नेकपामा व्यक्ति विशेष सर्वेसर्वा हुँदैन : वरिष्ठ नेता माधवकुमार नेपाल
काठमाडौँ — चैत ११ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा व्यक्ति विशेष हावी हुन नसक्ने बताएका छन् । ‘नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो जहाँ व्यक्तिविशेष सर्वेसर्वा हुँदैन,’ पत्रकार भेटघाटमा नेकपा सचिवालय सदस्यसमेत रहेका नेपालले भने ।
उनले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाह दिए । सरकार र पार्टी सञ्चालनबारे सचिवालयमा सरसल्लाह हुनुपर्नेमा उनको जोड थियो । ‘असन्तुष्ट पक्षलाई बोलाई छलफल गरेर विश्वासमा लिनुपर्दछ,’ उनले भने । नेता नेपालले कुनै विषयमा आलोचना भएमा वा केही प्रष्ट गर्नुपर्ने भएमा त्यसलाई प्रष्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्ने बताए।
पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुङ्गो लगाइने उनले जानकार...









