बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

आखिर के को लागि राजनीति ?

आखिर के को लागि राजनीति ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय आज म अलि गम्भिर छु । हातमा कलम र कापी लिएर घोत्लिरहेको छु ,के लेखौँ के नलेखौँ, केही कुरा नलेख्न पनि मनले दिदैन, लेखौँ–लेखौँ लाग्छ । अहिलेको तात्तातो विषय भनेको राजनीति विषय नै हो । अरु सबै कुरा ओझेलमा परे । नेकपा भित्रको विवाद र त्यसले निम्ताएको राजनीतिक संकट नै अहिले सबैको चिन्ता, चासो र जिज्ञाशाको विषय बनेको छ । एउटा प्रश्न उठ्ने गर्छ ।आखिर के को लागि राजनीति गर्ने पद,पैसा र शक्तिको दुरुपयोग गर्न राजनीति गरिएको हो रु अहिले त्यस्तै दृश्य देखिएको छ । राजनीति भनेको त समाजसेवा हो । राजनीतिको नाममा अरबौँपति बनेका नेता प्रशस्त छन् । हिजोका दिन सम्म राम्रो सँग चप्पल लगाउन नसक्ने अधिकांश नेताहरु अहिले आलिसान महल,गाडी बैंक व्यालेन्स सबथोक छ । लगानी बिनाको व्यापार भएको छ नेपाली राजनीति ,पछिल्लो पुस्ता राजनीतिबाट पलायन हुँदैछन् । राजनीतिले वितृष्णा जन्मायो । २०४६ सालको परिवर...
स्वास्थ्यकर्मी रजनी थापा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित

स्वास्थ्यकर्मी रजनी थापा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित

समाचार, समाज
 नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को  राष्ट्रिय  उपाध्यक्ष पदका लागि  लागि मनोहरा जेसिजकि रजनी थापा बिजयी भएकी छिन ।वुधवार देखि रूपन्देहीको भलवारी जेसिजको  आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट १२ सय  ३६ मत सहित बिजयी भएकी हुन्।  महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि भलबारीमा  भेला भएका थिए । बुधबार देखि भलबारीमा  सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ४८ जनाको उम्मेदवारी दिएका थिए। अध्यक्ष पदमा जेसिजका अरुणेश्वर खनाल विजयी भएका छन उनि राष्ट्रिय महाधिवेशनबाट एक हजार ९० मतसहित खनाल विजयी भएका हुन्। खनालले एक हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए । सात अध्यक्ष मध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा थिए ।...
म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश

म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश

अन्तराष्ट्रिय, खेलकुद, समाचार
म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनल साबिक विजेता म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको हो । सिटीको जितमा तेस्रो मिनेटमा गाब्रियल जिसस, ५४ औँ मिनेटमा रियाद महरेज, ५९ औँ मिनेटमा फिल फोडिन तथा ७३ औँ मिनेटमा एमेरिक लापोर्तेले गोल गरे । आर्सनलका लागि ३१ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटीले एक गोल गरेका हुन् । ...
प्रतिनिधिसभा विघटनको बिरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनको बिरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदै

समाचार, समाज
काठमाडौं । प्रतिनिधिसभा विघटनको बिरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको संसद बिघटनको बिरोधमा सर्वोच्चमा १२ रिट परेका थिए । एउटा संवैधानिक इजलासमा पठाइएको छ भने ११ वटा रिटको पेशी आजलाई तोकिएको छ । संवैधानिक इजलासको पेशी भने शुक्रबारका लागि तोकिएको छ । प्रतिनिधिसभा विघटनलाई मान्यता दिन नहुने दावीसहितको रिट परेको छ भने संवैधानिक परिषदको निर्णय भनेर संसद सचिवालयमा पठाइएको संवैधानिक नियुक्तिबिरुद्ध पनि रिट परेका छन् । प्रधानमन्त्री, राष्ट्रपति लगायतलाई विपक्षी बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायतले] रिट दर्ता गरेका थिए । ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  आज संसदीय दलको बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज संसदीय दलको बैठक

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज संसदीय दलको बैठक बोलाएको छ । हिजो केन्द्रिय कमिटीको बैठकमार्फत नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको हो । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने तयारी रहेको जनाइएको छ । यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो । ...
हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न

हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न

समाचार, समाज
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १२ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । “हाल बनिरहेका सम्पदाको काम नसकी काम गर्नु नहुने भएकाले २० सम्पदाको काम अझै शुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुनःनिर्माण नसकी कामदेव मन्दिरको काम गर्न सकिँदैन”, उनले भने । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । दरबारको ६० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले...
बुधबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल आउन प्रतिबन्ध

बुधबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल आउन प्रतिबन्ध

समाचार, समाज
यूरोपेली मुलुक बेलायतबाट नेपाल आउन प्रतिबन्ध लागेको छ । नेपाल सरकारले बुधबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको हो । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नल्याउन एअरलाइन्सहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार सुचना जारी गर्दै बेलायतबाट वा बेलायत ट्रान्जिट भएर आउने कुनै पनि यात्रु नबोक्न निर्देशन दिएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झण्डै ५० वटा देशले बेलायतसँगको उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् । ...
उपत्यकामा सुरक्षा सतर्कता बढाइयो

उपत्यकामा सुरक्षा सतर्कता बढाइयो

समाचार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको राजनीति पार्टी फुटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ। काठमाडौंको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ। बर्दी सहितको प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ। नेकपा भित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादीको विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। विभिन्न राजनैतिक दलले गर्ने विरोध प्रदर्शनमा विप्लव समूहको घुसपैठ समेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ। काठमाडौंको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्ध...
अन्ततः नेकपा जोगिन सकेन

अन्ततः नेकपा जोगिन सकेन

राजनीति, समाचार
डा.डिआर उपाध्याय अन्ततः नेकपा फुट्ने नै भयो । कसैले चाहेर पनि यो पार्टी जोगाउन सकिने अवस्था देखिएन । अहिले दुबै पक्षतिर आफ्ना आफ्ना समूहका बैठकहरु डाकी रहेका छन् । यसले के जनाउँछ भने अब नेकपा सग्लो रहेन । प्रधानमन्त्री केपी शर्मा ओली समूहले केन्द्रिय कमिटिको बैठक बोलाएर प्रचण्ड समूहका नेताहरुलाई कारवाही गर्ने भनेको छ भने उता अर्का पक्ष प्रचण्ड समूहले पनि केपी समूहलाई कारवाही गर्ने बताएका छन् । अहिले दुबै पक्षका नेता तथा कार्यकर्तामा तानातानको अवस्था सृजना भएको छ । एक पक्षले आफू पक्षमा पार्न खोज्ने र अर्को पक्षले पनि आफू पक्षमा पार्न खोज्ने प्रतिष्पर्धा चलेको दृश्य देखिन्छ । नेकपा विभाजन बाट आम जनता खुसी छैनन्,निरास र हत्तोसाहित भएका छन् ।जनताले सुरुवाती दिनमा निकै भरोसा र आशा गरेका थिए नेकपा बाट तर जनताले सोचे जस्तो नहुँदो रहेछ । यतिबेला आम जनतालाई जून ,जोगी आए पनि कानै चिरेका, जस्तो उ...
चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित

चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो । उसका लागि थिएगो सिल्भाले एक तथा ट्यामी अब्राहमले दुई गोल गरे । जितसँगै २५ अंक जोडेको चेल्सी पाँचौ स्थानमा पुगेको छ ।