बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राजनीति

दाहालकाे जस्तै निर्णय क्षमता सिके राउतमा देखें– प्रधानमन्त्री ओली

दाहालकाे जस्तै निर्णय क्षमता सिके राउतमा देखें– प्रधानमन्त्री ओली

राजनीति, समाचार
काठमाडौँ — फागुन २४। प्रधानमन्त्री प्रधामनन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गरेका छन् । राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच शुक्रबार भएको राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रावतको निर्णय क्षमताको प्रशंसा गरेका हुन । उनले राउतलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालस‌ँग तुलना गरेका छन् । 'राउतमा निर्णय क्षमता देखे। त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहालमा मात्रै देखेको थिए,' प्रधानमन्त्री ओलीले भने, 'संसद, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जो सुकैले यस्तो सक्दैन निर्णय क्षमताले हुन्छ। मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखे।' (कान्तिपुर दैनिक)...
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा शुभकामना सन्देश जारी

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा शुभकामना सन्देश जारी

राजनीति, समाचार
काठमाडौँ — फागुन २४। प्रधानमन्त्री केपी ओलीले राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गरेका छन्। १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा शुभकामना सन्देश दिँदै उनले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्व बढेको बताए । 'महिलाको कूल साक्षरता दरमा वृद्धि, मातृ मृत्युदरमा सुधार तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन्।' प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, 'पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिएका छन्।' प्रधानमन्त्री ओलीले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। ...
नेकपाद्वारा पूर्व अर्थमन्त्री र पर्यटनमन्त्री लगायतकाे सम्झनामा शाेकसभा सम्पन्न

नेकपाद्वारा पूर्व अर्थमन्त्री र पर्यटनमन्त्री लगायतकाे सम्झनामा शाेकसभा सम्पन्न

राजनीति, समाचार
काठमाडौँ —फागुन २३। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, बाहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीलगायत अन्य ६ जना प्रति संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा सम्पन्न श्रद्धाञ्जली सभामा प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी ओली, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताले सम्बोधन गरेका थिए । श्रद्धाञ्जली सभामा गृहमन्त्री रामबहादुर थापा 'बादल', नेकपाका नेतालगायत मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईसहित छाेराहरु उपस्थित रहेका थिए । श्रद्धाञ्जली सभामा बाेल्दै प्रधानमन्त्री ‌ओलीले भने, 'जनताकाे हितमा सधैभरि लागिपरेका आदरणीय नेता भरतमाेहनलाई गुमाएका छाैँ, पार्टीले आदरणीय नेतासँगै जागरुक नेता गुमाएकाे छ, देशका लागि याेगदान पुर्‍याएका कर्मशी...
अदालतको फैसलाविरुद्ध जनतासमक्ष जान्छाैँ: राजपा नेपालका अध्यक्ष महतो

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जान्छाैँ: राजपा नेपालका अध्यक्ष महतो

राजनीति, समाचार
काठमाडौँ —फागुन २३। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष मण्डलका सदस्य महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेशी समुदायका असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको उल्लेख गरे । उनले समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र सुरु गर्ने बताए । यसैगरी अर्का अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले सांसदलाई फौज्दारी अभियोग लगाई न्याय सम्...
सरकारका मन्त्रालयका प्रगति : पाँच मिनेटको भिडियो निर्माण देखि वाग्मती सफाइ सप्ताह पनि उल्लेख

सरकारका मन्त्रालयका प्रगति : पाँच मिनेटको भिडियो निर्माण देखि वाग्मती सफाइ सप्ताह पनि उल्लेख

राजनीति, समाचार
काठमाडौँ —फागुन २३। दुई तिहाइ बहुमतसहित केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष बिते पनि चालु आर्थिक वर्षमा मन्त्रालयहरूले गरेका कामले भने आशा जगाउँदैन । ‘समृद्ध नेपाल : सुखी नेपाली’ को नारा दिएर गठन भएको सरकारका मन्त्रालयहरूका काम भने सामान्य खालका छन् । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख भएका मन्त्रालयहरूको प्रगति विवरण अत्यन्तै सामान्य खालका छन् । मन्त्रालयहरूको प्रगति विवरणमा उल्लेख गरिएका कामहरू कतिपय अघिल्ला वर्षकै निरन्तरतालाई उपलब्धिका रूपमा व्याख्या गरिएको छ भने कतिपय दैनिक कामकाज सञ्चालन गर्ने सामान्य कामलाई पनि प्रगतिका रूपमा उल्लेख गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँच मिनेटको अडियो भिडियो निर्माण गरेको कामलाई प्रगति विवरणका रूपमा उल्लेख गरेको छ । यस्तै सहरी व...
कांग्रेस सभापति बन्न शेखर कोइरालाको दौडधुप,  १३ औं महाधिवेशनयता ७१ जिल्ला पुगिसके

कांग्रेस सभापति बन्न शेखर कोइरालाको दौडधुप, १३ औं महाधिवेशनयता ७१ जिल्ला पुगिसके

राजनीति, समाचार
काठमाडौँ —फागुन २३। कांग्रेस नेता शेखर कोइराला एक वर्षयता ४५ जिल्ला डुलिसकेका छन् । उनको राजनीतिक कार्यक्रम र कार्यकर्ता भेटघाटको यो 'म्याराथन' अझै रोकिएको छैन । बढ्दो छ । पार्टीको १३ औं महाधिवेशनदेखि नै जिल्ला दौड थालेका उनी त्यसयता ७१ जिल्लामा पुगिसकेका छन् । अब कर्णालीका मुगु, हुम्ला, डोल्पा र सुदूरपश्चिमका बझाङ, दार्चुला र बाजुरामात्रै पुग्न बाँकी छ । १४ औं महाधिवेशन र नेतृत्व विषयले चर्चा पाइराख्दा उनको जिल्ला दौड ह्वात्तै बढेको हो। हालै तराईको भ्रमण सकेर राजधानी फर्केका शेखर दुई/चार दिनको बसाइँपछि करिब डेढ महिनाको भ्रमण तालिका बनाइरहेका छन्। नियमित समयमै भए अर्को वर्षको फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्नेछ। पार्टी विधानले थप एकवर्ष र संविधानले डेढवर्षसम्म थप्न सक्ने व्यवस्था गरेको छ। १४ औं महाधिवेशनमै सभापतिमा प्रतिस्पर्धा गर्ने उनको योजना छ। त्यसैका लागि दौडधुप थ...
प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएपछि छानबिन समिति गठन

प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएपछि छानबिन समिति गठन

राजनीति, समाचार
काठमाडौँ —फागुन २३। प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएको विषय छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति गठन गरेको हो। ४ सदस्यीय छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन्। अन्य सदस्यहरुमा मन्त्रालयको कानुन महाशाखाका उपसचिव सूर्यवंश शर्मा कँडेल, उपसचिव प्रकाश शर्मा ढकाल र नागरिक उड्डयन प्राधिकरणकी निर्देशक नबिना कर्माचार्य रहेका छन्। कर्माचार्यलाई समितिको सदस्य सचिव बनाइएको छ। गत फागुन २१ गते मंगलबार प्रधानमन्त्री ओली झापाबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा जहाजको चाप रहेको भन्दै काठमाडौं एटिसीले २० मिनेट जहाज होल्ड गरेको थियो। भीभीआइपी फ्लाइट भएको बेला अन्य उडानहरु क्लियर गरेर भीभीआइपी उडानलाई अवतरण गर्न दिने चलन छ। यति एयरलाइन्सको एटिआरजहाज ह...
द्वन्द्व व्यवस्थापन गर्दा दण्डित हुन परे पनि तयार छु : बाबुराम भट्टराई

द्वन्द्व व्यवस्थापन गर्दा दण्डित हुन परे पनि तयार छु : बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाडौं—फागुन २२। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल द्वन्द्व व्यवस्थापन गरिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले द्वन्द्व व्यवस्थापन छिटो गर्नुको विकल्प नभएको बताए । ‘क्षमा गर र भुल’ भन्ने नीतिका साथ द्वन्द्वको व्यवस्थापन गरिनुपर्ने भन्दै उनले द्वन्द्व व्यवस्थापनका क्रममा आफु दण्डित हुन पनि तयार रहेको बताए । उनले भने ‘साँच्ची नै साथीहरुलाई अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुहोस् म दण्ड व्यहोर्न तयार छु । ’ द्वन्द्व व्यवस्थापन समयमै हुन नसक्दा विकास र शान्तिको बाटोमा अवरोध श्रृजना भएको भन्दै उनले समयमै द्वन्द्व व्यवस्थापन गर्नुपर्ने जोड दिए । उनले बिप्लब लगायत तराईका असन्तुष्ठ समुहसंग छलफल गरि समयमै माग सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिए । विकास र सम्मृद्धिका सपना समयमै प...
प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना

राजनीति, समाचार
काठमाडौं—फागुन २२। प्रधानमन्त्री केपी ओलीलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ । मुटुको नियमित परिक्षणको लागि भन्दै बुधबार अस्पताल पुगेका प्रधानमन्त्री ओली भर्ना भएका हुन् । थप परीक्षण गर्नुपर्ने देखिएको भन्दै अब्जरभेसनमा राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्तिमार्फत जनाएको छ ।...
संसदीय समितिले माग्यो अन्सारीका बुबा आमाको नागरिकता संसदीय समितिले माग्यो

संसदीय समितिले माग्यो अन्सारीका बुबा आमाको नागरिकता संसदीय समितिले माग्यो

राजनीति, समाचार
काठमाडौं—फागुन २२। संसद्को सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीका बाआमाको नागरिकताको विवरणमाथि पनि छानबिन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त अन्सारीको नागरिकताको विवरण ढड्डामा दुई प्रकारको जन्ममिति पाइएको र वंशजको नागरिकता भएकाले बाआमाको नागरिकतामार्फत थप छानबिन गर्न लागेको हो । समितिले जिप्रकासँग विवरण माग गरेको छ । संवैधानिक परिषद्ले ६ माघमा प्रस्ताव गरेका पाँच आयोगका अध्यक्षमा चारजनाको नाम मंगलबार अनुमोदन गरेकोमा सार्वजनिक सुनुवाइ समितिले अन्सारीको सम्बन्धमा निर्णय लम्ब्याएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीलाई अनुमोदन गरेको छ । सुनुवाइ समितिमा अन्सारीविरुद्ध नक्कली नागरिकता र शैक्षिक प्रमाणपत्र, राजनीतिक आबद्धत...