बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना  संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ। मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै सक्रमणका कारण निधन हुनेको संख्या १ हजार ६६घ पुगेको मन्त्रालयले जनाएको छ। ...

कोभिड–१९ का कारण चैतदेखि बन्द भएको नेपाल भारत उडान खुल्ने

समाचार, समाज
 कोभिड–१९ का कारण चैतदेखि बन्द भएको नेपाल भारत उडान खुल्ने भएको छ । एयर बबल उडानका लागि नेपालले पठाएको पत्रको आधारमा भारतले काठमाडौं–दिल्ली र दिल्ली–काठमाडौं उडान गर्ने गरी सहमति दिएको भारतीय राजदूतवासले जानकारी दिएको छ । केही समय अगाडि नेपालले भारतको दिल्ली उडान गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा नेपालले भारतसँग नियमित उडान खुला विषयमा पत्र पठाएको थियो । भारतको एयर इन्डिया र नेपालको नेपाल एयरलाइन्सले उडान गर्ने पाउने गरी सहमति दिएको हो। नेपालसँग भारतले दसैंअगाडि नै एयर बबल उडान गर्ने प्रस्ताव पठाएको थियो। तर, उक्त समयमा नेपालले सहमति दिएको थिएन । एयर बबल उडानमा भारतीय र नेपाली नागरिक मात्रै हुनु पर्नेछ। ...
सरकारको फजुल खर्च नियन्त्रण गर्ने प्रयास

सरकारको फजुल खर्च नियन्त्रण गर्ने प्रयास

राजनीति, समाचार
डा.डिआर उपाध्याय सरकारी पैसा सहि रुपमा सदुपयोग गरेर देशको बिकाश गर्ने कुरामा सरकारको ध्यान जान पर्ने आबश्यकता देखिएको छ । फजुल खर्च रोक्ने जुन किसिमको सरकारको योजना छ , त्यो कार्यान्वयन पक्ष महत्वपूर्ण हो । अहिले हाम्रो शासन प्रणाली संघीय संरचनामा गएको छ । जसले गर्दा देशको खर्च पनि बढिरहेको छ । सरकारी खर्चको दायरा बढ्दै गएको छ । कोरोना महामारीका कारण अर्थतन्त्र पनि धराशयी हुने चिन्ता बढिरहेको छ । सरकारले फजुल खर्च नियन्त्रण गर्ने प्रयास गरेको छ । कार्यविधि नै बनाएर सार्वजनिक कार्यालय र सरकारी अधिकारीको खर्चमा अंकुश लगाउने कुरा छ । यो प्रयास राम्रो छ । प्रभावकारी कार्यान्वयन हुन भने जरुरी छ । यति बेला देशको अर्थतन्त्र कमजोर छ । कमजोर अर्थतन्त्र उकास्नको लागि पनि यो उपाय भरपर्दो हुनसक्छ । बिगत देखि नै सरकारी कार्यालयहरूमा अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति मौलाइरहेको थियो । फजुल खर...
अमेरिकामा फेसबुकविरूद्ध मुद्दा दर्ता

अमेरिकामा फेसबुकविरूद्ध मुद्दा दर्ता

अन्तराष्ट्रिय, समाचार
बीबीसी। अमेरिकाका सङ्घीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले फेसबुकले गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको भन्दै उक्त कम्पनीविरूद्ध मुद्दा दर्ता गरेका छन्। त्यो उक्त सामाजिक सञ्जाल कम्पनीविरूद्ध अमेरिकी सरकारले लिएको अहिलेसम्मकै सबैभन्दा उल्लेख्य कानुनी कदममध्ये हो। अधिकारीहरूले अदालतलाई उक्त कम्पनीलाई टुक्र्याउने बिषयमा सोच्न भनेका छन्। अर्बौँमा प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत फेसबुककै लगानी छ। ४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले उक्त कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन्। अधिकारीहरूले फेसबुकले खासगरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई ‘किन्ने वा सिध्या...
स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह बी अन्तर्गतको खेलमा बुधबार राति बोरुसिया मोनचेङ्ग्लाडवाचलाई २–० ले पराजित गरेको रियल मड्रिड समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई गोल गरेका हुन् । उनले ९ र ३१ औँ मिनेटमा गोल गरेर जित दिलाएका हुन् । ...
अमेरिकाका  राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप

अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप

अन्तराष्ट्रिय, समाचार
 अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । उनीमाथि कर छलीको आरोप लागेको छ । उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ । हन्टर बाइडेनले आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको बताउँदै आफूले करको विषयलाई कानूनी र सही ढङ्गले ह्यान्डल गरिरहेको कुरा अनुसन्धानले स्पष्ट गर्ने कुरामा आफू ढुक्क भएको बताएका छन् । ...
आठ नक्कली परीक्षार्थी(अर्काको नाममा परीक्षा दिने) पक्राउ

आठ नक्कली परीक्षार्थी(अर्काको नाममा परीक्षा दिने) पक्राउ

अपराध, समाचार
 जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए। त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरी ...
गत चैत ७ गतेदेखि बन्द भएको  सदर चिडियाखा बिहीबार (आज)देखि खुल्ने

गत चैत ७ गतेदेखि बन्द भएको सदर चिडियाखा बिहीबार (आज)देखि खुल्ने

समाचार, समाज
विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा बिहीबारदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ । चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउँदै चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको र अनलाइनमार्फत पनि लिन सकिने जानकारी दिए । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । भिडभाड व्यवस्थापन गर्न एक पटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकर्ताको सङ्ख्या धेरै भएमा जति व्यक्त...
रक गायक बिनोद ढकालको ‘भूत’सार्वजनिक(भिडियो)

रक गायक बिनोद ढकालको ‘भूत’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपाली सांगीतिक क्षेत्रमा मेटल शैलीका गीत मार्फत चर्चा कमाएका रक गायक बिनोद ढकालको यूट्युबमार्फत एउटा नयाँ मेटल शैलीको गीत ‘भूत’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । https://youtu.be/5nrffiOb584 उक्त गीत शास्त्र नेपालले तयार पारेको हो । गायक बिनोद ढकालकै शब्द, संगीत रहेको गीतको भिडियो बिनोद ढकालको अफिसियल यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।उक्त गीतको भिडियोमा निर्जन थापा, अञ्जु चौलागाईं, शेखर सुवेदी, नम्रता अर्याल तथा सुमी क्षेत्रीले अभिनय गरेका छन् ।भिडियोमा मधुकर बलामी तथा सत्यम राणाको भिएफएक्स छ भने राजेन्द्र मोक्तान यसका कलरिष्ट हुन् ।भिडियोलाई लक्ष्मण सुनारले निर्देशन तथा सम्पादन गरेका छन् ।आरोन अशोककुमार यो भिडियोका छायांकार हुन् । ...
फेरि राजनीतिक सङ्कट थपिदै

फेरि राजनीतिक सङ्कट थपिदै

राजनीति, समाचार
डा.डिआर उपाध्याय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु मिलेर जानुहोस् । तपाईहरु नमिले सम्म देश बिकाश र समृद्धिको यात्रा पुरा हुने छैन । तपाईहरुलाई एकअर्का विरुद्घ कसले लडाइरहेको छ । अहिले मुलुकमा राजनीतिक स्थिरता छ । यो बेलामा सुशासन, शान्ति, अमनचैन, उत्पादन अभिवृद्घि, तीव्र विकास र समृद्घि हासिल गर्न कसले छेकेको छ ? समाजवादका आधार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी सत्तारुढ नेकपाले पाएको छ । सत्तारुढ नेकपाले यो ऐतिहासिक जिम्मेवारी पुरा गर्ने कि नगर्ने यो गम्भिर प्रश्न हो । यो ऐतिहासिक कार्यभारलाई भुसुक्कै भुलेर नेताहरु आन्तरिक बिवादमा फस्नु राम्रो संकेत होइन । यो तीतो सत्य पहिलेदेखि नै सबैका सामु तेर्सिएको छ ।नेताहरूलाई धन चाहिएको छ । नेताहरु सिद्घान्त, विचार, नीति, विधि, पद्घतिभन्दा आफ्नो ब्यक्तिगत स्वार्थमा छन । दे...