आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

सर्वोच्च अदालतमा न्याय परिषदद्वारा पाँच जना न्यायाधीशको नाम सिफारिस

सर्वोच्च अदालतमा न्याय परिषदद्वारा पाँच जना न्यायाधीशको नाम सिफारिस

राजनीति, समाचार
काठमाडौँ — चैत्र १९ । न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा पाँच जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा आज बसेको परिषद् बैठकले सर्वोच्चको स्थायी न्यायाधीशका लागि प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो । परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशबाट ढुंगाना र माथेमा, कानुन व्यवसायीबाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो । न्याय परिषदको वैठकले प्रकाश कुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज कुमार शर्मालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकामध्ये ढुङ्गाना उच्च अदालत पाटन र माथेमा उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश हुन् । सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायीको तर्फबाट सिफारि...
नेकपाका सांसदले एक दिनको पारिश्रमिक दिँदा सांसद त्रिपाठीले दिए दुई महिनाको पारिश्रमिक

नेकपाका सांसदले एक दिनको पारिश्रमिक दिँदा सांसद त्रिपाठीले दिए दुई महिनाको पारिश्रमिक

राजनीति, समाचार
काठमाडौँ — चैत्र १९ । नेपाली समाजमा एउटा उक्ति छ– सहयोग गर्न धन होइन, मन चाहिन्छ । बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीले सयौं घर ध्वस्त भएको छ । २७ जनाको मृत्यु र चार सयजना भन्दा बढी घाइते हुनेगरी आएको हावाहुरीले कयौंलाई घरबारविहीन बनाएको छ । पीडित परिवारका लागि राहत तथा सहयोग जुटाउने काम भइरहेको छ । कयौंले स्वेच्छिक सहयोगको घोषणा गरिरहेका छन् । राजनीतिक दलहरु, व्यवसायी, पेशाकर्मी, नेता तथा सांसदहरुले समेत सहयोगको घोषणा गरेका छन् । सहयोग घोषणाका क्रममा पनि केहीको मन निकै कसिलो र केहीको निकै उदार देखिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले एक दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् । संसदमा झण्डै दुई तिहाई हिस्सा ओगटेका सत्तारुढ दलका सांसदले एक दिनको पारिश्रमिक सहयोग गर्ने घोषणा गर्दा तत्कालिन नेकपा एमालेको चुनाव चिह्न ‘सुर्य’बाटै निर्वाचित भएका सांसद...
सरकारलाई ७७ वटै जिल्लाबाट हिन्दु राष्ट्र पुनःस्थापनाका लागि हस्ताक्षर संकलन अभियान सुरु

सरकारलाई ७७ वटै जिल्लाबाट हिन्दु राष्ट्र पुनःस्थापनाका लागि हस्ताक्षर संकलन अभियान सुरु

राजनीति, समाचार
काठमाडौँ — चैत्र १७ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन आइतबारबाट काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । ८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दवाव दिन राप्रपाले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो । उपत्यकाका तीन जिल्लाको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुरु गरिएको छ । विश्वकै हिन्दुहरुको पहिचानका लागि पनि नेपाललाई हिन्दु राष्ट्र पुनःस्थापना गर्न एक हप्ते हस्ताक्षर संकलन अभियान संचालन गरिएको पार्टीका नेता बुद्धिमान तामाङले जानकारी दिए । संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राप्रपाले जनाएको छ । (नयाँ पत्रिका)...
देउवासँग छलफल गरेरै प्रमुख आयुक्तमा सिफारिस गरेको हो : प्रम केपी ओली

देउवासँग छलफल गरेरै प्रमुख आयुक्तमा सिफारिस गरेको हो : प्रम केपी ओली

राजनीति, समाचार
विराटनगर — चैत्र १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त नियुत्तिका विषयमा सरकारले एकलौटी निर्णय नगरेको दाबी गरेका छन् । प्रदेश १ का विभिन्न कार्यक्रमा भाग लिन आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख आयुक्तको चयन गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल भएको बताए । ‘एकलौटी हैन। हाम्रो पार्टीका मान्छे नियुक्त गरेको पनि छैन। कांग्रेस पार्टीका सभापति देउवासँग परार्मश गरिएको थियो। निर्णय गर्ने बैठकमा बस्न नमान्नु भएको मात्रै हो,’ उनले भने। प्रधानमन्त्री ओलीले सबैकुरामा प्रतिपक्षी कांग्रेसले भागवण्डा खोजेकोका कारण सरकारमाथी एकलौटी गरेको आरोप लगाएको दाबी गरे। उनले लगानी सम्मेलनमा खोट लगाउने ठाउँ नरहेको बताएका छन्। ‘सम्मेलन धेरै उत्साहपूर्ण रह्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘सोचेभन्दा...
दूतावासले भन्यो, नेपाली कांग्रेसका नेता गगनले पढेकोमा अमेरिकाको गर्व

दूतावासले भन्यो, नेपाली कांग्रेसका नेता गगनले पढेकोमा अमेरिकाको गर्व

राजनीति, समाचार
काठमाडौँ — चैत्र १५ । नेपाली कांग्रेसका नेता गगन थापा छोटो कोर्षको अध्ययनका लागि अहिले अमेरिकामा छन् । अमेरिकाकै प्रतिष्ठित मध्येको एक हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा उनी भर्ना भएका हुन् । ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ नामक छोटो अवधिको कोर्ष अध्ययनका लागि उनी अमेरिका गएका हुन् । नेपाली राजनीतिकर्मी मध्ये धेरैले आश गरेका थापा आफैमा पनि सेलिब्रेटी नेता हुन् । पूर्वमन्त्रीसमेत रहेका थापा मन्त्री बन्दापनि आफूले गरेका कामका कारण प्रशंसाका पात्र थिए । यस्तोमा उनले छोटै अवधिको भए पनि विश्वस्तरीय विश्वविद्यालयमा अध्ययन गर्ने चाहना रहेको भन्दै अमेरिका पढ्न गएका हुन् । यसै विषयमा नेपालस्थित अमेरिकी दूतावासलेसमेत उनले कक्षा लिइरहेको तस्वीर गर्वका साथ राख्दै ‘हेर्नुस् त, कक्षामा को छ ?’ भन्दै समाचार बनाएको छ । गगनले आफूले फेरि क...
तीनवटै तहमा कर्मचारी समायोजन प्रक्रिया टुंगियो, कुल १ लाख ३७ हजार ६ सय १४ को दरबन्दी स्वीकृत

तीनवटै तहमा कर्मचारी समायोजन प्रक्रिया टुंगियो, कुल १ लाख ३७ हजार ६ सय १४ को दरबन्दी स्वीकृत

राजनीति, समाचार
काठमाडौँ — चैत्र १४ । संघीय मामिला ताथा सामान्य प्रशासन मन्त्रलयले संघ, प्रदेश र स्थानीय निकाय गरी तीनवटै तहमा कर्मचारी समायोजनको प्रक्रिया टुंगोमा पुगेको घोषणा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेललन गरी सबै निकायमा कर्मचारी समायोजन गरिएको जानकारी दिएको हो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार यस प्रक्रिया अन्तरगत कुल १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ भने त्यसमा ९७ हजार ५ सय ८८ कर्मचारीको समायोजन गरिएको छ। मन्त्री पण्डिका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकोमा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन गरिएको छ। सातवटै प्रदेश गरेर २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत भएकोमा १३ हजार ८ सय २१ कर्मचारी समायोजन गरिएको छ। र, ७५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दी स्वीकृत भएकोमा ४३ हजार ८ सय ७ कर्मचारी समायोजन गरिएको छ। ...
भारतीय विदेश सचिव विजय गोख्ले आज नेपाल आउँदै

भारतीय विदेश सचिव विजय गोख्ले आज नेपाल आउँदै

राजनीति, समाचार
काठमाडौँ — चैत्र १४ । भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार आउने भएका छन् । सचिव गोख्लेका साथ भारतीय विदेश मन्त्रालयका सहसचिव सुधाकर दलेलासमेत हुनेछन् । गोख्ले नेपाली समकक्षी परराष्ट्र सचिव शंकरदास बैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न आउन लागेका हुन् । गोख्ले र बैरागीबीच बिहीबार नै द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । गोख्लेले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । (कान्तिपुर दैनिक)...
दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्रीलाई ‘राष्ट्रपति’ लेखिएकोमा स्पष्टीकरण माग

दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्रीलाई ‘राष्ट्रपति’ लेखिएकोमा स्पष्टीकरण माग

राजनीति, समाचार
काठमाडौँ — चैत्र १३ । दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्री केपी ओलीलाई 'राष्ट्रपति' सम्बोधन गरेको गम्भीर त्रुटिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण माग गरेको छ । भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुझाएको ओहोदा प्रमाणपत्रबारे फागुन अन्तिम साता विज्ञप्ति जारी गर्ने क्रममा 'नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको' विवरणसहित उल्लेख गरेको थियो । उक्त त्रुटीलाई लिएर नियोग उपप्रमुख भरतकुमार रेग्मीसहित सम्बद्ध अधिकारीलाई स्पष्टीकरण माग गरिएको परराष्ट्र स्रोतले बतायो । गत पुस १० मा इन्डोनेसियामा आएको सुनामीका कारण जनधनको क्षति भएपछि परराष्ट्र मन्त्रालयले इन्डोनेसियाली राष्ट्रपतिलाई 'समवेदना' जनाउनुपर्नेमा 'शुभकामना' पढाउँदै विज्ञप्ति जारी गरेको थियो । उक्त लापरबाहीबारे प...
सर्वेसर्वा सिडिओ चाहिँदैन : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

सर्वेसर्वा सिडिओ चाहिँदैन : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

राजनीति, समाचार
बागलुङ — चैत्र १३ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलाको जस्तो सर्वेसर्वा सिडिओ आवस्यक नभएको बताएका छन् । शान्ति सुरक्षा, विकास निर्माण, कर्मचारी प्रशासन र स्थानीय समन्वय गर्ने सिडिओ राख्दा संघीयताको मर्म विपरित हुने उनले टिप्पणी गरे । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि बागलुङ आएका गुरुङले पत्रकारहरुको संक्षिप्त भेटमा तीन तहकै सरकारको समन्वयमा काम गर्ने प्रशासन आवस्यकतामा जोड दिएका हुन् । उनले संघिय सरकारलाई प्रहरी र सिडिओ परिचालन सम्बन्धी कानून छिटो ल्याउन आग्रह पनि गरे । संघिय सरकारले सिडिओको सरुवा, बढुवाको काम गरेपनि प्रदेशको मातहत र समन्वयमा चल्ने कानून नभए संघीयताको औचित्य नहुने समेत बताए । हाल निर्माणाधिन कानूनको मस्यौदामा त्यस्तो नभएकोले मुख्यमन्त्रीको हैसियतले संशोधनको माग गरेको उनले बताए । तीन तहको सरकार बनिसकेकोले आफ्नै प्रहरी राख्ने अ...
चन्द समूहकाे नेकपाले गर्‍याे आन्दाेलनकाे घाेषणा, चैतभित्र प्रतिबन्ध नहटाए सरकारलाई प्रतिबन्ध लगाउने चेतावनी

चन्द समूहकाे नेकपाले गर्‍याे आन्दाेलनकाे घाेषणा, चैतभित्र प्रतिबन्ध नहटाए सरकारलाई प्रतिबन्ध लगाउने चेतावनी

राजनीति, समाचार
काठमाडौँ — चैत १२ । सरकारले लगाएको प्रतिबन्धविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले आन्दोलनको घोषणा गरेको छ । चैतभित्र प्रतिबन्ध हटाउन माग गर्दै उसले नभए सरकारका कार्यक्रममाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएकाे छ । सोमबार महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जारी गरेकाे वक्तव्यमा पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन्।वक्तव्यमा 'चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध र आम हड्तालको तयारी’ समेत भनिएको छ। सरकारले गत फागुन २८ मा चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो।त्यसयता सरकारले चन्दका कार्यकर्तामाथि निगरानी बढाएकाे छ। गत शुक्रबार मध्य क्षेत्रीय कमाण्डर हेमन्तप्रकाश वली 'सुदर्शन'सहितका कार्यकर्ता पक्राउ परेका थिए। आइतबारकोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ परे...