सुधीर बस्नेतलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ठगी आरोपित सुधीर बस्नेतलाई पक्राउ नगर्न आदेश दिएको छ । करोडौँ ठगी र बैंकिङ कसुरमा मुछिएका बस्नेतलाई सर्वोच्चको एकल इजलासबाट पक्राउ नगर्न परमादेश भएको हो ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको मंगलबारको एकल इजलासबाट आएको आदेश बिहीबार सार्वजनिक भएको छ । बस्नेतमाथि पहिल्यैदेखि मुद्दा चलिरहेको र विचाराधीन रहेको अवस्थाका कारण उनलाई यसै विषयमा पटक–पटक पक्राउ गर्न आवश्यक नरहेको सर्वोच्चको ठहर छ ।
आदेशमा बस्नेतले कर्जा लिँदा सुरक्षणबापत राखेको धितोको लिलाम बिक्री गरी निवेदकउपर ऋण असुली न्यायाधीकरणमा मुद्दा दर्ता भई विचाराधीनसमेत रहेको र यसै विषयमा २०६९ सालमा ठगी तथा बैंकिङ कसुर मुद्दाको अनुसन्धान भई निवेदकका विभिन्न कम्पनी, उद्योग, हाइड्रोपावरलगायतका सम्पत्तिहरू सम्पूर्ण सेयर, डिबेञ्चर रोक्का राखी कारबाहीसमेत भएको हुँदा फेरि सोही मुद्दामा पक्राउ गर्न नमिल्ने उल्लेख छ ।
उक्त ठग...









