बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा हुँदै

काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा हुँदै

समाचार, समाज
काठमाडौं, शुक्रबार, १२ मंसिर २०७७ । काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा सम्पन्न हुँदैछ । शनिवार हुने निर्वाचनको लागि शुक्रबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।काठमाडौं जेसीसको एक ब्यक्ति एक पद एक बर्षको नीतिलाई निरन्तरता दिदै २०२१ का लागि उम्मेदवारी घोषण तथा उम्मेदवार तालिम कार्यक्रम शुक्रबार नै सम्पन्न भएको छ । २०२१ का लागि अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ । साथै ईभिपी कार्यकारीणी उपाध्यक्षको ४ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, ४ भिपी पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । २०२१ काठमाडौं जेसीसको चुनाव भोलि शनिबार मंसिर १३ गते कुलेश्वर स्थित स्टार फुडल्यान्ड हुने २०२१ का लागि ईभिपीका उम्मेदवार रामेश्वर सिंखडाले जानकारी दिएका छन् । ...
काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३७९ महिला र ४४३ पुरुष गरि जम्मा ८२२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।   योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ रहेको छ । संक्रमित मध्ये दुई लाख ९ हजार ४३५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ । पछिल्लो २४ घण्टामा १२३६ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १४३५ पुगेको छ ।  त्यस्तै, काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ८६ हजार ३७१ पुगेको छ । जसमा ७८ हजार १६२ जना निको भएर घर फर्किसकेका छन् भने ७ हजार ८६७ जना उपचाररत छन् । अहिलेसम्म काठमाडौंमा ३४२ जनाको कोरोनाबाट ज्यान गइसकेका छ ।  त्यसैगरि, भक्तप...
हिउँदेयाम लागेसँगै मुलुकमा आगलागीका घटना बढ्न थाले

हिउँदेयाम लागेसँगै मुलुकमा आगलागीका घटना बढ्न थाले

समाचार, समाज
हिउँदेयाम लागेसँगै मुलुकमा आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नौ जिल्लामा आगलगीका घटना भएको छ । उक्त घट्नामा परी झण्डै  एक करोड बराबरको क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौमतले जानकारी दिए । प्राप्त जानकारीअनुसार पछिल्लो २४ घण्टामा सोलुखुम्बु, दाङ, तेह्रथुम, कञ्चनपुर, मुगु, ललितपुर, धनुषा, धनकुटार र महोत्तरीमा आगलागीका घटना भएको छ । त्यसमध्ये सोलुखुम्बुमा पढ्ने क्रममा आगलागी हुँदा एक बालिका घाइते नै भएकी छिन् । केही ठाउँमा ग्यास चुहिएर त केही स्थानमा विद्युत् चुहिएर आगलागी भएको छ भने कतिपय स्थामा चुलोबाट आगो सल्किएको छ । दाङमा भने ट्रकमा विद्युत्को तारले छोएर आगलागी भएको र झण्डै रु ७० लाखको क्षति भएको जनाइएको छ । तेह्रथुमको आठराइस्थित एक घरमा आगलागी हुँदा १५ लाखको क्षति भएको जना...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी बनाइँदै

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी बनाइँदै

समाचार, समाज
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थलको लगानी मोडालिटी सम्बन्धमा साता दिनभित्र छलफल गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज मन्त्रालयमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी सम्बन्धमा अर्थ मन्त्रालयमा एक हप्ताभित्र छलफलको आयोजना गर्ने र सोको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने जिम्मेवारी तोकेको छ। वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, लगानी बोर्ड र प्राधिकरणका सम्बद्ध पदाधिकारीसँग छलफल गरी एक वर्षको कार्यतालिकासहितको ठोस कार्ययोजना बनाई पेश गर्न पनि बैठकले...
नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनको तयारी पुरा

नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनको तयारी पुरा

आर्थिक, समाचार
 नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनको तयारी पुरा भएको छ। महासंघको ५४ औँ वार्षिक साधारणसभाबाट महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भएकाले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन्। बाँकी पदहरुमा निर्वाचन हुनेछ। निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कर्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए। महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने पनि पौडेलले जानकारी दिए। यस्तै कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ। निर्वाचन व...
शुक्रबार नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

शुक्रबार नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 शुक्रबार नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार २३६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४३५ पुगेको छ। यस्तै हालसम्म ६०१ जना क्वारेन्टिनमा रहेका छन् । ...

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

समाचार
लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भुमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनको अन्तर्राष्ट्रिय चुनौति’का विषयमा विचार विमर्शका लागि अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरेको छ । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान विश्वको त्रासदीका रूपमा रहेको एवं विश्वव्यापी सङ्कटका रूपमा रहेको कोभिड–१९ सङ्क्रमणले नेपाल जस्तो अविकसित तथा भूपरिवेष्टित राष्ट्रलाई सबैभन्दा बढी प्रभावित पारेको र यससँग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी रहेको बताएको दूतावासले जनाएको छ । स्वास्थ तथा कूटनीतिक क्षेत्रमा कार्यरत विभिन्न देशका विज्ञहरू सहभागी रहेको उक्त कार्यक्रममा जर्मनीको बर्लिनमा रहेको प्रयोगात्मक विज्ञानका लागि युरोप विश्वविद्यालयका रेक्टर प्रा मौटिट्स भ्...
केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई

केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई

समाचार
नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरलाई दिइएको छ । प्रहरी महानिरीक्षको सचिवालयले बिहीबारबाट प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई दिएको हो । यसअघि प्रवक्ता रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतको भने सचिवालयबाट प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह, नवलपरासी सरुवा भएको छ । नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका कुँवरलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । ...
नेपालमा भाषाको संख्या थप ८ वटा बढेको एक सरकारी अध्ययनले देखाएको छ

नेपालमा भाषाको संख्या थप ८ वटा बढेको एक सरकारी अध्ययनले देखाएको छ

समाचार, समाज
नेपालमा भाषाको संख्या बढेको एक सरकारी अध्ययनले देखाएको छ। भाषा आयोगले गरेको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लागेको हो। योसँगै नेपालमा बोलिने भाषाको संख्या १ सय ३१ पुगेको छ। जनगणना २०६८ को तथ्यांकअनुसार यसअघि नेपालमा भाषाको संख्या १ सय २३ मात्रै थियो। संघीयता कार्यान्वयसँगै मुलुकमा बोलिने भाषाहरूको संरक्षण, संवर्द्धन तथा संघ, प्रदेश र स्थानीय तहमा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा निर्धारणका लागि सिफारिस गर्न सरकारले आयोग गठन गरेको थियो। आयोगले गरेको अध्ययनले राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक-याक्खा, नावा शेर्पा भाषा नेपालमा बोलिने थप भाषा भएको देखाएको छ। आयोगले गरेको अध्ययनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएको छ। यो आयोगको चौथो वार्षीक प्रतिवेदन हो। ‘नेपालमा बोलिने केही थप भाषाहरूको सम्बन्धमा जानकारी प्राप्त भएको छ,’ भाषा आयोगको प्रतिवेद...
ट्राफिकमा अनियमितता : दुई एसपीमाथि कारबाही सिफारिस

ट्राफिकमा अनियमितता : दुई एसपीमाथि कारबाही सिफारिस

समाचार
ट्राफिक कार्यालयमा अनियमितता गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले दुई प्रहरी उपरीक्षक (एसपी) माथि कारबाही अघि बढाएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वर यादवमाथि छानबिन सकाएर कारबाही अघि बढाइएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा उनीहरूले अनियमितता गरेका छन् । आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि कारबाही गर्न लागिएको उच्च प्रहरी स्रोत बताउँछ । एसपी यादव चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा थिए । उनीअघि एसपी बस्नेत त्यहाँ कार्यालय प्रमुख थिए । प्रदेशका सबैजसो ट्राफिक कार्यालयबाट उनीहरूले पैसा उठाउने गरेको प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गतको उजुरी छानबिन शाखाले पुष्टि गरेको हो । स्रोतका अनुसार मासिक रूपमा उनीहरूलाई पैसा बुझाउने प्रहरीहरूले नै त्यसको पुष्टि गरिदिएका छन् । दुवै एसपीसँग बयान लिएर उजुरी छानबिन शाखाले क...