देशमा गुट,उपगुटको राजनीति
डा.डिआर उपाध्याय
नेकपाभित्रको आन्तरिक बिवाद चुलिदै गएको छ । यदि नेकपामा फुट भयो भने मुलुक गम्भिर संकटमा फस्ने छ । गणतन्त्र, धर्मनिरपेक्षता धरापमा पर्ने छ । २०६२ , ०६३ सालका उपलब्धिहरू समाप्त हुने र देश प्रतिगमनतिर जाने खतरा हुनेछ । यो नै चिन्ताको विषय हो । नेकपाभित्रको अन्तरकलह छिटो समाधान हुनु पर्छ । युग बदलिएको छ, तर जनताको अवस्था बदल्लिएको छैन । मुलुकमा समाजवाद ल्याउनु पर्छ भन्र्ने नेताहरुको कमी छैन । तर यो बिषमा कुनै सुरसार नै छैन । समाजवाद त्यति सजिलरी आउँदैन । समाजवादको बाटो त्यति सजिलो छैन । युगले त्यसको नेतृत्व गर्ने नयाँ नेतृत्व खोजेको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको छ । संविधानमै समाजवाद लेखिएको छ । अब नेताहरूले राजनीतिक क्रान्तिका भाषण गरेर मात्र देश चल्दैन । अव राजनीतिक र तिनका नेताहरुमा आर्थिक क्रान्ति गर्ने दृष्टिकोण चाहिन्छ । भ्रष्टचार शून्य, गरिबी न्यूनीकरण, शिक्षा, स...









