मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

आज देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

आज देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

माैसम, समाचार
 आज देशभर मनसुनी वायुको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बुलेटिन जारी गर्दै प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक(दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक(दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका अधिकांश स्थानहरुमा हल्...
प्रधानमन्त्री केपी शर्मा ओलीको बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीको बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन निर्देशन

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए। उनले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही नुरुप कार्य भइरहेको बताए। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्धार र राहतकार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए। उनले ठूलो संख्यामा जनताालाई सुरक्षित स्थानमा सार्दा उनीहरुमै कोभिड १९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नु पर्ने बत...
‘स्मार्ट लक डाउन’ तर्फ जाने:सिसिएमसी

‘स्मार्ट लक डाउन’ तर्फ जाने:सिसिएमसी

समाचार, समाज
कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती अबेरसम्म बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् । बैठकले वैदेशिक रोजगा...
आज असार ३ गते बिहीबारको  राशिफल

आज असार ३ गते बिहीबारको राशिफल

राशिफल, समाचार
मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ  एउटा नयाँ आर्थिक सम्झौता तय हुनेछ र नयाँ पैसा प्राप्त हुनेछ। आफन्तको घरमा जानु तपाईंले कल्पना गरेभन्दा पनि धेरै राम्रो हुनेछ। कसैको हस्तक्षेपले तपाईंको प्रियतमासँगको सम्बन्ध तनाउपूर्ण हुन। आफ्नो जोडीको मागले तपाईंलाई केही तनाउ दिन सक्छ। स्वास्थ्य अरूसित आनन्द बाँडेर फुल्छ। बृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो   तपाईंले परिवारको आशा पूरा गर्नको लागि केही काम गर्नुपर्छ। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्।तपाईंले आफ्नो जीवन भन्दा बढी तपाईंलाई प्रेम गर्ने व्यक्ति भेट्नु हुनेछ। तपाईंका आज आमाबाबुले कुनै साँच्चै नै आश्चर्यजनक कुराले तपाईंको जोडीलाई आशीर्वाद दिन सक्छन जसले अन्ततः तपाईंको वैवाहिक जीवनमा विकास ल्याउनेछ। मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह   राम्रो स्वास्थ्यको कारण तपाईं खेल प्रत...
आज नेप्सेमा भारि अंकको गिरावट

आज नेप्सेमा भारि अंकको गिरावट

आर्थिक, समाचार
नेपाली सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै ५१ कम्पनीमा चलखेल गर्दै मूल्य बढाइएको जनाएपछि आज नेप्सेमा भारि अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५२ अंकले घटेर परिसूचक २९६९.७२ को बिन्दुमा बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से परिसूचक ७८ विन्दुसम्म घटेको थियो भने न्यूनतम विन्दुबाट २६ अंक रिकभर भएर अन्तत २९६९.७२ कायम भयो। आज लघुवित्त बाहेक सबै क्षेत्र राताम्य छ। यसदिन सबैभन्दा धेरै सिडिइबि हाइड्रो र एफआईएमडिबिएल लघुवित्तका लगानीकर्ताले धेरै कमाएका छन्। ...
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमणको पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन। यस्तै, पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ। सोही अवधिमा ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्। ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। ...
नेपाललाई तत्काल १४ लाख कोरोना खोप आवश्यक :डब्लुएचओ

नेपाललाई तत्काल १४ लाख कोरोना खोप आवश्यक :डब्लुएचओ

अन्तराष्ट्रिय, समाचार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपाल कार्यालयले नेपाललाई तत्काल १४ लाख कोरोना खोप आवश्यक परेको भन्दै विश्व समुदायलाई सहयोग गर्न आग्रह गरेको छ। डब्लुएचओका नेपाल प्रतिनिधि डा.राजेश पाण्डवले भिडियो सन्देश मार्फत पहिलो डोज लगाएर दोस्रो मात्रको प्रतीक्षामा रहेका १४ लाख नेपालीलाई खोप जरुरी भएको बताएका छन्। ६५ वर्ष उमेर माथिको उक्त समूह कोरोनाभाइरसको जोखिम वर्गमा रहेकाले तत्काल सहायताको जरुरी रहेको समेत डा.पाण्डवले जनाएका छन्। ...
एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि भारतको नयाँ दिल्ली

एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि भारतको नयाँ दिल्ली

राजनीति, समाचार
थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गर्नुभएको थियो । ‘‘पार्टी मिलाउनुस् कमरेड….’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको थिय...
मेलम्ची नदीको बाढीमा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिए

मेलम्ची नदीको बाढीमा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिए

समाचार, समाज
मेलम्ची नदीको बाढीमा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भेटिएका ७ शवमध्ये ६ जनाको पहिचान खुलेको छ। नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ। हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु उद्धार गरिएको छ। मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो। केही कामदारहरु भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन्। बाढीले दर्जनौं पुलहरु बगाएको छ। ...
सरु गौतम र प्रताप दासको मायालुलाई भेटेसी सार्वजनिक भए संगै चर्चामा, युट्युबको १० औं ट्रेन्डिङ्गमा(भिडियो)

सरु गौतम र प्रताप दासको मायालुलाई भेटेसी सार्वजनिक भए संगै चर्चामा, युट्युबको १० औं ट्रेन्डिङ्गमा(भिडियो)

मनोरन्जन, समाचार
गायिका सरु गौतम र प्रताप दासको युगल स्वरको मायालुलाई भेटेसी……बोलको नयाँ गीतले युट्युवमा उत्कृष्ट स्थान पाएको छ । आश्मा बिश्वकर्मा तथा सरोज अधिकारीको अभिनय रहेको भिडियोमा कार्टुन क्रुज जुनियर कलाकारहरु समेत फिचर्ड रहेका छन ।  म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएकै भोली पल्टै ट्रेन्डिंगको १३ औं नम्बरमा उक्लेको हो । पछिल्लो पटक युट्यूबको १० औं ट्रेन्डिङ्गमा पुगिसकेको छ । https://youtu.be/1EZnvoPdKCw सरोज अधिकारीको निर्देशनमा ज्ञानेन्द्र शर्माले काठमाडौंका धर्मस्थली र सिकलीचौर लगायतका ठाउँमा खिचेका दृष्य मनोरम छन् । कुमार कटुवालको शव्द र दिपक शर्माको कम्पोज रहेको गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । ...