मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

महिला उद्यमशिलता विकासका लागि थप सक्रियता:उर्मिला श्रेष्ठ

महिला उद्यमशिलता विकासका लागि थप सक्रियता:उर्मिला श्रेष्ठ

आर्थिक, समाचार
काठमाडौं-नेपाल महिला चेम्बरको आयोजनामा ‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न भएको छ । शनिवार वेमिनार मार्फत आयोजित उक्त कार्यशाला जि वि जिको सहयोगमा आयोजनामा आएको हो । कार्यक्रम माझ डिजिटल मार्केटर उल्लेख निरौलाले डिजिटल प्लेटफर्म साना उद्यमीहरुलाई अझ लाभदायिक हुने राय पेश गर्दै बेब साइटबाट मात्र नभई फेसबुक, टिकटक, टुइटर, युटुयुब लगायतका सामाजिक संजालबाट पनि प्रडक्ट मार्केटिङ गर्न सकिने बताए । निरौलाले ब्रान्डिङले उत्पादनको प्रबर्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै के देखाएर के बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने र त्यसका लागि सोसल इण्टरप्रेनरशिप बढाउन फोटोग्राफी, शब्द, ग्राफिक्स्, इमोसनल भ्यालु, अर्जेन्सी, ट्रस्ट आदी बिषय माथि ख्याल राख्नुपर्ने उल्लेख गरे । डिजिटल मार्केटिङका क्रममा विज्ञापन र डेलिभरी दिने बाहय कम्पनीहरुको उपयोगसँगसँगै मुल्य भार बढेता पनि सम...
दलहरुमा गुटबन्दीको राजनीति

दलहरुमा गुटबन्दीको राजनीति

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, पहिरो देश कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् । नागरिकले अकल्पनीय पीडा भोग्नुपरिरहेको छ । यस्तै, महामारीको समयमा फेरि अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो आउने र मानवीय तथा भौतिक क्षति हुने क्रम समेत बढेको छ । सरकार जनताको मुख्य अभिभावक हो । सरकारले जनताको पिर मर्का बुझनु पर्छ । त्यसै गरी राजनीतिक दल र तिनका नेताहरू जनता प्रति इमानदार, कर्तव्यनिष्ठ र नैतिकवान हुनु पर्छ । देश र जनताको हितमा काम गर्ने दल र तिनका नेता मात्र लोकप्रिय हुन्छन । जनताको मन मष्तिष्कमा राज जमाउन सक्छन् । तर पछिल्लो समय त्यस प्रकारका नेताको खडेरी पर्दै आइरहेको छ । त्यसैले पनि राजनीतिक दल र तिनका नेताहरूप्रति जनताको आशा र भरोसा मर्दै जान थालेको छ ।कोरोनाको पहिलो लहर आउँदा पनि सरकार र राजनीतिक दलहरू कोरोना नियन्त्रण गर्न र भावी दिनमा आउन सक्ने संकट समाधान...
‘तिम्रो मुहारमा…’ को म्यूजिक भिडियो सार्वजनिक(भिडियो)

‘तिम्रो मुहारमा…’ को म्यूजिक भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
प्रेम र समर्पणलाई चित्रण गरिएको गीत ‘तिम्रो मुहारमा…’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई प्रतीकको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा प्रवीण बेडवालले आवाज भरेका छन् ।  भिडियोमा नायक श्रीदेव भट्टराई र मोडल नग्मा श्रेष्ठले अभिनय गरेका छन् । https://www.youtube.com/watch?v=7nJvX99vNKE ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोमा विमला तामांगको सौन्दर्यविन्यास, अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । ...
राष्ट्रिय मानव अधिकार आयोगको बाढी पीडितहरुको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगको बाढी पीडितहरुको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह

समाचार, समाज
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी पीडितहरुको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै बाढी, पहिराका कारण विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन्।
पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी

पेट्रोल पम्पमा काम गर्नेले लगाउन पाएनन् खोप, आन्दोलन गर्ने चेतावनी

आर्थिक, समाचार
पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन्। पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ। खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ। खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा छ। खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ। गत बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो। नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउन...
काठमाडौं महानगरपालिकाले कोभिड – १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने

काठमाडौं महानगरपालिकाले कोभिड – १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने

आर्थिक, समाचार
काठमाडौं महानगरपालिकाले कोभिड – १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ। बिहीबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड – १९ बाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममा कोभिड – १९ प्रभावितलाई करमा छुट दिइने बताएका हुन। सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर बहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइने भएको छ। महानगरप...
भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु

भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु

समाचार, समाज
मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ। जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एकरएक जनाको मृत्यु भएको हो। यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन्। प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना सम्पर्क विहिन छन्। भारी वर्षा र हावाहुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हराइरहेका छन्। यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एकरएक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेलाई स...
आज असार ४ गते शुक्रबारको राशिफल

आज असार ४ गते शुक्रबारको राशिफल

राशिफल, समाचार
मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ । बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्त...
बाढीपहिरोले धनजनको क्षति

बाढीपहिरोले धनजनको क्षति

समाचार, समाज
-डा.डिआर उपाध्याय, देशको बिभिन्न स्थानमा लगातार वर्षा हुँदा बाढी तथा पहिरोले धन जनको क्षति पु¥याउँदै गइरहेको छ । अहिले सवैको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित छ । दैविक प्रकोपले देशको बिभिन्न स्थानमा मानवीय क्षेतिका साथै धन जनको क्षति भएको छ, यो दुखद कुरा हो । बाढी पिडीतलाई जसले जे सकिन्छ राहातको ब्यवस्था मिलाउन अव ढिलाई गर्नु हुदैन । विस्थापित नागरिकलाई पुनःस्थापित गर्ने कुरामा सरकारको ध्यान छिटो भन्दा छिटो पुग्नु पर्छ । अहिलेको मनसुनी वर्षा निकै बढी हुन सक्ने संकेत दिइसकेको छ । तर, पनि प्राकृति विपद् रोक्न सकिनेगरी कुनै पूर्व तयारी भएको देखिएन । प्राकृति विपद व्यवस्थापन फितलो देखियो । सकिने जति र सम्भव भए जति प्रयास र अग्रिम व्यवस्थापन हुनु पर्दथ्यो । त्यो देखिएन । लगातार चार दिने अविरल वर्षाले देशका विभिन्न ठाउँमा क्षति पु¥याइसकेको छ । पूर्वनेपालको सिन्धुपाल्चोकमा सात जन...
सभामुख अग्निप्रसाद सापकोटाको  सिन्धुपाल्चोकको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत अवलोकन

सभामुख अग्निप्रसाद सापकोटाको सिन्धुपाल्चोकको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत अवलोकन

समाचार, समाज
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेका छन् । मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका सभामुख सापकोटाले यस सम्बन्धमा मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसंग विस्तृत जानकारी लिएका छन् । नगर प्रमुख डम्बर अर्यालले अहिले सम्मका उद्धार, राहत र भए गरेका कामबारे सभामुखलाई संक्षिप्त जानकारी दिएको सभामुख सापकोटाको सचिवालयले जानकारी दियो । लम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेट लगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरु तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनुपर्ने बताए । उनले उद्धार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर ...