बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल, १२७ अर्ब ९० करोड डलर सम्पती

एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल, १२७ अर्ब ९० करोड डलर सम्पती

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । टेस्लाका को फाउन्डर एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । मस्क बिल गेट्सलाई पछि पार्दैं विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका हुन् ।  ब्लुमवर्गका अनुसार टेस्लाको शेयर मूल्यमा वृद्धि आएसँगै ४९ वर्षका इलन मस्कको सम्पती १२७ अर्ब ९० करोड डलर पुगेको छ । यो वर्ष मात्रै मस्कको १ खर्ब डलर  भन्दा बढी सम्पती थपिएको छ ।    टेस्लाको मार्केट भ्याले ५०० अर्ब डलर नजिक पुगेको छ । गत हप्तामात्रै मास्कले फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई उछिनेका थिए । गत जनवरीमा मस्क अर्बपतिको सूचीमा ३५ नम्बरमा थिए ।  ...
बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे, मेस्सीले नखेल्ने

बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे, मेस्सीले नखेल्ने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभसँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे किभको घरेलु मैदानमा शुरु हुनेछ । किभको मैदानमा बार्सिलोना अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । समूह जी मा रहेको बार्सिलोना ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । किभविरुद्ध बार्सिलोनाका नियमित कप्तान लियोनल मेस्सीले खेल्ने छैनन् । किभ भने १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।एजेन्स ...
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३६१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ७९१ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ८१ हजार २९९ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६२७ रहेको छ । ...
बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या प्रकरण,अश्रुग्यास तथा केही राउन्ड हवाई फायर

बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या प्रकरण,अश्रुग्यास तथा केही राउन्ड हवाई फायर

समाचार, समाज
 महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या प्रकरणमा भएको प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश बिष्ट घाइते भएका छन् । डीएसपी बिष्टको टाउँको र हातमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । साथै यसअघि प्रहरीले चलाएको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेलाई काठमाडौं ल्याइँदे छ । साथै लाठी चार्जका क्रममा श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भईरहेको छ । बिहानैदेखि बन्द भएको पूर्व-पश्चिम रामार्ग अन्तर्गत बर्दिबास-ढल्केबर सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयहरु आक्रोशित बनेका छन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन १ दर्जनभन्दा बढी अश्रुग्यास तथा केही राउन्ड हवाई फायर समेत गरेको थियो । सोमवार राति बालिकाको शव बोराम...
डब्लुडब्लुईका स्टार रेस्लर अन्डरटेकर (मार्क कालावे)ले  लिए सन्यास

डब्लुडब्लुईका स्टार रेस्लर अन्डरटेकर (मार्क कालावे)ले लिए सन्यास

मनोरन्जन, समाचार
डब्लुडब्लुईका स्टार रेस्लर अन्डरटेकर (मार्क कालावे)ले सन्यास लिएका छन् । करीब ३ दशक डब्लुडब्लुईको रिङमा बिताएका अन्डरटेकरले आइतबारको अन्तिम खेलसँगै सन्यासको घोषणा गरेका हुन् । डब्लुडब्लुईको अन्तिम खेलमा उनले सर्भाइभल सिरिज खेलेका छन् । डब्लुडब्लुईका अध्यक्ष भाइन्स म्याकमहानले अन्डरटेकरले सन्यास लिएको घोषणा गरेका हुन् । अन्डरटेकरले सन्यास लिएको घोषणा गर्दैगर्दा म्याकमहान केही भावुक समेत भएका थिए । सन्यासको घोषणा गर्दै म्याकमहानले भने, ‘आज एउटा युगको अन्त्य भएको छ । यो इतिहास अब दोहोरिने छैन । अन्डरटेकरको इतिहास कसैले खोस्न सक्दैन ।’ अन्डरटेकरको बिदाइका लागि रिङ पनि सजाइएको थियो । अन्डरटेकर रिङमा गएर ‘रेस्लिङ करियरमा आफ्नो समय सकियो’मात्रै भनेका थिए । उनले २०१३ मा निधन भएका अर्का रेस्लर पाउन वियरको आत्म शान्तिको कामना पनि गरेका थिए । अन्डरटेकरले सन्यास लिएसँगै धेरै रेस्लरहरूल...
जनता निराश हुनु भनेको ब्यवस्था प्रति प्रश्न उठनु हो:डा.डिआर उपाध्याय

जनता निराश हुनु भनेको ब्यवस्था प्रति प्रश्न उठनु हो:डा.डिआर उपाध्याय

राजनीति, समाचार
सरकार किन संसद् छलिराखेको छ ? सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविश्य अव के हुन्छ ? यो प्रश्न धेरैले गर्न थालेका छन्। राजनीतिक दलमा विवाद मतभेद र झगडा हुन्छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । तर यति बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नीति , बिचार , शिद्धान्त बिनाको विवाद मतभेद र झगडा भएको छ । नेकपामा कुनै सैद्धान्तिक विषयमा विवाद भएको देखिँदैन। यो झगडा भनेको सत्ता स्वार्थको झगडा हो । देश र जनताको पक्षमा नेकपा गम्भिर हुन सकेन । यो नै समस्या हो । आम नेपाली जनता नेकपा भित्रको आन्तरिक झगडा देखेर निराश छन । जनता निराश हुनु भनेको ब्यवस्था प्रति प्रश्न उठनु हो । यो कुरा नेकपाले बुझन जरुरी छ । यतिबेला कोरोना कहरबाट जनता आहत छन् तर सत्ताधारी दलका नेता आपसमा विवाद गरेर बस्नु भनेको राम्रो कुरा पटक्कै होइन । अव सोच्नु पर्ने बेला भएको छ । देशमा यत्रो संकट आउँदा नेकप...
धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान

धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान

शिक्षा, समाचार
धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । सोमबार बसेको प्रबन्ध समितिको बैठकले यही मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । यो वर्ष स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए । पुरस्कारको राशि २५ हजार छ । आउँदो पुस १० गते भूपि जयन्तीका अवसरमा पुरस्कार समर्पण गरिने छ । कवि भूपि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका विवेचनात्मक कृतिले पुरस्कारको मूल्याङ्कन प्रक्रियामा प्राथमिकता पाउने अध्यक्ष रोशनले बताए। अनुसन्धानमूलक कृति ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार–चेतना’का लागि विसं २०७५ को ‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका तत्कालीन शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले प्राप्त ...
‘प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिने प्रश्नै आउँदैन,’ वरिष्ठ नेता माधवकुमार नेपाल

‘प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिने प्रश्नै आउँदैन,’ वरिष्ठ नेता माधवकुमार नेपाल

राजनीति, समाचार
सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा पलाएको अहंकार अहिलेको प्रमुख समस्या भएको बताएका छन्। नेकपा विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको ‘सामन्ती चिन्तन’ समस्याका रुपमा रहेको बताए। पार्टी बैठक बोलाउन, छलफल गर्नका लागि पटक पटक आग्रह गर्दा समेत आफू लगायत पूर्व प्रधानमन्त्री भइसकेका नेकपाका कुनै नेतालाई नटेरेको नेता नेपालको गुनासो छ।। भजनमण्डली र गुटका कार्यकर्ताले जस्तै ‘बा’ भनेको, प्रशंसा गरेको मात्रै सुन्न रुचाउँने ओलीको स्वभाव रहेको नेता नेपालको टिप्पणी छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा दर्ता गराएको राजनीतिक प्रतिवेदन कुनै हालतमा फिर्ता नहुने समेत नेता नेपालले स्पष्ट पारे। ‘प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिने प्रश्नै आउँदैन,’ वरिष्ठ नेता नेपालले भने, ‘अहिलेको समस्याको सम...
विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख

विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख

अन्तराष्ट्रिय, समाचार
विश्वभर कोरोना भाइरस संक्रमणबाटमृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । यो खबर तयार पार्दासम्म गएको २४ घण्टामा ७ हजार ६ सय भन्दा धेरैको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार २ सय नाघेको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ । त्यस्तै अहिलेसम्म ५ करोड ९४ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड १० लाख निको भएका छन् । अहिले विश्वभर १ करोड ६९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ३ हजारको अवस्था जटिल रहे पनि अरुको अवस्था सामान्य छ । विश्वमै सबैभन्दा धेरै अमेरिकामा १ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ७५ लाख २४ हजार निको भएका छन् भने २ लाख ६३ हजारको मृत्यु भएको छ । ...
ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

समाचार, समाज
चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो। ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। मृत्यु हुने दुबै जनाको सनाखत हुन नसकेको बताइएको छ । उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ। रासस ...