आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

संसारकै कान्छा चलचित्र निर्देशक सौगात विष्टको लघु चलचित्र ‘भूवा’को छायाङ्कन सम्पन्न

संसारकै कान्छा चलचित्र निर्देशक सौगात विष्टको लघु चलचित्र ‘भूवा’को छायाङ्कन सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं – गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा चलचित्र निर्देशकका रूपमा नाम लेखाउन सफल सौगात विष्ट निर्देशित नयाँ लघु चलचित्र ‘भूवा’को छायाङ्कन कार्य सम्पन्न भएको छ। डान्स फिभरको प्रस्तुति रहेको यस चलचित्रलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन्।‘भूवा’ शीर्षकले सांस्कृतिक र पारिवारिक सन्दर्भ समेट्ने चलचित्रका प्रमुख कलाकार गजित विष्टले बताए। विष्ट कथाको मुख्य पात्रको रूपमा चलचित्रमा प्रस्तुत छन्।‘भूवा’ले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ। अत्यन्तै कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यस लघु चलचित्रमार्फत फेरि एक पटक आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।सङ्गम विष्टले लेखेको कथा र पटकथा समेटिएको यस लघु चलचित्रमा नवराज उप्रेतीको छायाङ्कन र प्रवीण भट्टको सम्पादन रहेको छ साथै बिक्रम गौतमको मेक अप रहेको यस चलचित्रको गीतम...
‘मधु’ गीतमार्फत हरिमाया कार्कीको तीज सन्देश : परम्परा र प्रेमको मिठास एकसाथ

‘मधु’ गीतमार्फत हरिमाया कार्कीको तीज सन्देश : परम्परा र प्रेमको मिठास एकसाथ

मनोरन्जन, समाचार
गायिका हरिमाया कार्कीको तिज गीत ‘मधु’ सार्वजनिक भएको छ । गायिका हरिमाया कार्कीको एकल स्वर र शब्द रचना रहेको गीत हरिमाया कार्की अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । परम्परा र आधुनिकतालाई संगालेर, नारीको भावना, वेदना, उत्सव र प्रेमको मिठास बोकेको ‘मधु’ गीतले यसवर्षको तीजलाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ। दृश्यात्मक सौन्दर्य, सम्वादात्मक हाउभाउ र परम्परागत पहिरनले गीतलाई भावनात्मक गहिराइ दिएको छ। https://youtu.be/yaxy_6BQH3Q गीतको छायांकन, सम्पादन, ग्राफिक्स तथा रंग संयोजन सबै पक्षमा निर्देशक निर्मल प्याकुरेलको रहेको छ ।खेमराज गौतमको संगीत संयोजन रहेको छ भने, गीतको रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो। ‘मधु’ बोलको गीतमा गायिका कार्कीको एकल स्वर र शब्द रचना रहेको छ । गीतको भिडियोमा समीक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया ...
हजारौं साधकहरूले लिए आध्यात्मिक मार्गदर्शन, गुरुलाई बुझ्ने नयाँ दृष्टिकोण

हजारौं साधकहरूले लिए आध्यात्मिक मार्गदर्शन, गुरुलाई बुझ्ने नयाँ दृष्टिकोण

अन्तराष्ट्रिय, समाचार
नयाँ दिल्ली — गुरु पूर्णिमाको पावन अवसरमा देशभरका ३५ भन्दा बढी PVR–Inox सिनेमा हलहरूमा एक अनौठो र ऐतिहासिक कार्यक्रमको आयोजना गरियो, जहाँ प्रख्यात दार्शनिक तथा लेखक आचार्य प्रशान्त ले हजारौं साधकहरूलाई गुरु पूर्णिमाको वास्तविक मर्मबारे मार्गदर्शन गरे। यो केवल धार्मिक वा परम्परागत अनुष्ठान नभई, आत्मबोध र सत्यको खोजमा रहेका व्यक्तिहरूका लागि गहिरो बौद्धिक तथा आध्यात्मिक संवादको अवसर बन्यो। यो विशेष सत्र दिल्ली NCR, मुम्बई, पुणे, बेंगलुरु, कोलकाता, जयपुर, भोपाल लगायत ३५ भन्दा बढी शहरहरूमा एकै साथ प्रत्यक्ष प्रशारणमार्फत प्रस्तुत गरियो। प्रत्येक शहरमा ठूलो संख्यामा साधक, युवा तथा जिज्ञासुहरू सहभागी भए। गुरु भनेको व्यक्ति होइन, प्रकाशतर्फ लैजाने प्रक्रिया हो आचार्य प्रशान्तले आफ्नो सम्बोधनमा स्पष्ट रूपमा भने कि गुरु केवल शरीरधारी व्यक्ति होइन, त्यो चेतना हो जसले हामीलाई...
देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक (भिडियो)

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने नयाँ देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका सङ्गीत बडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ । गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार गर्नुभएको हो । दीपक संगम बिगीतको सङ्गीत जत्तिकै आकर्षक भिडियो पक्ष पनि तयार पारिएको छ । भिडियोमा दीपकसंगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी र मीना बडुवालको अभिनय छ । https://www.youtube.com/watch?v=7AXLmpJxKcI मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायांकन र रङ संयोजन अमित बीकेले गर्नुभएको छ भने दृश्य सम्पादन राजेश बोहराले गर्नुभएको छ । शैली, लय र प्रस्तुतीकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेषगरी देउडा गीतप्रेमी दर्शक-स्रोतामाझ लोकप्रियता ह...
एएमएसले दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी गर्ने

एएमएसले दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी गर्ने

आर्थिक, समाचार
काठमाडौँ, २२ असारः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् । अध्यक्ष लामाले भनिन्, “नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।” वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्...
“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते

“नेशनल किड्स एण्ड टिन्स सुपरस्टार”को ट्यालेन्ट राउण्ड सम्पन्न,फिनाले २८ गते

मनोरन्जन, समाचार
ललितपुर – ब्ल्याक बर्ड इन्टरटेनमेन्टको आयोजनामा आयोजित “नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २” अन्तर्गतको ट्यालेन्ट राउण्ड ललितपुरको कुमारिपाटीस्थित ड्यालिन क्याफे एण्ड मिनी बैंक्वेटमा आज अत्यन्त उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको छ। ललितपुर जिल्लाका १५ विभिन्न विद्यालयहरूबाट छानिएका २० जना बालप्रतिभाहरूले गायन, नृत्य, अभिनय, वक्तृत्व कला लगायत विविध विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै उपस्थित दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू निर्णायकको रूपमा उपस्थित थिए । निणार्यक मण्डलमा  यि व्यक्तित्वहरु रहेका थिए ।  अंश वर्मा – सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व तथा उद्यमी म्याक्स नेपाल – लोकप्रिय गायक तथा मोडल प्रियंका श्रेष्ठ – मिस पूर्वाञ्चल २०१५ को विजेता सुजाता बराल – अध्यक्ष, एवाईओएन पुजा रेग्...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा नारायण थापा

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा नारायण थापा

मनोरन्जन, समाचार
काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो बार्षिक साधारणसभाले १५ सदस्यीय नया कार्यसमिति चयन गरेकोछ। राजेन्द्र बजगाईको अध्यक्षता एवं बिशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्बिरोध निर्वाचित भएकाछन भने दिपक शर्मा बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्बाचित भएकाछन। त्यस्तै सुजाता के सी सहमतिमा उपाध्यक्षमा सनम कठायत निर्विरोध महासचिव रिता के सी सचिव सहमतिमा निर्बाचित भएकाछन भने बेनिश पौडेल महिला सचिव,प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकाछन। त्यस्तै मनोज परियार,बिरेन्द्र सिंह भाट,कोपिला शिवाकोटी,पुजा ठकुरी,गिता पाण्डे,सुभाष तिमसिना,प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित भएकाछन। १७ सदस्यीय कार्यसमितिमा बाँकि २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्नेछ। संस्थाका संस्थापक सल्लाहक...
आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

समाचार, समाज
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहारमात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन...
“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”का प्रतिस्पर्धीले देखाए प्रतिभा

“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”का प्रतिस्पर्धीले देखाए प्रतिभा

मनोरन्जन, समाचार
ग्रेस इभेन्ट्सको आयोजनामा संचालित मिस्टर एण्ड मिस ग्रेस SEE नेपाल – सिजन ६ (२०२५) को ट्यालेन्ट राउण्ड २०८२ असार १७ गते भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) सुरज थापाले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो उत्कृष्ट प्रतिभा, सिर्जनात्मकता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भए। कार्यक्रममा निर्णायकको भूमिकामा राष्ट्रिय कलाकार सपन श्रेष्ठ, नेपालकी पहिलो एक खुट्टा नृत्यांगना रोमा न्यौपाने, मिस ग्रेस एयर होस्टेस २०२५ की फर्स्ट रनर अप सुनिशा गुरुङ, चिरायु डेन्ट केयरका एम.डी. सागर जोशी र चर्चित गायिका बेनीशा पौडेल रहनुभएको थियो। कार्यक्रमको सन्चालन फेसन कोरियोग्राफर अर्शु महर्जनले गरिरहनुभएको थियो भने, कार्यक्रमका रमाइला क्षणहरू बिन्द्रा प्रजापति र अंकित मल्ल (Cupid Photo Studio) ले त...
गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ

गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ

मनोरन्जन, समाचार
काठमाडौं  – नेपाली गीत–साहित्यमा योगदान पुर्‍याउँदै आएका गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ–२०८२’ सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त कार्यक्रमलाई गीतकार संघ नेपालले आयोजना गरेको हो।साँझमा गीतकार तामाङले सिर्जना गरेका १७ उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्गझैं सैलुङ’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’, ‘मै खुकुरी’, ‘अङ्गालोमा बेरिरहुँ’, ‘जित्नेहरुको पनि’, ‘मन पर्छ’, ‘माथि माथि लेकमा’, ‘जोर मादलको तालैमा’ लगायतका गीतहरू शब्द, संगीत र गायनको उत्कृष्ट संयोजनका साथ प्रस्तुत भएका थिए।कार्यक्रममा किरण प्रधान, शिव परियार, स्वरुपराज आचार्य, सत्यराज आचार्य, अन्जु पन्त, डेविड शंकर, रुपक चौधरी, संगीता राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन र अस्मित...