मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने, अडिसनका लागी फारम खुल्ला
काठमाण्डौ, फाल्गुन । तेजनेपाल सिनेकला संवाददाता ग्यालेक्सी दैनिक विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता कार्यक्रमहरु आयोजना गरिरहेको ट्रेबल फेशन कन्सर्न प्रा लि को आयोजनामा मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने भएको छ । आँउदो साताको शनिबारदेखि पुतलीसडकको सम्भव एडुकेशनल कन्सल्टेन्सीमा चरणबद्ध रुपमा अडिसन सुरु हुने भनिएको उक्त कार्यक्रममा १६ देखि २६ वर्ष उमेर समुहका महिलाले सहभागीता जनाउन पाउने भएका छन ।
सहभागीको उचाई ५ फिट १ इन्च भन्दा माथि हुनुपर्ने, अविवाहित हुनुपर्ने तथा नागरिकता वा कलेज क्याम्पसको कार्डको पनि फोटोकपी अनिवार्य पेश गर्नुपर्ने आयोजक कम्पनीका सिईओ शैलेन्द्र श्रेष्ठले बताए । आँउदो नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै कार्यक्रमको ग्राण्ड फिनाले गर्ने योजना पनि रहेको सिईओ शैलेन्द्र श्रेष्ठले जानकारी गराए ।
गोकर्णेश्वर नगरपालिकाको समन्वयमा तथा स...









