चन्दा पुन “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष पदमा चयन
समाज सेवामा निरन्तर समर्पित वरिष्ठ सौन्दर्यविद चन्दा पुनलाई “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष पदमा सर्वसम्मत रूपमा नियुक्त गरिएको छ। सन् २०२५–२०२६ को कार्यकालका लागि उनलाई यो गरिमामय जिम्मेवारी दिइएको हो।
चन्दा पुनको समाजसेवामा लामो अनुभव तथा उनको मानवीय सेवामा समर्पण उल्लेखनीय छ। सुन्दरता तथा आत्मविश्वास अभिवृद्धिमा आफ्नो पेशागत योगदान दिनुका साथै उनले बिभिन्न सामाजिक तथा मानवीय सेवाका अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।
लायन्स क्लबमार्फत उनले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, र दीन दुःखीहरूको सेवामा उल्लेखनीय कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। अध्यक्ष पदमा नियुक्तिसँगै उनले भनेकी छन्, “यो पद मेरो लागि गर्व मात्र होइन, ठूलो जिम्मेवारी पनि हो। मानव सेवा नै सच्चा सेवा हो भन्ने मान्यताका साथ म समाजको हितमा अझ बढी समर्पित भएर कार्य गर्ने...









