सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

डा.डिआरको किर्तिमानमाथी किर्तिमान, विश्वकिर्तिमान १०८ पुग्यो

डा.डिआरको किर्तिमानमाथी किर्तिमान, विश्वकिर्तिमान १०८ पुग्यो

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड कायम गर्नुभएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच उहाँका थप २८ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँको विश्व कीर्तिमानको सङ्ख्या १०८ पुगेको हो । डा. उपाध्यायलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले कीर्तिमान हस्तान्तरण गर्नुभएको थियो । डीआर म्युजिक क्रियसन आयोजक तथा खनाल सेवा समाज सहआयोजक रहेको समारोहमा डा. उपाध्यायका थप आठ एल्बम पनि विमोचन गरिएको थियो । यसअघि डा. उपाध्यायका २५ गीति एल्बम सार्वजनिक भइसकेका छन् । पूर्वप्रधानमन्त्री खनालले डा. उपाध्यायलाई विश्व कीर्तिमानका लागि बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनशील कार्यमा लाग्न शुभकामना दिनुभयो । उहाँका कामले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउन सघाउ पुगेको पनि उल्लेख गर्नुभयो । गीतकार डा. उपाध्यायले आफूले आफ्नो सिर्जनाबाट मुलुकको पहिच...
‘तिमिलाई जब गुमाए’ भन्दै लोकप्रिय अभिनेता मदनकृष्ण श्रेष्ठ (भिडियो)

‘तिमिलाई जब गुमाए’ भन्दै लोकप्रिय अभिनेता मदनकृष्ण श्रेष्ठ (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको तिमीलाई जब गुमाए बोलको गीतको भिडियो एक कार्यक्रमका वीच सार्वजनिक गरिएको छ । गैरीधारा स्थित भोजघरमा आयोजित कार्यक्रममा ३५ वर्ष अगाडी गीतकार सरला श्रेष्ठको रचनामा तयार भएको उक्त गीतको भिडियोलाई गायक श्रेष्ठकै सुपुत्री सराना श्रेष्ठले निर्देशन गरेकी हुन । पछिल्लो पटक गायन संग संगै भिडियो निर्देशनमा समेत सक्रिय रहेकी सरानाको स्वरमा रहको गीतहरु लोकप्रिय छन । लोकप्रिय अभिनेता हरिवशं आचार्य, किरण केसी, शिवहरि पौडेल, अशोक शर्मा, गौरी शंकर धुजु,यमन श्रेष्ठ लगायत भिडियोका कलाकारहरु नायिका केकी अधिकारी,मोडल नाजिर हुसेन लगायतको निर्माण टिमको उपस्थितीमा भिडियो सार्वजनिक गरिएको थियो । गीत जति मार्मिक छ त्यति नै भिडियो उत्कृष्ट बनेको छ । भिडियो हेर्दा चलचित्र हेरेर विगत सम्झेको प्रतिक्रिया उपस्थित व्यक्तित्वहरुले दिएका थिए । https://ww...
प्रम देउवाको भारत भ्रमण

प्रम देउवाको भारत भ्रमण

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज प्रम शेर बहादुर देउवा भारत भ्रमणमा निस्कदै हुनुहुन्छ । देउवाको भारत भ्रमण सफल बनोस् भन्ने आशा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवाको तीन दिवसीय भ्रमण हुन लागेको हो । नेपाल र भारत बीचको सम्बन्ध सौहार्द र सुदृढ बनोस् । दुई छिमेकी नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुनु पर्छ । बेलाबेलामा नेपाल र भारतबीच विभिन्न खाले समस्या उत्पन्न नभएको होइन, तथापि त्यस्ता समस्याको समाधान कूटनीतिक ढंगले समाधान पनि भएका छन । सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीबाट नियुक्तिलगत्तै भारत भ्रमण हुने गरेको भए पनि झण्डै आठ महिना अघि प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि भारतमा देउवाको पहिलो भ्रमण हुन लागेको हो । नेपाल र भारतबीचको यो परम्परागत र सौहार्दपूर्ण सम्बन्ध सधै कायम रहिरहनु पर्दछ । देउवाको भारत भ्रमणले नेपाल र भारत बीचको सम्बन्ध थप उचाइमा प...
लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई

लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री र समीक्षालाई

मनोरन्जन, समाचार
काठमाडौं । लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधी अभीश्री कुमारी गौतम र समीक्षा मोक्तानले हात पारेका छन्। राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रमलाई दुई समूहमा विभाजन गरिएको थियो। जसमध्ये समूह–ए बाट अभीश्री कुमारी गौतम र समूह–बी बाट समीक्षा मोक्तानले उपाधी हात पारेका हुन्। लिटल प्रिन्स एण्ड प्रिन्सेसको यो दोस्रो संस्करण हो । आई.ई.एम भक्तपूर निष्ट्सँगको सहकार्यमा कार्यक्रम आयोजनामा आएको थियो । प्रतिस्पर्धामा फस्ट रनर अप समूह–ए बाट विशेषता पौडेल र समूह–बी बाट सिमोन बरुवाल भएका छन्। त्यसैगरी सेकेन्ड रनर अपको उपाधी समूह–ए बाट प्रज्ना भुसाल र समूह–बी बाट सुप्रिम खत्री, सगँसगैँ थर्ड रनर अपको उपाधी समूह–ए बाट अथर्व ढकाल रु समूह–बी बाट आकांक्षा पोख्रेल र फोर्थ रनर अपको उपाधी समूह–ए बाट स्नीग्धा ढकाल र समूह–बी बाट सूबीसा श्रेष्ठले हात पार्न सफल भएका छन्। त्यस्तै लिटल च्याम्प अफ द ईभेन्ट महिलातर...
असहाय बालबालिकासँग मनाए सङ्गीतकार बजगाईंले जन्मदिन

असहाय बालबालिकासँग मनाए सङ्गीतकार बजगाईंले जन्मदिन

मनोरन्जन, समाचार
सङ्गीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन असहाय बालबालिकासँग मनाउनुभएको छ । काठमाडौंको मूलपानी फूयाँलगाउँमा हास्य कलाकार सुलेमान शंकर (इकु)ले विगत आधा दशकदेखि सञ्चालन गर्दैै आएको स्नेह बाल आश्रममा पुगेर सङ्गीतकार बजगाईले आफ्नो जन्म दिन मनाउनु भएको हो । त्यहाँ रहेको १६ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायतका सामग्री सङ्गीतकार बजगाईंले प्रदान गर्नुभएको थियो । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरूलाई खाना खुलाउँदै उहाँले जन्मदिन मनाउनुभयो । स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरूका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । सङ्गीतकार बजगाईंको जन्मदिन मनाउन आश्रम पुग्नुभएका गायक तथा सङ्गीतकार भुवन ...
नेपाली उपन्यासहरूको नामबाट बनाइएको १५० भन्दा धेरै ड्रेस परिवर्तन गरिएको गीत ‘रुप अनेक’ सार्वजनिक

नेपाली उपन्यासहरूको नामबाट बनाइएको १५० भन्दा धेरै ड्रेस परिवर्तन गरिएको गीत ‘रुप अनेक’ सार्वजनिक

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘रुप अनेक’ सार्वजनिक भएको छ । एउटै गीतमा १५० भन्दा धेरै ड्रेस परिवर्तन भएको गीतको भिडियो सार्वजनिक भएको हो । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत रहेको गीतमा देवेन्द्र नेवाःको एरेञ्ज र सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ । नेपालमा प्रकाशित भएका धेरै भन्दा धेरै उपन्यासको नाम लिएर गीत बनाइएको छ । https://www.youtube.com/watch?v=0YhzYnmWTw4 माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा उपाध्याय आफैँ र प्रतिमा विष्ट फिचरिङ हुनुहुन्छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड ...
नेपालको राजनीति र अवसरवादी चरित्र

नेपालको राजनीति र अवसरवादी चरित्र

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, निर्वाचनको मुखमा आएर दलबदलको लहर चलिरहेको छ । हिजो आज राजनीतिक दाउपेचका लागी एक पार्टी छोडने र अर्को पार्टीमा जाने नेता तथा कार्यकर्ताको होडवाजी नै चलिरहेको छ । राजनीतिमा जनतालाई ढाँटने र भ्रमको राजनीति बढेर गएको छ । सोझा जनतालाई ढाँने र भोट बटुलेर कुर्सिमा बस्ने दाउमा नेताहरु लागेको लागै छन । यति लामो समय सम्मको अनुभवमा राजनीतिक दल र तिनका नेताहरुमा सत्ता स्वार्थ बाहेक अरु केही देखिएन । व्यापारीहरु समेत सक्रिय राजनीतिमा आउन थालि सके । अब हाम्रो देश कता जादै छ ? के गर्न खोजिदै छ । पैसावालाको राजनीति बढेर गएको छ । पैसा नहुनेले नत राजनीति गर्न सक्छ नत चुनाव लडन नै । पैसा नहुने हत्त पत्त चुनावमा लडने आँट नै गर्न सक्दैन । चुनाव महंगो हुदै गयो । एउटा वडा अध्यक्ष लडन ५० लाख चाहिन्छ भन्न थाले । गरिवका छोरा छोरी यत्रो महंगो चुनाव लडन कसरी सक्छन ? गरिवले निर्वाचनमा उम्म...
टाईम्स स्क्वाएरमा ‘समर हट फेशन शो एण्ड म्यूजिकल नाईट’

टाईम्स स्क्वाएरमा ‘समर हट फेशन शो एण्ड म्यूजिकल नाईट’

मनोरन्जन, समाचार
राजधानीको बालुवाटार स्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा समर हट फेशन शो एण्ड म्यूजिकल नाईट भव्य रुपमा सम्पन्न भएको छ । स्टुडियो कुवेरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई पेजेन्ट नेपालले सहकार्य गरेको थियो भने गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा खाद्यान्न सामाग्री उत्पादनमा आक्रमक रुपमा बजार विस्तार संग संगै लोकप्रिय ब्राण्ड बन्दै गएको हाईलाइफ फुड्सको सह प्रायोजनमा १४ जना फिमेल मोडल तथा ७ जना मेल मोडलहरु र्याम्पमा उत्रिएका थिए ।ख्यातीप्राप्त फेशन डिजाईनहरुले तयार पारेका आकर्षक पहिरनमा सजिएका मोडलहरुको पहिलो सिक्वेन्स अन्तर्गत कल्चरल शोमा मेल फिमेल मोडलहरु स्टेजमा हिडेका थिए । जुन पहिरनलाई संचारकर्मी समेत रहेका सुमन कुमार श्रेष्ठले डिजाईन दिएका थिए । यसै गरि तेश्रो सिक्वेन्स अन्तर्गत डिजाईनर सुमित रजकले डिजाईन गरेका पहिरनमा समर हट सिक्वेन्समा मोडलहरुले शो गरेका थिए । दौरा सूरुवालको समेतको स...
कीर्तिमानी गीतकार डा. डीआरको शब्दमा ‘तिमी सँग’सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआरको शब्दमा ‘तिमी सँग’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । बाल गायक जेनिस उप्रेतीको स्वर, बाबुल गिरीको सङ्गीत एवम् एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ रहेको शास्त्रिय गीत ‘तिमी सँग’को भिडियो सार्वजनिक भएको हो । जेनिश द भ्याइस किडस नेपालका विजेता हुनुहुन्छ । सानो उमेरमै शास्त्रिय गीतलाई निक्कै मिठो तारिकाले गाउनु भएको छ । https://youtu.be/gGhQylKNhKU गीतसंगीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८ मा थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘...
‘बनारसी पान’भन्दै आए गायक रामकृष्ण श्रेष्ठ  र एलिना चौहान (भिडियो)

‘बनारसी पान’भन्दै आए गायक रामकृष्ण श्रेष्ठ र एलिना चौहान (भिडियो)

मनोरन्जन, समाचार
गायक रामकृष्ण श्रेष्ठ तथा चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको ‘बनारसी पान’को गीतको भिडियो एक कार्यक्रमका वीच सार्वजनिक भएको छ ।केशव अधिकारीको शव्द एवं संगीत तथा कृष्ण केसीको एरेन्जमा तयार भएको गीतको उक्त भिडियो गायक तथा संचारकर्मी श्रेष्ठको आफ्नै युट्युुब च्यानल आरजे रामकृष्ण श्रेष्ठबाट सार्वजनिक भएको हो ।जमलस्थित होटल यल्लो प्यागोडामा आयोजित उक्त भिडियो सार्वजनिक समारोह वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । https://youtu.be/e92mSlnhwes प्रमुख अतिथी बराल,गायक श्रेष्ठका माता पिता,संगीतकार सुरेन्द्र श्रेष्ठ, गीतकार डिपी परिश्रमी दाहाल,गायक रवि सुवेदी,गायिका श्वेता उप्रेती,संचारकर्मी सोनीतराज ढुंगेल लगायतका व्यक्तिहरुले प्रोजेक्टरबाट स्विच अन गरि औपचारिक रुपमा भिडियो सार्वजनिक गरिएको थियो । भिडियो सार्वजनिक समारोहमा उपस्थित संगीतकर्मी,संचारकर्...