राजेन्द्र बजगाईको शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक (भिडियो)
काठमाडौं ।—साहित्यकार भीष्मराज फुलाराको शब्द रहेको शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक भएको छ । अहिलेका यूवा पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईको स्वर, सङ्गीत र एरेन्ज रहेको शिव भजनमा सामुहिक स्वर सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के.सी. र नितु पौडेलको रहेको छ ।
मनोज परियारको मिक्सिङ्ग माष्टरिङ्गमा ‘आफ्नो मन’ स्टुडीयोमा रेकर्ड भएको उक्त भजनमा पोसन घर्तीमगर र अनिस थापाको खैचडी/मादल र रत्न बिकको बासुरीको धुन सुन्न पाईन्छ। उत्तम प्रसाद अधिकारीको निर्देशकीय भूमिका रहेको भजनको भिडियोमा राजेन्द्र बजगाई, भीष्मराज फुलारा, सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के.सी, राज टाईगर, हरि यादव र विनोद रसाईलीले भजनमा कलाकारको भूमिकामा साथ दिएका छन । उक्त भजनको भिडियोमा राजेश कुमारको सम्पादकिय भूमिका, सुविन गोदारको छायांकन, पुर्षोतम नेपालको सहायक छायांकन, भिडियो बैकको दृश्य निर्माण...









