मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्दै

सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्दै

आर्थिक, समाचार
 साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वातै घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्दै ९३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ। बिहीबार प्रतितोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ३ सय ४० रुपैयाँमा झरेको हो। ...
१०८ घर परिवारलाई नाङ्गो खुट्टा युथ सुर्खेतद्वारा राहात वितरण

१०८ घर परिवारलाई नाङ्गो खुट्टा युथ सुर्खेतद्वारा राहात वितरण

समाचार, समाज
विगत लामो समय देखि नाङ्गो खुट्टा युथले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । विशेष गरि अहिलेको कोभिड -१९ को दोस्रो चरणको महामारिको विसम परिस्थितिमा कोहि कसैले भोक्कै बस्न नपरोस भनेर राहात वितरण गरेको बताउछन । नाङ्गो खुट्टा युथले सुर्खेत पश्चिम बाह्रक्षेत्र गाउपालिकाको गिरिघाट खोला आसपास बसोबास गर्ने १०८ घर परिवारलाई राहात वितरण गरेको हो । नाङ्गो खुट्टा युथ सुरखेतका सदस्यहरु केशब थापा,छिरिङ लामा, मनिशा रावल, रोस्नि क्षेत्रि, पशुपति बिसि, अंगत साहि, सन्जिब हमाल , रन्जीता खान, मुकेस थापा,देबेन अधिकारि, सुमि साहि गरि ११ जनाको समूह मिलि राहात वितरण गरेको थियो । राहात वितरण कार्यक्रममा विशेष सहयोग गर्नु हुने सबैलाई नाङ्गो खुट्टा युथले धन्यवाद दिएका छन । विशेष गरि हरि बिष्ट, भद्र भण्डारि , टीका ओलि, हर्ष बिक्रम खड्का लाई धन्यवाद दिएका छन । नाङ्गो खुट्टा युथले आगामि दिनहरुमा प...
चार वर्षीय गायिका ओजस्वीकाे नयाँ गीत सार्वजनिक(भिडियो)

चार वर्षीय गायिका ओजस्वीकाे नयाँ गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सांगीतिक बजारमा प्रतिभावान बालगायिका ‌‍‌‍“ओजस्वी श्रेष्ठ” काे पुन नयाँ गीतद्वारा आगमन भएकाे छ। उनी अहिले भर्खर साँढे चार वर्षकी पुग्न लागेकी छिन् । उनी चर्चित गायक तथा स‍‍ंगीतकार “सुरेन्द्र श्रेष्ठ”की सुपुत्री हुन्। उनले यति सानाे उमेरमा नै “क ख ग घ A B C D” नामक बालगीत गाएकी छिन्। https://youtu.be/UPkJquAj4nw जुन गीतकाे रचना “श्याम तमाेट” ले गरेका छन् भने संगीत तथा संगीतकाे संयाेजन स्वयम् उनका बुबा “सुरेन्द्र श्रेष्ठ”ले गरेका छन्। लकडाउनकाे समयकाे सही सदुपयाेग गर्दै घरभित्रै रही यस भडियाे निर्माण गरी ओजस्वीले आफ्नाे अभिनय प्रतिभालाई पनि दर्शक सामु दर्शाउने जमल्काे गरेकी छिन्। साे गीतलाई संगीतकार “सुरेन्द्र श्रेष्ठ”ले आफ्नै युटयुब च्यानल मार्फत सार्वजनिक गरेका छन्। ओजस्वीले पहिला पनि साँढे तीन वर्षकाे उमेरमा दुई वटा गीत “हाम्र...
विश्वव्यापी लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव

विश्वव्यापी लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव

अन्तराष्ट्रिय, समाचार
विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ। कोरोनाभाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो। हालै गरिएको अध्ययनले लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोखिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको चहलपहल कम भएकोलगायतका कारणले जलवायु प्रदुषणमा न्युनिकरण भएको देखाएको छ। उनीहरुले विषेश गरेर अहिलेको हवाई यातायातको अवस्था र त्यसले जलवायुमा पारेको प्रभावका बारेमा अध्ययन गरेका थिए। अध्ययन विषेश गरेर गत बर्ष सन् २०२० को मार्च र मेमा विश्वका धेरै ठाउँमा लकडाउन भएकाले त्यति बेलाकै अवस्थालाई केन्द्रीत गरिएको छ। त्यही समयमा अघिल्ला बर्षहरुमा हुने जलवायुको अवस्थासँग तुलना गरेर अध्ययन गरिएको अध्ययनकर्ताहरुले जनाएका छन्। ...
उपत्यकाको निषेधाज्ञा आजबाट केही खुकुलो

उपत्यकाको निषेधाज्ञा आजबाट केही खुकुलो

समाचार, समाज
काठमाडौं । केही खुकुलो बनाएर थपिएको उपत्यकाको निषेधाज्ञा आजबाट लागू भएको छ । काठमाडौं उपत्यकामा १० दिनका लागि थपिएको हो । १४ जेठ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर कडा निषेधाज्ञा गरिएको थियो । आजदेखि ९ बजेसम्म किराना लगायत केही पसल खुला गर्न पाइने गरी निषेधाज्ञा खुकुलो गरिएको छ । तरकारी, फलफूल, दूध, मासु, खानेपानी लगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोरमा भने ग्रोसरीमात्र खोल्न दिइने छ । राति ९ बजेदेखि बिहान ९ बजेसम्मको लागि निर्माण सामग्रीको ढुवानीका साधनहरू चल्न पाउने छन् । अत्यावश्य बाहेकका सरकारी कार्यालयको सेवा प्रवाह पनि स्थगित गरिएको छ । त्यस्तै सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा पनि बन्द गरिएको छ । जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञामा आजदेखि बिहान नौ बजेसम्म वर्कसप पनि खुल्न पाउनेछन् । ...
आज जेठ २१ गते शुक्रबारको राशिफल

आज जेठ २१ गते शुक्रबारको राशिफल

राशिफल, समाचार
राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । स...
सौन्दर्य व्यबसायलाई सहुलियत कर्जा उपलब्ध गराउन माग

सौन्दर्य व्यबसायलाई सहुलियत कर्जा उपलब्ध गराउन माग

आर्थिक, समाचार
कोरोना महामारीका कारण अन्य व्यवसाय जस्तै ब्युटिसियन व्यवसाय पनि धरापमा परेको यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले कोरोनाका कारण व्यवसाय बन्द हुँदा पेसाबाट नै पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् । कार्यक्रममा डा.राजेश्वरी श्रेष्ठले कोरोनाका कारण ब्युटिसियन व्यवसाय बन्द हुँदा पार्लर र आफु बसेको घरभाडा तिर्न नसक्ने अवस्थामा व्यवसायीहरु पुगेको बताउनुभयो । उहाँले राज्यले ब्युटिसियन व्यवसायलाई माथि उठाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारले ब्युटिसियन व्यवसायलाई विशेष सावधानी अपनाएर सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्ने डा.श्रेष्ठको भनाइ छ । व्यवसायी सिता पाठकले सुरक्षा मापदण्ड अपनाएर यो व्यवसाय सञ्चालनको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निषेधाज्ञाका कारण सिक्ने, सिकाउने, लगानी गर्न...
सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने

सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने

शिक्षा, समाचार
सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको खबर गोरखापत्र दैनिकमा छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८–७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ । यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ । सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ । जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी दिए । ज...
विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढि

विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढि

अन्तराष्ट्रिय, समाचार
विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा देखाएकाे हाे । त्यस्तै, निकाे हुनेकाे संख्या पनि बढिरहेकाे पाइएकाे छ । नेपालमा पनि केही दिन यतादेखि काेराेना संक्रमितकाे संख्यामा कमी देखिएकाे छ । विश्व स्वास्थ्य संगठनले जारी गरेकाे गत २४ घण्टाकाे अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ३१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ३१७ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ७५ हजार ७७५ मा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । त्यस्तै, संक्रमणबाट...
वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालन

वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालन

समाचार, स्वास्थ्य
सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बुधबारदेखि बिरामीको उपचार शुरु गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा.जागेश्वर गौतमले जानकारी दिए । अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार सुरु गरिएको छ । ‘अहिले सबै शय्यामा बिरामी राखिएको छैन । पर्याप्त मात्रामा अक्सिजन जडान भएपछि अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्ने छौं,’ डा.गौतमले भने । केही दिनमा सय शैंया र पछि सबै पूर्वाधार जडान भइसकेपछि सबै शैंया सञ्चालनमा ल्याउने उनले बताए । सरकारले वीर अस्पतालको ५०० शैंयाको नयाँ सर्जिकल भवनमा नै युनिफाइड अस्पताल सञ्चालन गरेको हो । अहिले अस्पतालमा तरल अक्सिजन र सिलिण्डर अक्सिजनको व्यवस्था गरिएको छ । डा. गौतमले अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट र एउटा तरल अक्सिजन प्लान्ट जडान गरिने जानकारी दिए । ‘एक–दुई दिनभ...