बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

मंसिर ९ गते मंगलबारको राशिफल

मंसिर ९ गते मंगलबारको राशिफल

राशिफल, समाचार
मेष – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला । बृष – भागदौडमा वृद्धि हुनेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । विवाद आदिदेखि सचेत भइ अरुको भर नपरेर आफ्नै बल विवेकले काम गर्नु हितकर रहला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । सुख र भाग्यवर्द्धक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साह बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मिथुन – भागदौड व्...
लागूऔषध अभियोगमा गिरफ्तार भारतीय कलाकार भारती सिंह र उनका श्रीमानलाई जमानतमा छाडियो

लागूऔषध अभियोगमा गिरफ्तार भारतीय कलाकार भारती सिंह र उनका श्रीमानलाई जमानतमा छाडियो

मनोरन्जन, समाचार
एजेन्सी, लागूऔषध अभियोगमा गिरफ्तार भएकी चर्चित भारतीय हास्यव्यंग्य कलाकार भारती सिंह र उनका श्रीमानलाई जमानतमा छाडिएको छ। सोमबार मुम्बईको अदालतले भारती सिंह र हर्ष लिम्बाचियालाई जमानतमा छाडेको भारतीय संचारमाध्यमले जनाएका छन्। लागूपदार्थविरुद्धको सरकारी संस्था एनसीबीले हालै भारतीको घरबाट अवैध गाँजा बरामद गरेको थियो। एनसीबीका अधिकारीहरुका अनुसार भारती र उनका श्रीमानले गाँजा सेवन गर्ने स्वीकार गरेका छन्। यी दुवैलाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राखिने बताइएको थियो। यद्यपी दुवैले जमानत पाएका हुन्। सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउड उद्योगमा लागूपदार्थ सेवनको रहस्य खुल्दै गइरहेको छ। एजेन्सी ...
दर्जनौ महत्वपूर्ण योजना-परियोजनाको अलपत्र अवस्थाले जताततै निराशा:डा.डिआर उपाध्याय

दर्जनौ महत्वपूर्ण योजना-परियोजनाको अलपत्र अवस्थाले जताततै निराशा:डा.डिआर उपाध्याय

आर्थिक, समाचार
देशमा विकास निर्माणको गतिबारे जसले जति ठूला दाबी गरेपनि जनतामा आश्वासनको पोको बाँडे पनि देशभरिका दर्जनौ महत्वपूर्ण योजना-परियोजनाको अलपत्र अवस्थाले जताततै निराशा व्याप्त छ । त्यस्ता योजना-परियोजनाका ठेकेदार कम्पनीहरूलाई दण्डित गर्नेतर्फ सम्बन्धित निकायको उदासिनताले झनै आक्रोश थपेको छ । हेटौडा-कुलेखानी-काठमाडौं सुरूङमार्ग जस्तो राष्ट्रिय महत्वको परियोजना निर्माणको अनुमति पाएको नेपाल पूर्वाधार विकाश कम्पनीले गरेको गैर जिम्मेबारीपना बारे सार्वजनिक भएको सञ्चार माध्यमको रिपोर्टले विकासप्रेमीहरूलाई आहात बनाएको छ । नेपाल पूर्वाधार विकास कम्पनीले उक्त परियोजनाका नाममा शेयर खोलेपछि मकवानपुरका सर्वसाधारण, कर्मचारी तथा संघ संस्थाले शेयर खरिद गरे । विदेशमा पसिना बगाएर, स्वदेशमा गाई भैंसी बेचेर तथा ऋणसमेत लिएर शेयर हालेको ३६ करोड रूपैयाँ मध्ये बैङ्कमा जम्मा तीन करोड बाँकी छ, जबकी परियोजनाको निर्म...
मनकामना केवलकार २३औं वर्षमा प्रवेश

मनकामना केवलकार २३औं वर्षमा प्रवेश

समाचार, समाज
नेपालको पहिलो केबुलकार मनकामना केवलकार २३औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेश गरेको सुखद् अवसरमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै सात महिनादेखि बन्द रहेको केवलकार छिट्टै नै सुरक्षाका सबै मापदण्डसहित केवलकार खोल्ने तयारी भईरहेको कम्पनीले जनाएको छ । २२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केवलकारको यात्रा गरिसकेका छन् । केबुलकारले स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योर अनुसार निर्देशिका पालना कार्यान्वयनमा ल्याउने गरि स्थानीय तह र उद्योगी व्यवसायीसँग समन्वय गरिरहेको जनाएको छ । पहिला स्थानीयको सुरक्षाका लागि समेत हामीले केवलकार नखोलिएको तर अहिले स्थानीय उद्योगी व्यवसायी पनि केवलकार खोल्ने खबरले उत्साहित भएकोले स्थानीय तहको स्वीकृतिमा केवलकार छिट्टै नै खुला गरिने कम्पनीले जनाएको छ । कोभिडपछिका दिनहरुमा केवलकारको टिकट अनलाइनमार्फत खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ ।...
चिनीको नयाँ मूल्य निर्धारण,मूल्य बढाएर साढे ७७ रुपैयाँ

चिनीको नयाँ मूल्य निर्धारण,मूल्य बढाएर साढे ७७ रुपैयाँ

आर्थिक, समाचार
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । मंसिर ३ गतेसम्म ७० रुपैयाँमा चिनी बिक्री गर्दै आएको कर्पोरेसनले चिनीको उपभोक्ता मूल्य बढाएर साढे ७७ रुपैयाँ पुर्याएको हो । कर्पोरेशनले बिक्री गर्ने चिनीको  डिलर मूल्य भने ७७.२० रुपैयाँ रहेको छ ।  कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरेको हो । उक्त चिनी प्रतिकेजी ७७ रुपैयाँ २० पैसा तोकेको हो । उक्त मूल्य डिलरका लागि हो । विरगञ्जमा भने डिलरमा प्रतिकेजी चिनी ७४.५० रुपैयाँ पर्ने कर्पोरेशनले जानकारी दिएको छ । आम उपभोक्ताले चिनी खरिद गर्नको लागि १५५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । कर्पोरेशनले बिक्री गर्ने चिनीको प्याकेटमा २ केजीको हुने गरेको छ ।  आम उपभोक्ता मूल्य भने ७७.५० रुपैयाँ रहेको कर्पोरेशनका केन्द्रिय विभागीय व्यवस्थापक ब्रजेशकुमार झाले बताए । ‘कर्पो...
काठमाडौँ-चक्रपथको दोस्रो खण्ड कलङ्की–धोबीखोला  विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत

काठमाडौँ-चक्रपथको दोस्रो खण्ड कलङ्की–धोबीखोला विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत

समाचार, समाज
काठमाडौँ-चक्रपथको दोस्रो खण्ड कलङ्की–धोबीखोला (गोपीकृष्ण हल नजिकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण शुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ । सो सडकखण्डमा रहेका १९ घर हटाउने काम सबैभन्दा कठिन रहेको छ। तीमध्ये अहिलेसम्म आठ घरका घरधनी सम्पर्कमा आएको काठमाडौँ चक्रपथ सडक योजनाका प्रमुख अर्जुन सुवालले बताए। उनका अनुसार ती घरको मुआब्जा निर्धारणका लागि बनेको उपसमिति दशैँ पहिले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा रहेको मुआब्जा निर्धारण समितिसँग बैठकमा बसेको थियो । तिहार पहिले प्रजिअ दाहाललाई कोभिड सङ्क्रमण देखिएकाले केही समयसम्म बैठक बस्न नसकिएको उनले बताए। उनले भने, “छिट्टै बैठकमार्फत मुआब्जाको विषय टुङ्ग्याएर अघि बढ्नेछौँ ।” अहिले वड...
प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा एकजनाको मृत्यु

प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा एकजनाको मृत्यु

समाचार, समाज
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एक महिला घाइते भएकी छन् । पोखरा महानगरपालिका १८ क्याम्प चोकस्थित फिष्टेल कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा सोमबारदिउँसो दुर्घटना हुँदा प्याराग्लाइडिङका पाईलट पोखरा महानगरपालिका २८ कालिका घर भई हाल लेकसाईड बस्ने ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएकी प्याराग्लाइडिङमा सवार काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठको सोही अस्पतालमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ...
धितोपत्र बजारमा हरेक दिन नयाँ रेकर्ड, १२ अर्बको हाराहारीमा कारोवार

धितोपत्र बजारमा हरेक दिन नयाँ रेकर्ड, १२ अर्बको हाराहारीमा कारोवार

आर्थिक, समाचार
धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र आजको कारोवार रकम कूल १२ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार पछिल्ला दिनमा बन्द अवस्थामा रहेका होटल उपसमूहको शेयरमा लगातार वृद्धि भइरहेको छ । कम परिमाणका शेयर भएका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका कारण नेप्सेमा उच्च अङ्कको वृद्धि भएको छ । यस्तै, कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ मा खरिद बिक्री भए । कारोवार रकममा आज भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो । यस्तै, आज कूल १९९ कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर रु चार अर्ब ७६ करोड २७ लाख चार हजार ६११ मूल्यमा कारोवार भयो । स्टकका अनुसार नेप्से आज २.३८ बिन्दुले घटेर एक हजार ७८०...
अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा

अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा

अन्तराष्ट्रिय, समाचार
संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका यो सहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ । अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकअर्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाई हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो खुला आकाश सम्झौता गरिएको थियो । तर राष्ट्रपति ट्रम्पले गत मे महिनामा रुसले सम्झौताका शर्तहरु उल्लंघन गरिरहेको आरोप लगाउँदै यस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए । अमेरिकी विदेश मन्त्रालयले आइतबार प्रकाशन गरेको वक्तव्यमा यो सन्धिबाट अमेरिका सन् २०२० नोभेम्बर २२ देखि बाहिरिने र अमेरिका अबदेखि खुला आकाश सन्धिको पक्ष राष्ट्र नरहेको उल्लेख गरिएको छ । यस सन्धिमा सन् १९९२ मा हस्ताक्षर भएको थियो र सन् ...
नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलको आयोजनामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम

नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलको आयोजनामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम

आर्थिक, समाचार
नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलले आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम कार्यक्रम आज देखि शुरु भएको छ । ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’ परियोजना अन्तर्गत पर्यटन, निर्माण र कृषि क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । परियोजना मार्फत व्यवससायिक वर्गिकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । यो कार्यक्रम, पर्यटन क्षेत्र, निर्माण क्षेत्र र कृषि क्षेत्रमा कार्यान्वयन हुने पनि अध्यक्ष राणाले बताए । यो परियोजनाले श्रम बजारको माग र आपूर्तिको व्यवस्थापनमा सघाउ पु¥याउने विश्वास गरिएको छ । यस्तै श्रम बजार सम्बन्धी तथ्याङ्कको विकास गर्ने कार्यमा समेत यो परियोजना कोशेढुंगा हुने उनले बताए । त्यसबाहेक देशमा बेराजगारी दर घटाउन समेत सघाउ पुग्ने विश्वास अध्यक्ष राणाको छ । परियोजनाले मुलुकको औद्योगिक विक...