथा घरेलु सामाग्रीहरु लगायतको प्रदर्शनी, बजार प्रवद्र्धन तथा व्यवस्थापन गर्ने र एउटै स्थानबाट सबै कुराहरु उपलब्ध गराउने, महिला व्यवसायी तथा उद्धमीलाई प्रोत्साहन दिने, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ यही २०८१ असोज ११ गते देखि सुरु हुने महोत्सव असोजको २२ गतेसम्म चल्ने र महोत्सवमा दैनिक जीवनका उपयोगी हुने घरेलु सामानहरुको प्रदर्शनी तथा विक्री वितरण, औधोगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण, सुचना तथा विज्ञान प्रविधीको प्रदर्शनी, ग्रामीण प्रविधी स...









